‘एक्सन रुम’बाटै माथिल्लो त्रिशूली ‘थ्री’ को उदघाटन हुँदै
नेपालबहस संवाददाता
मंसिर २, २०७६ सोमबार १५:३३:३८
२ मंसिर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिहदरबारको ‘एक्सन रुम’बाटै माथिल्लो त्रिशूली थ्री ‘ए’ ६० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको उद्घाटन गर्ने भएका छन् ।
प्रधामन्त्री ओलीले सिंहदरबारको एक्सन रुमबाट र ऊर्जामन्त्री वर्षमान पुनले नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेस्थित आयोजनास्थलबाटै विद्युत् आयोजनाको उद्घाटन गर्न लागेका हुन्। गएको चैतदेखि नियमित विद्युत् उत्पादन सुरु भएपनि आयोजनाको औपचारिक रूपमा उद्घाटन हुन लागेको हो ।
आयोजनाबाट हिउँदको बेला ४५ मेगावाट र अरु बेला ६० मेगावाट विद्युत् उत्पादन हुनेछ। आयोजना विद्युत् प्राधिकरण आफैँले निर्माण गरेको हो । १२ अर्ब ६० करोड रुपैयाँ लागतमा निर्माण भएको आयोजना नेपाल सरकार एवम् प्राधिकरणको लगानी र चिनियाँ आयात निर्यात बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आयोजनाबाट अबको नौं महिना पूर्ण क्षमतामा विद्युत् उत्पादन हुनेछ। यस्तै हिउँदका तीन महिना आयोजनाले ४५ मेगावाट विद्युत् उत्पादन गर्नेछ। आयोजनाले विद्युत् बिक्रीबाट वार्षिक करिब पाँच अर्ब रुपैयाँ आम्दानी गर्ने बताइएको छ ।
आयोजनाबाट उत्पादित विद्युत् त्रिशूली काठमाडौँ २२० केभी क्षमताको प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत जेठ २ गते नै आयोजना विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको घोषणा गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
बङ्गलादेशमा दुई करोड बालबालिकालाई भिटामिन ‘ए प्लस’ क्याप्सुल वितरण
जेठ १९, २०८१ शनिबार
‘संसद्ले कार्यपालिकालाई निगरानी गर्न नसके लोकतन्त्रमाथि खतरा’
जेठ १९, २०८१ शनिबार
सार्वजनिक यातायातलाई अपाङ्ग तथा अशक्तमैत्री बनाउन निर्देशन
जेठ १९, २०८१ शनिबार
चीनद्वारा बालबालिकाका लागि २१ औषधि बजारमा पठाउन अनुमति
जेठ १९, २०८१ शनिबार
खानेपानीका लागि महोत्तरीका महिलाहरु रातभर जाग्राम
जेठ १९, २०८१ शनिबार
वर्षा भएसँगै देशभर तापक्रम घट्यो, कहाँ कति छ ?
जेठ १९, २०८१ शनिबार