कुपिन्टारमा एक करोड ८२ लाखको सिँचाइ आयोजना शुरु
नेपालबहस संवाददाता
मंसिर १४, २०७६ शनिबार १५:५१:३७
१४ मंसिर बनेपा । जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका–२ कुपिन्टारस्थित प्रदेश सरकारको सहयोगमा रु एक करोड ८२ लाखको सिँचाइ आयोजना निर्माण शुरु भएको छ । त्यहाँको करीब ३०० हेक्टर खेतीयोग्य जमीनमा सिञ्चित गर्ने उद्धेश्यले चमेरो ओढार सिँचाइ आयोजना तयार गरी प्रदेश नं ३ सरकारको बजेट सहयोगमा काम थालिएको हो ।
“सिँचाइ आयोजनाका लागि प्रदेश सरकारले रु एक करोड ८२ लाखको योजना स्वीकृत गरी काम अगाडि बढिसकेको छ”, प्रदेशसभा सदस्य रत्न ढकालले भने, “सो आयोजनाबाट करीब ३०० हेक्टर जमीन सिञ्चित हुने र २०० घरधुरीका किसान लाभाविन्त हुनेछन् ।” प्रदेश सरकारको ठूलो आयोजना भएको र त्यसबाट किसानले फाइदा लिन सहज हुनेछ ।
किसानलाई सेवा पु¥याउन गाउँपालिकासँग समन्वय गरेर निर्माण ठेक्का जिम्मा लिने ठेकेदारसँग समयमै काम सम्पन्न गर्न घच्घच्याइएको छ । आयोजना उपभोक्ता समितिका सचिव मानबहादुर घिसिङले कृषि उत्पादनका हिसाबले सबैखाले अन्नबाली र तरकारी उत्पादन हुने ठाउँमा पहिला सिँचाइ अभावका कारण दुई बाली मात्रै लाग्ने भएकामा अब सबै प्रकारका अन्नबाली उत्पादन गर्न मद्दत पुग्ने बताए ।
“आलुबाली, धान, कोदो, कफीखेती, अलैँचीलगायत बेमौसमी खेती गर्न यहाँका किासनलाई धेरै सहयोग पुग्नेछ”, घिसिङले भने, “पानीकै अभावका कारण मकैबालीसमेत भनेको बेलामा लगाउन पाउने अवस्था थिएन ।” कृषि उत्पादनको उर्वरभूमि कुपिन्टार र सोक्तेललगायतका ठाउँमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले भइरहेको कामको अहिलेसम्ममा उपभोक्ताबाट गर्नुपर्ने काममध्ये रु २६ लाख ६२ हजारको काम भइसकेको उनले बताए ।
निर्माणका लागि आवश्यक पर्ने सामग्री सबै ल्याइसकेकाले उपभोक्ता समितिबाट गर्नुपर्ने काम यही महिनाभित्रमा निर्माण सम्पन्न गरिसक्ने उनको भनाइ थियो । सो सिँचाइ कुलो निर्माणका लागि ठेक्काको काम पाएका निर्माण व्यवसायी दावा घिसिङले विसं २०७५ असार ३० गते सम्झौता भएर सामान ल्याउने काम भइसकेकाले तोकिएको समयमै काम सम्पन्न गर्ने बताए ।
“सम्झौताअनुसार आगामी २०७७ असार मसान्तसम्ममा काम सम्पन्न गरिसक्नुपर्ने छ, त्यो समयभित्रमा सम्पन्न गरिसक्छौँ”, घिसिङले भने, “मुहानदेखि सिञ्चित ठाउँसम्म पुग्न साँढे चार किलोमिटरको कुलो निर्माण गर्नुपर्नेमा केही भाग उपभोक्ता समितिले र बाँकी काम ठेकेदारले गर्नुपर्नेछ ।”
करीब तीन किलोमिटर ढलान र ‘स्ल्याव’ निर्माण गर्नुपर्ने र ६०० मिटर पाइप हाल्नुपर्ने घिसिङले बताए । त्यसका लागि आवश्यक पर्ने सामान उपलब्ध गरिसकेकाले अब छिट्टै कार्य अगाडि बढाउने उनले बताए । सो आयोजना सम्पन्न भएपछि त्यहाँका किसानको अर्थोपाजर्नमा वृद्धि हुने अपेक्षा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
सुर्खेत बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
नेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार
के अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार