मकवानपुरको मनहरिमा कागज उद्योग स्थापना गर्ने सरकारको तयारी, दुई अर्ब लागत अनुमान
नेपालबहस संवाददाता
असोज २९, २०७६ बुधबार १७:३६:१५
२९ असोज, हेटौँडा । प्रदेश नं ३ सरकारले मकवानपुरको मनहरिमा रु दुई अर्ब लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । निजी क्षेत्रसँग समेत सहकार्य गरेर स्थापना गरिने उद्योगका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम अगाडि बढाइएको जनाइएको छ ।
मनहरिमा कागज उद्योग स्थापनाका लागि तयारी गरिएको प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले जानकारी दिए । उद्योग स्थापनालाई बहुवर्षीय योजनामा राखेर काम गर्ने तयारी गरिएको जनाइएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालू आर्थिक वर्षमा कागज उद्योगको डिपिआरका लागि रु ५० लाख छुट्याएको छ ।
निजी क्षेत्रसँगको साझेदारीमा कागज उद्योग खोल्ने तयारी गरिएको बताउँदै मन्त्री नेपालले सरकार मात्रैले उद्योग खोल्दा अरु सरकारी उद्योगको जस्तो हालत हुने भएकाले निजी क्षेत्रसँगको साझेदारीमा उद्योग खोल्ने ‘मोडालिटी’ बनाएको बताए ।
प्रदेश सरकारले निर्माण गर्न लागेको कागज उद्योगका लागि जग्गा अभाव हुन नदिने मनहरि गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए । मनहरिमा सरकारी जमीन आठ हजार रोपनी नापजाँच गरिएको र अरु सरकारी जमीन अतिक्रमण भएका स्थानमा पनि हटाउने तयारी भएको उनले बताए । कहाँ कागज उद्योग बनाउने भन्ने टुङ्गो भए सरकारी जमीनको अभाव हुन नदिने बताउँदै उनले यस्तै खालका सरकारी संरचना मनहरिमा निर्माण गर्ने भनेर मनहरि गाउँपालिका क्षेत्रमा अतिक्रमण भएका जग्गा जमीनको खोजी गरेर भएका अतिक्रमण हटाउँदै गरेको जानकारी दिए । अतिक्रमण हटाउनका लागि उपाध्यक्ष मनिला विष्टको संयोजकत्वमा समिति बनाएर काम शुरु गर्न लागेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार