बोल्सोनारोद्वारा पार्टी परित्यागको औपचारिक घोषणा, नयाँ दल खोल्ने तयारी
नेपालबहस संवाददाता
मंसिर ५, २०७६ बिहिबार १५:१:३९
५ मंसिर एजेन्सी । ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले ‘सोसल लिबरल पार्टी’ (पीएसएल) बाट औपचारिकरूपमा अलग्गिने घोषणा गरेका छन् ।
ब्राजिलको राष्ट्रपति हुन अवसर प्रदान गरेको ‘सोसल लिबरल पार्टी’बाट छुट्टिएर नयाँ राजनीतिक दल खोल्ने तयारी गरेको उनका निकट स्रोतहरूले बताएका ब्राजिलियाली सञ्चारमाध्यमले जनाएका छन् ।
बोल्सोनारो राष्ट्रपतिको उम्मेदवार बन्ने भएपछि उक्त पार्टीमा गत वर्ष जोडिएका थिए । तर उनी र पार्टी अध्यक्ष लुसियानो बिभरबीच केही महिनादेखि तनाब चर्किएको थियो । बोल्सोनारो र बिभरबीचको विवाद बढ्दै गएपछि राष्ट्रपतिले नयाँ दल खोल्ने तयारी गरेको बताए ।
ब्राजिलियाली राष्ट्रपतिले अलायन्स फर ब्राजिल नामक नयाँ पार्टी खोल्ने अनौपचारिक चर्चा भने यस पहिले नै आएका थिए । तर नयाँ दलको स्थापना भएको घोषणा बिहीबार हुने अपेक्षा गरिएको छ ।
उक्त दलले आगामी मार्चसम्ममा राष्ट्रिय दलको रूपमा दर्ता प्रक्रियालाई पूरा गर्ने तयारी रहेको बताइएको छ । बोल्सोनारो अलग्गिएपछि उक्त दलले एक भेला गरी बिभरलाई दलको सम्पूर्ण राजनीतिक नेतृत्व लिनेगरी जिम्मेवारी तोकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको उत्तरी क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियस, जनजीवन प्रभावित
जेठ १४, २०८१ सोमबार
गाजाको राफाह शिविरमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या ४० पुग्यो
जेठ १४, २०८१ सोमबार
अफगानिस्तानमा बाढीका कारण १६ जनाको मृत्यु
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार