चार नयाँ परियोजनालाई एडिबीद्वारा रु ४० अर्ब ४५ करोड ऋण
नेपालबहस संवाददाता
मंसिर २४, २०७६ मंगलबार २०:३:३९
२४ मंसिर काठमाडौं । एशियाली विकास बैंक ‘एडिबी’ले चारवटा नयाँ परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ४० अर्ब ४५ करोड ४० लाख ऋण सहयोग उपलब्ध गराउने भएको छ ।
बैंकले पोखरा–मुग्लिन सडकखण्डको स्तरोन्नतिका लागि रु २२ अर्ब ३५ करोड, खाद्य व्यवस्थापन सुधार तथा प्रदूषित बागमती नदी सरसफाइका लागि अतिरिक्त लगानीस्वरुप रु सात अर्ब ११ करोड ९० लाख, जीविकोपार्जन सुधार तथा साना किसानको आयआर्जन वृद्धिका लागि रु पाँच अर्ब ६५ करोड र कृषि तथा खाद्य सुरक्षासम्बन्धी नेपाल सरकारका नीतिगत सुधारका कार्यक्रममा सघाउन रु रु पाँच अर्ब ६५ करोड प्रदान गर्नेछ ।
नयाँ परियोजना कार्यान्वयनका निम्ति ऋण प्राप्त गर्नेसम्बन्धी सम्झौतापत्रमा आज अर्थमन्त्रालयमा आयोजित समारोहमा बैंकका देशीय निर्देशक मुख्तोरखामुदखानोभ र अर्थ सचिव राजन खनालले हस्ताक्षर गरे ।
दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग ‘सासेक’अन्तर्गत उपलब्ध हुने उक्त ऋण ८१ किलोमिटर लामो मुग्लिन–पोखरा सडकको पोखरा–आँबुखैरनीखण्डलाई चार ‘लेन’ मा विस्तारमा उपयोग गरिनेछ । त्यसैगरी बागमती नदीको सौन्दर्यीकरणका साथै ढल प्रशोधन केन्द्र निर्माण गरिनेछ ।
त्यस अवसरमा देशीय निर्देशक खामुदखानोभले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति एडिबीले उल्लेख्यमात्रामा सहायता रकम वृद्धि गरेको बताउँदै त्यसले बैङ्क र नेपाल सरकारबीचको साझेदारी एवं सहकार्यलाई उजागर गर्छ भने ।
सचिव खनालले नेपालको अर्थतन्त्रको उन्नयन, भौतिक पूर्वाधार निर्माण, कृषि तथा ग्रामीण क्षेत्रका आर्थिक विकासमा एडिबीले निरन्तर सहयोग गरेकामा आभार प्रकट गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
बढेको कोलेस्ट्रोल छिट्टै नियन्त्रणमा आउनेछ, आजबाटै गर्न थाल्नुहोस् ५ काम !
जेठ २०, २०८१ आइतबार
बजेटमाथिको छलफल छाडेर हिँडे सांसद, सदन खाली
जेठ २१, २०८१ सोमबार
निःशुल्क स्वास्थ्य शिविरबाट ६५० जना लाभान्वित
जेठ २१, २०८१ सोमबार
विश्वासघात गरी एक करोड ठगेको आरोपमा चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ
जेठ २१, २०८१ सोमबार
बालुवाटारमा बोलाएर टीआरसीको कुरा उठाएपछि सभापति देउवाले हप्काए प्रधानमन्त्रीलाई
जेठ २१, २०८१ सोमबार
संसदमा उत्साह छैन, वाक्क लागेर निदाएछु: चित्रबहादुर केसी
जेठ २१, २०८१ सोमबार
सशस्त्र प्रहरीद्धारा नेपाल चीन सीमाका स्तम्भको अनुगमन
जेठ २१, २०८१ सोमबार