प्रि–फ्याव भवनबाट अस्पताल सञ्चालन
नेपालबहस संवाददाता
मंसिर २१, २०७६ शनिबार १३:१५:२
२१ मंसिर चौतारा । भूकम्प गएको साढे चार वर्ष बितिसक्दा पनि सिन्धुपाल्चोकको सदरमुकामस्थित चौतारा अस्पताल प्रि–फ्याव भवनबाटै सञ्चालन हुँदै आएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट नवनिर्मित भवन क्षतिग्रस्त भएपछि विदेशी संस्थाद्वारा निर्मित तीन वटा प्रि–फ्याव भवनबाट अस्पताल सञ्चालन हुँदै आएको हो ।
हालको १५ श्ययालाई स्तरोन्नति गरी ५० श्ययाको अस्पतालको नयाँ भवन चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिने हुँदा आगामी २०७७ सालको पहिलो महिनाबाट काम शुरु हुन सक्ने वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले बताए ।
विविध कारणले क्षतिग्रस्त भग्नावशेष पन्छाउन एक वर्ष ढिला भएकाले हालै मात्र ‘साइट’ सफा गर्ने काम सम्पन्न भएको छ । साइट सफा भएपछि प्राविधिकद्वारा माटो परीक्षण हुने र त्यसपछि मात्र अनुमानित योजना बनाइने हुँदा त्यसको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट चिनियाँ पक्षसँग समन्वय भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
अहिलेको अवस्थामा काम गर्न असहज नभए पनि सुविधा सम्पन्न भवन निर्माण भएपछि बिरामीलाई अझ बढी सहज हुने अस्पतालका डा सविना देवकोटाले बताए । चिनियाँ सरकारले तातोपानी नाका, जिल्ला अस्पताल र दोलखाको जिरी उच्च मावि भवनको पुनःनिर्माण गर्न २०७४ साल चैत १ गते अर्थ मन्त्रालयका तत्कालीन सचिव शङ्करप्रसाद अधिकारी र नेपालका लागि तत्कालीन चिनियाँ राजदूत यु–होङबीच सहयोग सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार चीन सरकारले तीन विलियन युआनअर्थात् करिब रु ५० अर्ब सहयोग उपलब्ध हुनेछ ।
स्थापनाकालमा हेल्थ सेक्टरका रुपमा रहेको उक्त स्वास्थ्य संस्था २०३० को दशकमा नँया भवन निर्माण भएसँगै १५ श्ययाको अस्पतालमा परिणत भएको थियो । सशस्त्र द्वन्द्वकालमा माओवादीको आक्रमणबाट अस्पताल ध्वस्त भएको थियो ।
त्यसको केही वर्षपछि सुविधा सम्पन्न भवन निर्माण भए पनि सञ्चालनमा आएको केही वर्ष नबित्दै विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको थियो । भवन क्षतिग्रस्त भएपछि खुलाचौरमा पालबाट सञ्चालन हुँदै आएकोमा वल्र्ड भिजन नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा निर्मित प्रि–फ्याव भवनबाट सञ्चालन हुँदै आएको पनि लामो समय बितिसकेको अस्पतालका कर्मचारीले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा बिरामी मर्कामा
जेठ ७, २०८१ सोमबार
काभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार