पोखरामा कांग्रेसको प्रचार अभियान तीव्र, खेमराजको पक्षमा माहोल बन्दै, अबको भोट रुखमा नै दिने मतदाताको अश्वासन
नेपालबहस संवाददाता
कात्तिक २७, २०७६ बुधबार २२:५७:१५
२७ कार्तिक,पोखरा । पोखरा वडा नं १७ का स्थानीयबासिन्दाले बिगतमा जुनसुकै चुनाव चिन्हमा मत दिएको भएपनि यो पटक रुख चिन्हमा मत दिने बताएका छन् ।
कास्की क्षेत्र नं २ बाट निष्ठावान र इमान्दार कांग्रेस नेता खेमराज पौडेल उम्मेद्वार भएकोले यो पटक रुखमा नै मतदान गर्ने बुधवार आयोजित घरदैलो कार्यक्रममा उनीहरुले बताएका हुन् । विगतका दिनमा नातापाता हेरेर भोट बाँडियो, त्यसले गर्दा कांग्रेसले हार्यो ।
तर दुई तिहाईको नेकपाले देशमा केही गर्न सकेन, त्यसैले अबको भोट कांग्रेसको रुखलाई नै दिने हो, उनीहरुले भने । उनीहरुले उम्मेद्वार खेमराज पौडेललाई घरघरमा माला, अविर र खादा लगाउँदै विजयको शुभकामना प्रदान गरेका थिए ।
उम्मेद्वार खेमराज पौडेलले आफ्नो लडाई कुनै व्यक्तिसँग नभई जनविरोधी पार्टी र त्यसको नीति विरुद्ध भएको बताए ।उनले यो निर्वाचनले सत्ता परिवर्तनमा खासै फरक नपारेपनि देशको राजनीतिलाई सही दिशमा ल्याउने बताए ।
मैले तपाईकाे हितमा काम गर्नेछु, यो उमेर अवस्थामा अब मैले भ्रष्टाचार गर्ने कमाउने भन्ने कुरा हुँदैन । जिन्दगीभर निष्ठाको राजनीति गरेकोले अब मलाई कुनै लोभलालच छैन, उनले भने ।
यसैगरी नेपाली कांग्रेसले पोखरा महानगरपालिकाको वडा नं. ४, ९ र पोखरा २० भलाममा पनि बुधवार पनि घरदैलो तथा प्रचार प्रसार कार्यक्रम जारी राखेको सो पार्टीले जानकारी दिएको छ ।
र याे पनि….मेरो प्रतिस्पर्धा विद्यासँग होइन, नेकपासँग हो :-उम्मेदवार पौडेल
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार