खेल क्षेत्रको विकासका लागि नेपाल टेलिकम र प्रहरीबीच सम्झौता
नेपालबहस संवाददाता
मंसिर ११, २०७६ बिहिबार ४:१३:२३
११ मंसिर काठमाडौं । नेपाल प्रहरीको फुटबल क्षेत्रको विकासका लागि नेपाल टेलिकमले सहयोग गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा नेपाल पुलिस क्लबको महिला तथा पुरुष फुटबल खेलाडीलाई प्रायोजन गर्न नेपाल टेलिकमले रु ३२ लाख बराबरको सामग्री सहयोग गर्ने सम्झौता भएको हो ।
सम्झौतापत्रमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीबीच हस्ताक्षर भएको छ । सम्झौतासँगै टेलिकमको प्रतीक चिह्न अङ्कित पोशाक लगाएर खेलाडीहरुले खेल खेल्नेछन् । सम्झौता एक वर्षका लागि गरिएको छ ।
कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले सम्झौताले लोकप्रिय खेल फुटबललाई थप उचाइमा पु¥याउन सहयोग पुग्ने बताए। “उच्च नैतिकता, अनुशासन, मर्यादा र खेलप्रतिको समर्र्पणमा लागेमात्र सम्झौताको सार्थकता हुन्छ,” उनले भने। राष्ट्रियतालाई चिनाउन फुटबल खेलले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।
महानिरीक्षक खनालले आउँदै गरेको साग प्रतियोगितामा फुटबलमा पहिलो स्थान हासिल गरेर आफ्नो कौशल देखाउन पुलिसका खेलाडीलाई आग्रहसमेत गरे। सागको सुरक्षामा नेपाल प्रहरी कटिबद्ध रहेको उनको भनाइ छ ।
टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले नेपाल प्रहरीका खेलाडीहरुलाई खेलप्रति थप जिम्मेवार बन्न र दूरसञ्चार कम्पनीको सेवालाई थप विकास गर्न सम्झौताले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
“कल बाइपासदेखि टेलिकमका तार चोरीलाई नियन्त्रण गर्न प्रहरीले टेलिकमलाई सहयोग गरेको छ,” उनले भने । सम्झौतासँगै प्रहरीका फुटबल खेलाडीले व्यावसायिकतासँगै खेललाई सँगै लैजान सहयोग पुग्ने उनको भनाइ थियो ।
प्रहरी र नेपाल टेलिकमबीच विसं २०६८ सालदेखि फुटबलमा सम्झौता हुँदै आएको छ । शुरुका दिनमा पुरुष फुटबल खेलाडीका लागि मात्र प्रायोजन गर्दै आएको टेलिकमले विसं २०६९ सालदेखि महिला खेलाडीलाई समेत सहयोग गर्दै आएको छ ।
शुरुका दिनमा वार्षिक रु १६ लाख उपलब्ध गराउँदै आएको टेलिकमले अहिले वार्षिक रु ३२ लाख उपलब्ध गराउने गरी सम्झौता गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार
गृहमन्त्रीले फाईल खोलिदिउँ भन्ने होइन, धमाधम फाईल खोल्ने हो : गगन थापा
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार