एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण
नेपालबहस संवाददाता
कात्तिक ४, २०७६ सोमबार १३:२२:५६
४ कार्तिक, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण गरेको छ । चिकित्सा शिक्षा आयोगको विशेष आग्रहमा काउन्सिलले नयाँ शैक्षिकसत्र २०७६/७७ लागि मेडिकल कलेजहरुका लागि नयाँ सिट निर्धारण गरेको हो ।
काउन्सिलले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिट सङ्ख्या निर्धारण गरेको जनाएको छ । काउन्सिलका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ‘एमबिबीएस १०’ र बिडीएस ५०० पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ‘एमबिबीएस ६५’, काठमाडौँ स्कूल अफ मेडिसीन धुलिखेल ‘एमबिबीएस ८५ र बिडीएस ५०’, नोबेल मेडिकल कलेज ‘एमबिबीएस १०’ र बिडीएस ३५० ले सिट प्राप्त गरेका छन् ।
यसैगरी विराट मेडिकल कलेज ‘एमबिबीएस ७५’, काठमाडौँ मेडिकल कलेज ‘एमबिबीएस १०’ र बिडीएस ५००, नेपाल मेडिकल कलेज ‘एमबिबीएस १०’ र बिडीएस ५००, कलेज अफ मेडिकल साइन्सेस ‘एमबिबीएस १०’ र बिडीएस ५०० र लुम्बिनी मेडिकल कलेज ‘एमबिबीएस १००’, नेपालगञ्ज मेडिकल कलेज ‘एमबिबीएस १००’, मनिपाल मेडिकल कलेज ‘एमबिबीएस १००’, देवदह मेडिकल कलेज ‘एमबिबीएस ५०’ र कान्तिपुर डेन्टल कलेज ‘बिडीएस ५०’ को सिट सङ्ख्या निर्धारण गरेको काउन्सिलले जनाएको छ ।
नयाँ शुल्क निर्धारण
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको नयाँ शुल्क निर्धारण गरेको थियो । आयोगको असोज १ र ३० गतेको बसेको बैठकले नयाँ शैक्षिकसत्र २०७६/७७ का लागि चिकित्सा शिक्षाको स्नातक तहअन्तर्गत एमबिबीएस र बिडीएस कार्यक्रमका लागि फरक–फरक शुल्क निर्धारण गरेको थियो ।
उपत्यकाभित्र एमबिबीएस अध्ययन गर्न रु ४० लाख २३ हजार २५० र उपत्यका बाहिर रु ४४ लाख ३६ हजार २५ शुल्क निर्धारण गरेको थियो । त्यसैगरी, बिडीएसका लागि उपत्यकाभित्र र बाहिर रु २० लाख १९ हजार ५८० तोकिएको विज्ञप्तिमा जनाइएको छ ।
यसअघि एमबिबीएस तहका लागि उपत्यकाभित्र रु ३८ लाख ५० हजार र उपत्यका बाहिर रु ४२ लाख ४५ हजार तथा बिडीएसका लागि उपत्यकाभित्र रु १९ लाख ३२ हजार ६१२ शुल्क रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थनगर सिटी अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा
बैशाख २६, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
पालिकाद्वारा अतिविपन्न परिवारको स्वास्थ्य बीमा
जेठ २, २०८१ बुधबार
निःशुल्क सीपमूलक तालिमका लागि ४३ हजार ५८ जनाको आवेदन
जेठ २, २०८१ बुधबार
युक्रेन युद्धमा करिब २ हजार बालबालिकाको मृत्यु
जेठ २, २०८१ बुधबार
आठवटा ‘डिपट्युवेल’का ‘ट्रान्सफर्मर’ चोरी
जेठ २, २०८१ बुधबार
आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार
जेठ २, २०८१ बुधबार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, संसदको अवरोध हटाउनेबारे छलफल
जेठ २, २०८१ बुधबार