भारतको व्यापार प्रवद्र्धन परिषद र एशोचेमसंग नेपाल चेम्बरको राउण्ड टेवुल छलफल
नेपालबहस संवाददाता
कात्तिक ४, २०७६ सोमबार १८:५७:४१
४ कार्तिक, काठमाडौं । भारत भ्रमणमा रहेको नेपाल चेम्बर टोलीका प्रमुख तथा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले ट्र्ेड प्रमोशन काउन्सिल अफ इण्डिया (टिपिसिआइ) का पदाधिकारीहरु संग भेट गरी द्धिपक्षीय व्यापारीक संम्बन्ध अभिवृद्धिका बारेमा छलफल सम्पन्न भएको छ ।
सन् २०१८मा टिपिसिआइ र नेपाल चेम्बर बीच समझदारीमा हस्ताक्षर भएको थियो । छलफलमा दुवै पक्षले भविश्यमा सहयोग र सहकार्य क्षेत्रहरुको वारेमा छलफल केद्रित रहयो । नेपाल भारत संम्बन्ध केवल माल बस्तुको आयातमा भर पर्नु पर्ने भन्दा भारतबाट तकनिकी नविन प्रविधी, मेशिनरी आयातमा जोड दिनु पर्ने,द्धिपक्षिय व्यवसायिक प्रतिनिधि मण्डलको भ्रमण समय समयमा हुनु पर्ने, (टिपिसिआइ) संग पर्यटन, कृषि,जडिबुटीको उत्पादन देखि निकासी प्रवद्र्धन गर्नमा सहकार्य गर्न तत्पर रहेको अध्यक्ष श्रेष्ठले बताए ।
अध्यक्ष श्रेष्ठले भारतको कूल जनसंख्याको ०.०१ प्रतिशत मात्र पनि पर्यटक नेपाल भ्रमणमा आएमा नेपाल भ्रमण बर्ष २०२०को लक्ष पु–याउन सहयोग पुग्ने बताउदै चेम्बरले २०२० फेब्रुअरीमा आयोजना गर्ने नेपाल चेम्बर एकस्पो २०२०मा टिपिसिआईको सहभागिताको लागी अनुरोध गर्नु हुंदै उतm अवसरमा (टिपिसिआई)का अध्यक्ष मोहित सिङला -Mohit Singla_ ले नेपाल पहाडी मुलुक भएको र दुई मुलुक बीच आपसी हितका संम्भाब्य परियोजना लागु गर्न र वातावरण संरक्षणमा जोड दिन सकेमा व्यापार लगानीका अतिरितm पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने हुंदा आफ्नो संस्थाले व्यापार र लगानी बढाउन सहजकर्ताको भूमिका खेल्ने बताए ।
ट्र्ेड प्रमोशन काउन्सिल अफ इण्डिया (टिपिसिआई)का तर्फबाट परिषदका अध्यक्ष मोहित सि∙ला,सह महानिर्देशक कपिल गुप्ता, सह महानिर्देशक सुरेस कुमार मखिजानी र निर्देशक अशोक सेठीको उपस्थित रहेको थियो ।
नेपाल चेम्बर अफ कमर्शबाट सो भेटघाटमा उपस्थित हुनेहरुमा उर्मिला श्रेष्ठ,अध्यक्ष नेपाल महिला चेम्बर,गोरखा चेम्बर अफ कमर्शका अध्यक्ष अशोक श्रेष्ठ, अर्घाखाची चेम्बरका सदस्य टंक प्रसाद पोखरेल, कर्पोरेट सदस्य पंकज जोशी र नेपाल चेम्बरका अधिकृत श्रृष्टि त्रिपाठीको उपस्थित थियो ।
नंया दिल्ली स्थित एशोसिएटेट चेम्बर अफ कमर्श (एशोचेम)ले आयोजना गरेको छुट्टै अन्तरक्रिया कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठ तथा वंहाका समकक्षी दुई मुलुक बीच व्यापार, लगानी र आर्थिक संम्बन्ध अभिवृद्धिमा खेलेको भूमिका सराहनीय रहेको र भविश्यको कार्य दिशा वारे वृस्तृत छलफल भयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार