दुई सय ४३ उद्योग खारेज
नेपालबहस संवाददाता
असोज २३, २०७६ शुक्रबार ३:५२:३
२३ असोज दमौली : घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय दमौलीले जिल्लाका २४३ उद्योग खारेज गरेको छ । कार्यालयले आव २०७५/७६ मा जिल्लामा दर्ता भएका कूल आठ हजार ११५ मध्ये २४३ उद्योग खारेज गरेको हो ।
उद्योग सञ्चालनका लागि दर्ता गराए पनि लामो समयसम्म निष्क्रिय रहेका उक्त उद्योग खारेज गरिएको कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिएका छन् । खारेज हुने उद्योगमा सेवामूलक, उत्पादनमूलक, कृषि तथा वन पैदावरमा आधारित उद्योग रहेका छन् ।
औद्योगिक व्यवसाय ऐन २०७३ अनुसार उद्योगीले उद्योग चलाउन नसक्ने भनी कारणसहित निवेदन दिएमा, शर्त तथा निर्देशन पालना नगरेमा, लामो समयसम्म नवीकरण नगरेमा उद्योग खारेज हुने प्रावधान छ । उद्योग खारेजी गर्न पनि उद्योग सञ्चालकले शुल्क तिरेर खारेजी गराउनुपर्ने प्रावधान रहेको छ । उद्योग खारेजी गर्दा प्रतिवर्षको पाँच हजार र नवीकरण गर्दा लाग्ने दस्तुरको तेब्बर दस्तुर तिरेर मात्र खारेजी गर्न सकिने प्रावधान छ ।
कार्यालयमा कूल आठ हजार ११५ उद्योग दर्ता भए पनि छ हजार ८९ उद्योग चालू अवस्थामा रहेका छन् । कार्यालय प्रमुख ढकालका अनुसार गत आर्थिक वर्षमा मात्रै जिल्लामा एक हजार १३५ उद्योग दर्ता भएको छ । उक्त अवधिमा उत्पादनमूलकतर्फ १४३, कृषि तथा वनजन्यतर्फ ४९९, सेवामूलकतर्फ २९५, पर्यटनमूलकतर्फ १९२, निर्माणतर्फ छ उद्योग दर्ता भएका छन् । दर्ता भएर सञ्चालनमा आएका घरेलु उद्योगमा रु एक अर्ब सात करोड ३८ लाख ७५ हजार ५५१ लगानी भएको कार्यालयले जनाएको छ ।
जिल्लामा सबैभन्दा बढी कृषि तथा वनजन्यतर्फ उद्योग दर्ता भएको छ । “कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता वृद्धि भएको छ”, ढकालले भने ।
जिल्लामा दर्ता भएका उद्योगमध्ये ८४ लघु, २३ घरेलु र एक हजार २८ साना उद्योग रहेका छन् । कार्यालयमा आर्थिक वर्ष ०७४/७५ मा ७८८ उद्योग दर्ता भएको थियो । जसमध्ये १४६ लघु उद्योग, ५९३ साना उद्योग र ४९ घरेलु उद्योग रहेका थिए ।
कार्यालयका अनुसार दर्ता भएका उद्योगबाट वार्षिक रु एक अर्ब ४१ करोड दुई लाख २१ हजार ९२० बराबरको वस्तु उत्पादन हुन्छ । ती उद्योगमा एक हजार २८४ महिला र एक हजार ९९५ पुरुष गरी तीन हजार २७९ जनाले रोजगारी पाएका छन् । उद्योग दर्ताबाट ३०७ महिला र ९२५ पुरुष गरी एक हजार २३२ जना उद्यमी बनेका छन् ।
कार्यालयले उद्योग दर्ताबापत आर्थिक वर्ष ०७५/७६ मा रु एक करोड ५९ लाख ३० हजार ४७२ राजश्व सङ्कलन गरेको छ । दर्ता भएको एक हजार १३४ मध्ये ७३० उद्योगले नवीकरण, ६७ उद्योगले नामसारी, नौ उद्योगले ठाउँसारी, ३८ उद्योगले उद्देश्य थप, ६० उद्योगले लगत कट्टा गरेका छन् भने १०२ उद्योगले प्रतिलिपि र ५० उद्योगले पूँजीवृद्धि गरेका छन् ।
रु एक लाखसम्म पूँजी भएको उद्योगले रु एक हजार एक सय, तीन लाखसम्म पूँजी भएकोले रु तीन हजार एक सय, रु पाँच लाखसम्म पूँजी भएकोले रु छ हजार एक सय, रु ५० लाखसम्म पूँजी भएकोले रु १२ हजार एक सय, रु एक करोडसम्म पूँजी भएकोले रु २० हजार एक सय, रु पाँच करोडसम्म पूँजी भएकोले रु ३० हजार एक सय र रु पाँच करोडभन्दा माथि पूँजी भएको उद्योगले रु ५० हजार एक सय दश दर्ताबापत शुल्क बुझाउनुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
पोखरा महानगरको छानबिनमा सूर्यदर्शन सहकारीबाट गृहमन्त्री लामिछानेले एक करोड लिएको पुष्टि
बैशाख २८, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाइयो भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ, सरकार ढल्न सक्छः ओली
बैशाख २८, २०८१ शुक्रबार
मधेशमा सरकारबाट बाहिरिने तयारीमा एमाले र माओवादी
बैशाख २७, २०८१ बिहिबार
माल्दिभ्सबाट सबै भारतीय सेना फिर्ता
बैशाख २८, २०८१ शुक्रबार
अमेरिका र क्यानाडा पठाइदिन्छु भन्दै साढे ५ करोड ठगी गर्ने गिरोह पक्राउ
बैशाख २८, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलबाट सुनसहित एक जना पक्राउ
बैशाख २८, २०८१ शुक्रबार
प्रतिनिधि सभाको बैठक स्थगित, अब जेठ १ गते बस्ने
बैशाख २८, २०८१ शुक्रबार
प्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
कोशीमा अन्तरिम आदेश भएन, रिट पूर्ण इजलासमा जाने
बैशाख २८, २०८१ शुक्रबार