नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह
नेपालबहस संवाददाता
कात्तिक ५, २०७६ मंगलबार १२:१५:४४
५ कार्तिक, काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि अन्तरराष्ट्रिय मुद्रा कोषलाई आग्रह गरेका छन् ।
विश्व बैंक समूह तथा अन्तरराष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकको दोस्रो दिन बोर्ड अफ गभर्नरको प्लेनरी सेसनमा सहभागी हुँदै उनले नेपालमा निजी क्षेत्रमार्फत जलविद्युत्का अतिरिक्त पर्यटन, कृषि, शहरी पूर्वाधार लगायतका क्षेत्रमा समेत लगानी गर्न उनले आग्रह गर्नुभएको अर्थमन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउँदै उनले निजी क्षेत्रलाई थप सबल तथा सक्षम र प्रभावकारी बनाउन लगानीका क्षेत्रको विविधीकरण गर्नुपर्ने विषयमा जोड दिएको अर्थ मन्त्रालयले जनाएको छ ।
सो अवसरमा उनले पूर्वाधार विकासका लागि मध्यम तथा दीर्घकालीन अवधिको वित्त परिचालन गर्ने विषयमा ध्यानाकर्षण गराएका थिए । मन्त्रालयका अनुसार अर्थमन्त्री डा खतिवडाले आजै दक्षिण एशियामा सडक सुरक्षासम्बन्धी एक कार्यक्रममा मुख्य वक्ताका रुपमा सहभागिता जनाउँदै सडक सुरक्षाका लागि सडक निर्माणभन्दा अगाडि अपनाउनुपर्ने डिजाइन तथा इञ्जिनीयरिङ पक्ष, सवारी साधनको भारवहन क्षमता, सडक प्रयोगकर्ताको ज्ञानको स्तर, सवारी साधनका परीक्षण र यातायात क्षेत्रकोे नियमनजस्ता विषयमा ध्यान दिनु जरुरी रहेको बताएका थिए ।
अन्तरराष्ट्रिय मुद्राकोष एशिया प्रशान्त विभागले आयोजना गरेको एक उच्चस्तरीय कार्यक्रममा सहभागी हुँदै उनले दक्षिण एशियाली मुलुकले जनसाङ्ख्यिक लाभ लिन थप रोजगारीको सिर्जना र श्रमको उत्पादकत्व बढाउन आवश्यक भएको उल्लेख गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार