चौथो ग्लोबल नेपाली फिल्म अवार्डमा चलचित्र पर्यटनलाइ समेत प्रबर्धन गर्नेछौ !
नेपालबहस संवाददाता
कात्तिक २५, २०७६ सोमबार १८:५१:५४
२५ कार्तिक काठमाडौं । आफ्नै नाम, शान र पहिचान सहित ग्लोबल नेपाली फिल्म अवार्डको चौथो संस्करण २०१९ को भब्य तयारि भईरहेको छ ।
यस बर्ष चौथो ग्लोबल नेपाली फिल्म अवार्ड २०१९ , सान फ्रान्सिस्को बे एरियामा नोवेम्बेरको ३० देखि डिसेम्बर १ तारिक सम्म हुने भएको छ । यो कार्यक्रमको मुख्य आयोजकमा Global Nepali film Award LLC , USA, Nepal Film Society, Nepal र Golden State Movie Maker LLC, USA रहेका छन् भने सहआयोजकहरुमा 8848 Media House LLC र Himalayan Foundation Corp रहेका जानकारी ग्लोबल नेपाली फिल्मका अध्यक्ष नायक श्रेष्ठले गराए ।
बिगत तिन संस्करण सम्म कोलोराडो को डेन्भर शहरमा सम्पन्न भएको उक्त अवार्ड नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, नेपाली चलचित्रलाई डायस्पोरामा प्रबर्धन, पुरस्कार र प्रोत्साहनका साथै बिशुद्द नेपाली सिनेमाको बजार प्रबर्धन, सिनेमा टुरिजम बिषयमा अन्तरक्रिया, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन तथा भिजिट नेपाल २०२० को पूर्व सन्ध्यामा नेपालमा अधिक मात्रामा पर्यटन भित्र्याउने अवार्डका उद्देश्यपनि रहेका छन् ।
त्यसैले बिगत देखिनै यस ग्लोबल नेपाली फिल्म अवार्डले ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ नारा अघि सारेको छ । नेपाली फिल्म ईण्डस्ट्रिजलाइ विश्व बजार सम्म फैलाउने उदेश्यको साथ आयोजना गर्दै आएको यस कार्यक्रमको यो चौथो संस्करण झन् व्यापक र बृहत हुने र संसारभर बसोबास गर्ने नेपाली को सहभागिता समेत हुने भएका छन् ।
अवार्डको मुख्य “अवार्ड सो “नोबेम्बेर ३० को दिन बर्कलिको यु सी थिएटरमा हुनेछ । त्यस्तै कार्यक्रमको भोलि पल्ट बिहानै भिजिट नेपाल २०२० लाइ प्रमोसन गर्ने उदेश्यले सम्पूर्ण कलाकार सहितको सहभागितामा बर्कलि सिटिको मुख्य सडकनै बन्द गरि ‘नेपाल डे परेड’ मनाइने र सोहि दिन साँझ सान फ्रान्सिस्को बे मा कलाकारहरु सहितको फेयरवेल ईभेण्ट भब्य क्रुजमा समेत हुनेछ ।
चलचित्र पर्यटनलाइ विश्वसामु परिचित गराउदै नेपाललाई चलचित्र सुटिङ स्पटको रुपमा बिकशित गर्दै विश्व बजारमा नेपालको प्राकृतिक सौन्दर्यलाइ उजागर गर्ने, अधिकतम रुपमा पर्यटकलाइ नेपाल भित्र्याउने र संसारभर छरिएर बसेका नेपाली चलचित्रकर्मीहरुलाइ पुनर्मिलन तथा सम्मान गर्ने मुख्य उदेश्य रहेको अध्यक्ष नायक नवराज श्रेष्ठ बताए ।
उनले सम्म्पुर्ण देश बिदेश मा छरिएर बसेका कलाकार, चलचित्र पत्रकार, कला साहित्य, कलालाई माया गर्ने सबैलाई यस कलाकारहरुको महायज्ञमा भाग लिन अनुरोध पनि गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालको समृद्धिका निम्ति स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी
बैशाख २८, २०८१ शुक्रबार
जापानी परराष्ट्रमन्त्री योकोको रोजाइमा नेपाली लेखकका पुस्तक
बैशाख २३, २०८१ आइतबार
बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक
बैशाख १४, २०८१ शुक्रबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
यस्तो छ, बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची
जेठ २, २०८१ बुधबार
पञ्चेबाजा बजाउँदै समर्थकहरूले क्रिकेटर सन्दीपको गरे स्वागत
जेठ २, २०८१ बुधबार
अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शनमा प्रहरी दमनबारे कांग्रेसको आपत्ति
जेठ २, २०८१ बुधबार
सन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
के हो वेशी योग, कसरी बन्छ कुंडलीमा ?
जेठ २, २०८१ बुधबार
सेतीमा पुल निर्माण अलपत्र अवस्थामा
जेठ २, २०८१ बुधबार