महिलाको ‘इज्जत ’ ?
नेपालबहस संवाददाता
मंसिर ८, २०७६ आइतबार २०:१६:५६
डा.करुणा उप्रेती
८ मंसिर काठमाडौं । डा. करुणा उप्रेती सामाजिक सञ्जालमा बेलाबेलामा विभिन्न शिर्षकमा आफ्ना विचारहरुलाई स्टाटसको माध्यमबाट सार्वजनिक गर्दै आइरहेकी छिन् । केही दिन अगाडि मात्र महिलाको ‘इज्जत ’ ? शिर्षकमा पनि उनले महिलाको इज्जत उनका ‘दुई तिघ्रा’ को बीचमा लुकेको हुन्छ ।
त्यसैले जब पुरुषले बलात्कार गर्छ, महिलाको ‘इज्जत’ लुटिएको ठानिन्छ । तर जुन पुरुषले अपराध गर्छ, उसको ‘इज्जत’ चाहिँ सुरक्षित नै हुन्छ । बलात्कार गरेको पुरुषको ‘इज्जत गयो’ वा ‘इज्जत लुटियो’ भन्ने कहिल्यै सुनिँदैन भनेर लेखेकी छिन् । उनले आफ्ना विचार लेख्दै भन्छिन्, महिलाको पवित्रता उनको योनीसंँग गाँसिन्छ । तर पुरुषको इज्जत उसको गुप्ताङ्गसंँग नगाँसिनु अचम्म होइन र ?
राज्यले महिलालाई भने जसरी भएपनि परिवार र समाजको ‘इज्जत’ बचाउन, आफ्नो योनीलाई पवित्र राख्नुपर्छ भन्ने सिकाइन्छ । त्यही योनीको पवित्रता जाँच्न रामले सीतालाई अग्निपरीक्षा दिन लगाए, कतै रावणले बलात्कार गरेको छ कि भनेर, अर्थात रावणले सीताको ‘इज्जत’लुट्यो कि भन्ने ठानेर राम चिन्तित थिए ।
प्रहरीले ‘बलात्कृत’ को मुख छोपिदिन्छ, किनभने पुरुषको इज्जत त बच्नुपर्छ । महिलाचाहिँं जीवनभर ‘बलात्कृत’ को ‘ट्याग’ भिरेर हिँड्नुपर्छ यसरी महिलाको चरित्र, उनको योग्यता आदि सबै उनको योनिको ‘पवित्रता’ संँग जोडिने कहिलेसम्म होला ?
महिला बलात्कृतहुनु पनि उनको दोष मानिने र पुरुषचाहिँ सजायको भागी नहुने चलन कहिलेसम्म रहने ? कुनै महिला बलात्कृत भइन् भने पक्कै पनि छोटो लुगा लगाएर वा हाँसेर पुरुषलाई बलात्कार गर्न प्रेरित गरिन् होलिन समेत भनिन्छ । ‘बलात्कृत’ पुरुषले अपराध गर्यो भन्नेचाहिँ ठानिँदैन ।
त्यसैले प्रहरीले ‘बलात्कृत’ को मुख छोपिदिन्छ, किनभने पुरुषको इज्जत त बच्नुपर्छ । महिलाचाहिँं जीवनभर ‘बलात्कृत’ को ‘ट्याग’ भिरेर हिँड्नुपर्छ यसरी महिलाको चरित्र, उनको योग्यता आदि सबै उनको योनीको ‘पवित्रता’ संँग जोडिने कहिलेसम्म होला ?
महिलाको शरीर भोगकै लागि मात्रै हो भन्ने भावनाले अभिभावकले छोरीको ‘कन्यादान’ गरिदिन्छन् । दान दिएको वस्तुमा त ‘मालिकको’ मात्र अधिकार हुन्छ । त्यसैले लोग्नेको घरबाट पिटिएर, हिंसा सहेर निकालिएकी छोरीको माइतमा स्थान हुँदैन ।जति हिंसा भोगे पनि आफू र आफ्नो ‘इज्जत’ बचाउन महिलाचुप लागि रहन्छिन् । लोग्नेको घरबाट निकालिएमा अक्षत योनी नभएकैले उनको विवाह सजिलै हुँदैन ।
उनको सामाजिक सञ्जाल फेसबुकमा लेखिएको स्टाटस जस्ताको तेस्तै:
सारमा, महिलालाई ‘बलात्कृत’ हुँदा उनी अपवित्र भइन् भनेर ‘छुवाछूत’ गर्ने, उनलाई र उनको परिवारलाई हेर्ने नजरले उनको ‘जिन्दगी खत्तम भयो’ भन्ने विचार समाजका विभिन्न तप्कामा रहिरह्यो भने महिलाको सम्मान कसरी हुन्छ ?
अहिले, सीताजस्तै पुरुषको लागि आफू ढुङ्गा बन्नुपर्ने, वनवास जानुपर्ने नेपाली महिलाको जीवन भइरह्यो भने समाज कसरी अगाडि बढ्ला ? महिलाको ‘इज्जत’ उनको ‘योनीको पवित्रतासंँग’ गाँसिएको छैन भन्ने आम बहस समाजमा कसले चलाईदेला ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
अधिकांशलाई प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर ४८ जना उपसचिवहरु सरुवा
बैशाख २०, २०८१ बिहिबार
अप्रिलमा नेपाल भित्रिने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
बैशाख २०, २०८१ बिहिबार
देशभर वन डढेलोको अवस्था विकराल बन्दै
बैशाख २०, २०८१ बिहिबार
सेतीमा नुहाउने क्रममा बेपत्ता भएका युवकको शव फेला
बैशाख २०, २०८१ बिहिबार
कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
राष्ट्र बैंकको कारबाहीमा परे लुम्बिनी विकास र एक्सल डेभलपमेन्ट बैंक
बैशाख २०, २०८१ बिहिबार