ढुक्क हुनुस उपनिर्वाचन कांग्रेसकै पक्षमा हुन्छ !
नेपालबहस संवाददाता
मंसिर ५, २०७६ बिहिबार १९:३१:०
५ मंसिर पोखरा । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापाले आउँदो उपनिर्वाचनको परिणाम कांग्रेसका पक्षमा हुने बताएका छन् ।
कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारअन्तर्गत आज पोखरा महानगरपालिका वडा नं ४ मा घरदैलोमा सहभागी बन्दै उनले जनता सरकारका गतिविधिप्रति निराश भएका कारण कांग्रेसप्रति आकर्षण बढिरहेको दाबी गरे ।
पार्टीका नेता कार्यकर्ता एकताबद्ध भएको चर्चा गर्दै उनले व्यापारी, उद्योगपति, पेशाकर्मी, कर्मचारी सबैको साथ र सहयोग यसपटक कांग्रेसलाई हुने विश्वास व्यक्त गरे । गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले कांग्रेससँग जनताले धेरै भरोसा गरेको बताए । कर वृद्धि, महङ्गी, भ्रष्टाचारबाट जनताले उन्मुक्ति चाहेको उनले धारणा राखे ।
कास्की क्षेत्र नं २ मा कांग्रेसले चुनाव प्रचारप्रसारका कार्यक्रमअन्तर्गत आजदेखि दोस्रो चरणको कार्यक्रम सक्दैछ । गत कात्तिक २१ गतेदेखि शुरु भएको अभियानअन्तर्गत आज पोखरा महानगरपालिका वडा नं १६ अर्मलामा घरदैलो गरी दोस्रो चरण सक्ने र भोलिदेखि तेस्रो चरणको कार्यक्रम थाल्ने प्रचारप्रसार मूल समितिका संयोजक एवं कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए ।
पहिलो र दोस्रो चरणमा अधिकांश मतदातासँगको भेटघाट सकिएको जानकारी दिँदै उनले तेस्रो चरणको कार्यक्रम चुनावीसभामा केन्द्रित हुने बताए ।
पार्टीका उच्च तहका नेता सहभागी बन्ने चुनावी सभामार्फत जनताका समस्या, वर्तमान राजनीतिक परिवेशबारे पार्टीको धारणा प्रस्तुत गर्दै उम्मेदवारमार्फत यहाँको समृद्धि र विकास प्रतिबद्धता प्रस्तुत गरिने पार्टीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
ढल्यो गण्डकी सरकार, पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वाेच्चको परमादेश
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार