कति खर्बमा बेचियो कालापानी ? कुखुरा चोरको सन्तानदेखि होशियार !
नेपालबहस संवाददाता
मंसिर १०, २०७६ मंगलबार १७:४०:२१
“सर्पको खुट्टा सर्पले देख्छ ।” भनौं कि “ लाटाको कुरा लाटाकी आमाले बुझ्छे” भने झैं एउटा दलालले अर्को दलालको कुरा नबुझ्ने हुनै सक्दैन । पुरै नबुझेपनि केही हदसम्म भएपनि बुझेकै हुन्छ जत्ति उसलाई आवश्यक पर्छ । त्यस्तै “एउटा राष्टघातीले अर्को राष्टघातीेलाई नचिन्ने कुरा पनि हुन सक्दैन ।”
चाहे हाउभाउ हरेर होस्, चाहे व्यवहार हेरेर होस वा चाहे चरित्र हेरेर नै किन नहोस, एक राष्टघातीले अर्को राष्टघातीलाई चिनेकै हुन्छ । अहिले नेपाली राजनीतिमा प्रतिपक्षी दल र सत्तापक्ष बीच कसले बढी राष्टघात गरेको छ भन्ने पोल खोलाखोल र हिलो छ्यापा छ्याप हुनुले दुबै पक्ष राष्टघाती हुन् भन्ने पुष्टि गर्दैन र ?
हैन भने नेकांका सभापति शेरबहादुर देउवाले “ओलीसँगको भित्री सल्लाहमा भारतले नेपालको भुभाग समेटेर नयाँ नक्सा छापेको हो, भारतले यत्तिकै नक्सा छापेको हैन, ओलीको सहमतिबिना भारतले यो नक्सा छाप्न सक्दैन, नेपालको १ इन्च जमिन पनि मिचिन दिनुहुन्न, यसको सबै दोष ओली सरकारले लिनुपर्छ ।” भनेर सरकारमाथि गम्भीर राष्टघाती आरोप लगाउँदा सरकारी पक्षबाट पहिला कोशी सम्झौता, महाकाली सन्धि लगायत राष्टघाती कदमको जवाफ कांग्रसले देओस् अनि हामी कालापानी, लिपुलेक र लिम्पियाधुराको जवाफ दिउला भन्नुले कतै यी दुबै राष्टघाती ठहरिएनन् र ?
झण्डै १ महिना बित्न लाग्दा पनि नेपालको सरकारी पक्षबाट भारतीय सरकार पक्षसँग मिचिएको भुभागको बारेमा कडा रुपमा प्रस्तुत हुन नसक्नुको कारण के ? सरकार किन खुट्टा कमाइरहेको छ ? कस्ले रोक्यो सरकारलाई ? के सरकारको यस्तो हुतिहारा पाराले गुमेको भुमी फिर्ता होला त ?
एक राष्टघातीले अर्को राष्टघातीलाई चिनेको ठहरिएन र अब ? के सरकारी पक्षबाट दिइने जवाफ त्यस्तै हो त ? यदि यो कुरा साँचो हो भने यी “घिउ बेचुवा र तरवार बेचुवा” प्रवृत्तिकाहरुबाट नेपाल देश सुरक्षित होला त ? चिन्ताको विषय छ ।
हैनभने प्रमुख प्रतिपक्षी दल, सम्पुर्ण राजनीतिक दल, नागरिक समाज, आम बुद्धिजीवी र सर्वसाधारण जनताको सपोर्ट हुँदाहुँदै पनि झण्डै १ महिना बित्न लाग्दा पनि नेपालको सरकारी पक्षबाट भारतीय सरकार पक्षसँग मिचिएको भुभागको बारेमा कडा रुपमा प्रस्तुत हुन नसक्नुको कारण के ? सरकार किन खुट्टा कमाइरहेको छ ? कस्ले रोक्यो सरकारलाई ? के सरकारको यस्तो हुतिहारा पाराले गुमेको भुमी फिर्ता होला त ?
सरकारको यस्तो रवैयाले भारतले नाकाबन्दीताका लिइएको अडानका कारण जनताको नजरमा राष्टवादी देखिएका केपी ओलीको राष्टवाद बाँचिरहँला त ? सरकारकै कारणले गर्दा केपी ओलीको राष्टवाद कालापानी, लिपुलेक र लिम्पियाधुरामा आइपुग्दा स्खलित भयो कि भएन ? उनको राष्टवाद लम्पसारवादमा परिणत भयो कि भएन ? यत्ति हुँदापनि भारतीयपक्षसँग कुटनीतिक र राजनीतिक पहल मात्रै हैन कि राष्टसंघमा समेत जानकारी नगराउने हो भने ओलीको राष्टवाद कालापानी, लिपुलेक र लिम्पियाधुरामा आएर समाप्त भयो भनेर भन्ने कि नभन्ने ?
अभियन्ता एवं पुर्वसचिव डा. द्धारिकानाथ ढुंगेल लगायतकाले सो नक्सा नेपाल सरकारदेखि संयुक्त राष्टसंघसम्म पुर्याउने उद्घोष गर्दा समेत सरकारको मौन व्रत किन र कस्का लागि ? कतै शेरवहादुर देउवाले लगाएको आरोप झैं यो सरकारको नै संलग्नता त छैन सो भुभाग भारतमा पार्न ? सरकारको यस्तै मौनताले प्रश्न गर्न मनलाग्छ सरकार कति खर्बमा बेचियो कालापानी, लिपुलेक र लिम्पियाधुरा ?
उनलाई देशको सीमाभन्दा पनि आप्mनो मन्त्रिमण्डलको चिन्ता रहेका रहेछ भनेर किन औंला नठड्याउने ? के यो अहिले मन्त्रिमण्डलको पुनर्गठन गरेर समय खेर फाल्ने अवस्था हो ? देशको यत्ति ठुलो मुद्दालाई थाँती राखेर बेवास्ता गर्दै परराष्टमन्त्री प्रदीपकुमार ज्ञवाली र सचिव शंकरदास वैरागी रुस र सर्वियाको एक साता भ्रमणमा निस्कनुको कारण के ? कुटनीतिक पहल गरेर विवाद समाधान गर्ने मुख्य जिम्मेवारी पाएका मन्त्री र सचिव नै एक हप्तासम्म विदेशतिर मोजमस्ती गर्न जाने उचित समय हो त ? के यस्ताहरुबाट यो विवाद समाधान होला त ?
हैनभने “सीमा बचाऊ नागरिक अभियान” का तर्फबाट अभियानका अभियन्ता एवं पुर्वसचिव डा. द्धारिकानाथ ढुंगेल लगायतकाले सो नक्सा नेपाल सरकारदेखि संयुक्त राष्टसंघसम्म पुर्याउने उद्घोष गर्दा समेत सरकारको मौन व्रत किन र कस्का लागि ? कतै शेरवहादुर देउवाले लगाएको आरोप झैं यो सरकारको नै संलग्नता त छैन सो भुभाग भारतमा पार्न ? सरकारको यस्तै मौनताले प्रश्न गर्न मनलाग्छ सरकार कति खर्बमा बेचियो कालापानी, लिपुलेक र लिम्पियाधुरा ?
के लोकतन्त्र गणतन्त्र यस्तै गर्नको लागि ल्याइएको हो ? हैन भने यो १४ वर्षे अवधिमा देश र जनताले महंगी, अन्याय, अत्याचार, भ्रष्टाचार, बलात्कार, घुसखोरी बाहेक के पाए ? के हजारौं छोटे राजा पाल्नका लागि मात्रै २४० वर्षे इतिहासको अन्त्य गरिएको हो त ? हैनभने बार्षिक १२ करोडको खर्चको बारेमा सेतो हात्ती राज्यले पाल्न सक्दैन भनेर रत्नपार्कको भित्ता रंग्याउने, रत्नपार्कका रेलिड भाच्नेहरु अहिले खर्बौ रकम राज्यबाट दोहन हुँदा कुन दुलामा छन् ?
राजतन्त्र फालेपछि राज्यबाट २ खर्ब रुपैया त सेना समायोजन तथा हतियार व्यवस्थापन र संविधान निर्माणमा नै खर्च भैसकेको छ । सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता परिवारको छानविन आयोगको खर्च छुट्टै छ । हजारौं छोटेराजा पाल्ने खर्च पनि छुट्टै छ । हालै हटाईएका एक मन्त्रीले मात्रै २ वर्षको अन्तरालमा झण्डै २ अर्ब रुपैयाको सम्पत्ति जोडेको समाचार छ । अन्य भ्रष्टाचार त कत्ति हुन् कत्ति ? सबैलाई कमाउनमै ध्यान छ चाहे देश भाँडमा जाओस् कस्लाई के मतलब ?
डमरुले अगाडिबाट आक्रमण गर्छ तर कुखुराचोरको सन्तानले लुकेर आक्रमण गर्छ । देशमाथि खतरा भारत, चीन या अन्य देशबाट नभई आप्mनै मुलुकका लोभीपापी, दुष्ट, लालची लेण्डुपे कुखुराचोारका सन्तानहरुबाट छ । देश बचाउने हो भने सर्बप्रथम यी लेण्डुपे कुखुराचोरहरुको समुल नाश गरिनुपर्छ ।
हामीले सानामा पढेका कथा अनुसार “ एकदिन जंगलमा बघिनीको ओढारमा बाटो बिराएर झुक्किएर कतैबाट स्यालको छाउरो आइपुगेछ । हेर्दै मायालाग्दो स्यालको बच्चा देखेपछि बघिनीले लुकाएर आप्mनै दुध खुवाउन थालिछ । बघिनीको दुध खान पाएपछि त स्याल अलि ठुलो र बलियो भएछ । बघिनीका सबै सन्तान शिकारमा जाने बेलामा स्यालले बघिनीसँग भनेछ ‘आमा म पनि शिकार खेल्न जान्छु,’ तब बघिनीले भनिछ ‘शिकारमा खेल्न जान त खान्दान चाहिन्छ, तँ जस्ता कुखुरा चोरको सन्तानले के शिकार खेल्छस्’ ?” हो अहिलेको सरकार स्यालको छाउराले शिकारमा जाने रहर गरे जस्तै हो । उनीहरुमा न इतिहासप्रतिको सम्मान छ, न विगतको ज्ञान र भविष्यको सही विश्लेषण नै छ ।
त्यसैले होशियार कुखुराचोरका सन्तानदेखि ? देशलाई बघिनीका सन्तान डमरु भन्दा कुखुराचोरका सन्तानहरु स्यालका छाउरा प्रवृत्तिहरुबाट बचाइराख्नु जरुरी छ । डमरुले अगाडिबाट आक्रमण गर्छ तर कुखुराचोरको सन्तानले लुकेर आक्रमण गर्छ । देशमाथि खतरा भारत, चीन या अन्य देशबाट नभई आप्mनै मुलुकका लोभीपापी, दुष्ट, लालची लेण्डुपे कुखुराचोारका सन्तानहरुबाट छ । देश बचाउने हो भने सर्बप्रथम यी लेण्डुपे कुखुराचोरहरुको समुल नाश गरिनुपर्छ ।
हैनभने कालापानीसम्म आइपुगेको भारत एकदिन काठमाडौंमा आइपुग्नेछ । बाध्यता र विवशताले विदेिशएका नेपालीलाई भुतपुर्व नेपाली, भगौडा नेपाली भन्नेहरुले नै नेपाललाई भुतपुर्व नेपाल बनाउँदैछन् । अनी उनीहरु आफै भगौडा भएर लेण्डुप दोर्जे जस्तै दिल्ली जानेछन् । सबैमा बेलैमा चेता जागोस् । पछि ज्या भनेर पछुताएर काम छैन । चेतना भया ।
अन्त्यमा भगौडा नेपाली वा भुतपुर्व नेपाली जे भने पनि अमेरिकामा रहेका नेपालीहरुले यही डिसेम्बर १४ तारिख शनिबारका दिन व्हाइटहाउस अगाडी भारतले गरेको भुमि अतिक्रमणका विरुद्ध व्यापक बिरोध जुलुश प्रदर्शन गर्दै सो मुद्दालाई अन्तर्राष्टियकरण गर्दैछन् । स्मरण रहोस् यस अघि सन् २०१५ मा भारतले अघोषित नाकाबन्दी गर्दा पनि अमेरिकामा रहेका नेपालीले ऐक्यबद्धता जाहेर गर्दै बिरोध प्रदर्शन गरेका थिए । अब यसैगरी सारा विश्वबाट नेपालीमुलका नागरिकहरुले आवाज उठाएर सो मुद्दालाई अन्तर्राष्टियकरण गर्न जरुरी छ । अस्तु ! भर्जिनिया, अमेरिका । ( लेखक खरेल स्वतन्त्र पत्रकार हुन् )
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानी सम्मेलन र लगानी वातावरण निर्माण
बैशाख १८, २०८१ मंगलबार
इतिहास जोगाउन स्थानीय सरकार
बैशाख १८, २०८१ मंगलबार
उपनिर्वाचनको राजनीतिलाई पाठ : नैतिकता गिरे राजनीति ओरालो लाग्न सक्छ
बैशाख १८, २०८१ मंगलबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
श्रीलंकाको राष्ट्रपति निर्वाचनमा विक्रमासिङ्घे र राजापाक्षे भिड्ने सम्भावना
बैशाख २०, २०८१ बिहिबार
आइपिएलमा आज सनराइजर्स र राजस्थान भिड्दै
बैशाख २०, २०८१ बिहिबार
तातो हावा चल्न थालेपछि बुटवलका विद्यालय दुई दिन बन्द
बैशाख २०, २०८१ बिहिबार
४२ डिग्रीको गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी
बैशाख २०, २०८१ बिहिबार
गर्मी बढेसँगै जुनारको जुस बिक्री बढ्यो
बैशाख २०, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २०, २०८१ बिहिबार