ग्रामिण क्षेत्रमा स्वास्थ्य शिविर, २ सय ५० जनाले पाए सेवा
नेपालबहस संवाददाता
मंसिर २३, २०७६ सोमबार १८:२:४२
२३ मंसिर स्याङ्जा । नगरपालिका भएर पनि स्वास्थ्य सेवाको पहुचबाट टाढा रहेका वालिङ ३ माझकोटमा निशुल्क स्वास्थ्य शिविर गरिएको छ । एक दिने स्वास्थ्य शिविर वालिङ हस्पिटल प्रालिको सहयोगमा र वडा कार्यालयको व्यवस्थापनमा शिविर आयोजना गरिएको हो ।
नीजि क्षेत्रबाट संचालित वालिङ हस्पिटलले बेला बेलामा स्वास्थ्यको पहुँच नपुगेको क्षेत्रमा पुगेर शिविर मार्फत नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । ९८ प्रतिशत गुरुङ् समुदायको बसोवास रहेको माझकोटमा एकदिने स्वास्थ्य शिविरबाट २ सय ५० लाभान्वित भएका छन् ।
तिन डाक्टर सहित अन्य स्वास्थ्यकर्मीको टोलीले सेवा प्रवाह गरेको वालिङ हस्पिटल प्रा.लि.का अध्यक्ष शोभाकान्त पौडेलले जानकारी दिए । सेवा नै धर्म हो भन्ने सन्देश सहित सेवा दिन वालिङ हस्पिटल उद्दत रहेको छ अध्यक्ष पौडेलले भने,“स्वास्थ्य सेवाबाट बन्चित रहेका ग्रामिण क्षेत्रको पहिचान गरि सेवा दिने हाम्रो लक्ष्य हो ।” स्वास्थ्यमा राज्यको पहुँच नपुगेको क्षेत्रमा नीजि क्षेत्रले पनि सेवा प्रवाह गर्नुपर्छ भन्ने हाम्रो उदेश्य हो अध्यक्ष पौडेलले भने ।
वालिङ, गल्याङ, चापाकोट नगरपालिका लगायत कालीगण्डकी गाँउपालिका र दक्षिणी भेग पर्वतका जनतालाई स्वास्थ्य सेवा प्रवाह गर्ने उदेश्यले संचालित वालिङ हस्पिटलले बेला बेलामा शिविर मार्फत पनि निशुल्क सेवा दिदै आएको छ । शिविरबाट पुरुष भन्दा बढी महिलाले सेवा लिएको आयोजकले जनाएको छ ।
यस्ता शिविर विभिन्न वडा, वडा मा राख्नु आवश्यक छ वालिङ नगरपालिका ३ का वडा अध्यक्ष शुकराज गुरुङ्ले भने,“पैसाको अभावमा सामान्य स्वास्थ्यको चेकजाँच गर्न नसक्ने नागरिकलागि यस्ता शिविर लाभदायक हुनेछन् ।” यो शिविरले माझकोटवासीलाई ठुलो सहयोग मिलेको गुरुङ्ले बताए । स्वास्थ्य जस्तो संवेदशिलमा राज्य उदाशिन बनिदिदा धेरै नागरिकले अकालमै ज्यान गुमाउनु परेको अवस्थामा स्वास्थ्य शिविरले नागरिकलाई राहत मिलेको वडा अध्यक्ष गुरुङ्को भनाई छ ।
शिविरमा प्रेस, सुगर, मुटु रोग, ग्यास्टिक, रुघाखोकी, महिलाको पाठेघर समस्या सम्वन्धी स्वास्थ्य सेवा प्रदान गरिएको थियो । सामान्य रोग मानेका कारण बल्झिदै जादा ठुलो समस्या देखिने अवस्था आएकाले शिविरमा करिव १ घण्टा स्वास्थ्य सम्वन्धी सचेतना कार्यक्रम पनि गरिएको हस्पिटलका सचिव खगेन्द्रप्रसाद अर्यालले बताए ।
९० जनाको भिडियो एक्सरे, ३० जनाको पाठेघर सम्वन्धी टेष्ट, ६ जनालाई पाठेघरमा देखिएको समस्या समाधानका लागि रिङ लगाएर सेवा दिइएको अर्यालले बताए । निशुल्क औषधी सहित आयोजना गरिएको शिविरमा डाक्टर अन्जना अर्याल, डाक्टर सन्दिप चौलागाँई, डाक्टर सुनिता गुरुङ लगायतका दुई दर्जन स्वास्थ्यकर्मीबाट सेवा प्रदान गरिएको आयोजकले जनाएको छ ।
सो शिविरमा स्थानीय समाजसेवी पदमराज गुरुङ्ले स्वास्थ्य चौकीलाई निशुल्क एक थान बेड हस्तान्तरण गरेका छन् । नीजि क्षेत्रबाट संचालित भएको स्वास्थ्य संस्थाले ग्रामिण क्षेत्रमा पुगेर निशुल्क स्वास्थ्य शिविर आयोजना गरेर नागरिकको स्वास्थ्य प्रति देखाएको चासो सकरात्मक भएको स्थानीयहरुले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै
जेठ १४, २०८१ सोमबार
रौतहटमा दर्जनौं अवैध अस्पतालले बिरामीसँग लाखौं रकम लुट्दै, नियमनकारी निकाय मौन
जेठ १४, २०८१ सोमबार
भक्तपुर अस्पतालमा पाठेघरको निःशुल्क उपचार
जेठ १३, २०८१ आइतबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार