तमोर मेवा जलविद्युत् आयोजनाको निर्माण चाँडै शुरु गरिने
नेपालबहस संवाददाता
मंसिर १३, २०७६ शुक्रबार १९:४५:३४
१३ मंसिर ताप्लेजुङ । तमोर मेवा जलविद्युत् आयोजना निर्माणका लागि स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी अन्तिम तयारीमा जुटेको छ । एक सय २८ मेगावाट क्षमताको आयोजना प्रवद्र्धक स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीले उत्पादन अनुमति पत्र प्राप्त गर्नका लागि विद्युत् विकास विभागको पछिल्लो निर्देशन अनुसार थप अध्ययनको कार्य गरिरहेको छ ।
गतवर्ष नै विद्युत् विकास विभागलाई उत्पादन अनुमति पत्र प्राप्त गर्नका लागि बुझाएका अध्ययन प्रतिवेदन र तथ्याङ्क पुष्टिका लागि अन्तिम तयारीस्वरुप थप अध्ययनमा जुटेको प्रवद्र्धक कम्पनीले जनाएको छ ।
“विद्युत् उत्पादन अनुमतिपत्रका लागि रु ४० लाख दस्तुरसहित सम्पूर्ण अध्ययन प्रतिवेदनसहित विद्युत् विकास विभागमा दरखास्त दिइएकामा विभागद्वारा १०० मेगावाट माथिको आयोजनका लागि तोकिएको नयाँ मापदण्डअनुसार थप अध्ययन प्रतिवेदन पेश गर्न निर्देशन भएको छ, सोही अनुसार अहिले भौगर्भिक अध्ययनका लागि आवश्यक काम गरिरहेका छौँ”, प्रवद्र्धक कम्पनीका प्रबन्धक भानेन्द्रकुमार लिम्बूले भने ।
उनका अनुसार गत वर्षको पुस ५ गते उत्पादन अनुमति पत्रका लागि दस्तुरसहित दरखास्त पेश गरिएको थियो । विभागको निर्देशन अनुसार कार्यसम्पादन गर्ने क्रममा अहिले आयोजना क्षेत्रको भौगर्भिक अध्ययनका लागि ड्रिलिङको काम भइरहेको छ । इस्टमेनेजमेन्ट इञ्जिनीयरिङ सर्भिस प्रालिद्वारा तीन यन्त्रको सहायतामा २० ड्रिल होल गर्ने कार्य भइरहेको हो । उक्त काम आगामी फागुनसम्ममा सम्पन्न गरिसक्ने र अरु पक्रियामा अघि बढ्ने प्रवद्र्धक कम्पनीको तयारी छ ।
अनुमति पत्र लिने प्रक्रियमा नै लामो समय बितेकाले निर्माण शुरु गर्न ढिलाइ हुँदै आएको प्रबन्धक लिम्बूको भनाइ छ । अर्को वर्षको शुरुवातमा नै अनुमति पत्र प्राप्त हुनेमा ढुक्क रहेकाले निर्धारित समयमा आयोजना सम्पन्न गर्ने उनको दाबी छ । अनुमति पत्र प्राप्त गरेको तीन वर्षमा नै आयोजना सक्ने गरी अन्य व्यवस्थापनको काममा जुटेको उनको भनाइ छ ।
आयोजना सम्पन्न गर्न कूल रु २६ अर्ब १२ करोड लाग्ने बताइएको छ । सदरमुकाम फुङलिङ, आठराई त्रिवेणी गाउँपालिकाको चाँगे, हाम्पाङ, फूलबारी, मिक्वाखोला गाउँपालिकाको लिवाङ, खोक्लिङ र मेरिङदेनको लिङ्तेप, खाम्लुङ, सान्थाक्रा आयोजना प्रभावित क्षेत्र हुन् । फुङलिङ भने मुख्य प्रभावित क्षेत्रमा पर्छ ।
मेवाखोला र तमोर नदीको पानीलाई एकीकृत गरी झण्डै सात किलोमिटर दुरीको सुरुङमार्फत विद्युत् गृहसम्म पु¥याउने योजना छ । फुङलिङ नगरपालिका– ३ स्थित गुहेँलीमा ‘अन्डरग्राउण्ड’ विद्युत्गृह रहने छ । उत्पादित विद्युत् हाङ्पाङ सव स्टेशन हुँदै कोशी करिडोर प्रशारण लाइनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
यमनमा घातक आक्रमणपछि हुथी समुहद्वारा अमेरिकी जहाजमा आक्रमण
जेठ १९, २०८१ शनिबार
च्याम्पियन्स लिग फाइनल : उपाधिका लागि रियल म्याड्रिड र डोर्टमण्ड भिड्दै
जेठ १९, २०८१ शनिबार
शल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गरिने
जेठ १९, २०८१ शनिबार
क्यामरा आकृतिको भवन
जेठ १९, २०८१ शनिबार
नेपालगञ्जका विद्यालयमा गर्मी बिदा बढाइयो
जेठ १९, २०८१ शनिबार