ह्वाट्सएपमा देखिएको जोखिमबाट बच्न भारतमा नयाँ संस्करणको प्रयोग
नेपालबहस संवाददाता
मंसिर ४, २०७६ बिहिबार ५:२:३२
४ मंसिर एजेन्सी । भारतको साइबर सुरक्षा सम्बन्धी मुख्य निकायले सम्भावित जोखिम पाइएपछि ह्वाट्सएप प्रयोगकर्ताहरूलाई आफ्नो स्मार्टफोनमा सन्देश आदानप्रदान गरिने उक्त एपको नयाँ संस्करण अपडेट गर्न आग्रह गरेको छ।
भारतको कम्प्युटर इमरजेन्सी रेस्पोन्स टिमले यस्तो आग्रह गरेको हो। उक्त सम्भावित जोखिम नचिनेको नम्बरबाट आउने एउटा भिडिओबाट सुरु हुनसक्छ। ह्वाट्सएपले उपभोक्ताको फोनमा कुनै असर गरेको थियो भन्ने कारणहरू नरहेको बताएको थियो। नयाँ समस्याबारेको समाचार आए लगत्तै ह्वाट्सएपले उसको सफ्टवेयर फोनहरूमा ‘स्पाईवेयर’ राख्नमा प्रयोग भएको स्वीकारेको थियो।
ह्वाट्सएपको स्वामित्व लिने कम्पनी फेसबुकले उक्त एपमा देखिएको नयाँ जोखिमलाई समाधान गर्ने केही दिन अघि घोषणा गरेको थियो। भारतको कम्प्युटर इमरजेन्सी रेस्पोन्स टिमले यदि कसैले नचिनिएको नम्बरबाट आएको उक्त भिडिओ खोलेमा एउटा सफ्टवेयर फोनमा स्वचालित रूपमा रहन जाने बताएको छ।
त्यसको प्रकृति पत्रकारहरू र अधिकारकर्मीहरू विरुद्ध प्रयोग गरिएको भनिएको एउटा ‘मालवेयर’को जस्तै रहेको छ।उक्त निकायले यस्तो जोखिमले जुनसुकै क्षेत्रमा रहेका फोनहरूमा पहुँच पाउने र त्यसका कार्यहरूलाई परिवर्तन गरिदिन सक्ने जनाएको छ।
उक्त एपमा एउटा सुरक्षा सम्बन्धी पनि समस्या रहेको र त्यसको समाधान गरिने उसले जनाएको छ। भारतमा मात्र ह्वाट्सएपका ४० करोड प्रयोगकर्ता रहेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार