बहुविवाहको मुद्दामा चलचित्र निर्माता छवि ओझा साधारण तारेखमा रिहा
नेपालबहस संवाददाता
मंसिर २४, २०७६ बुधबार ०:८:३
२३ मंसिर,काठमाडौं । बहुविवाह मुद्दामा चलचित्र निर्माता छवि ओझा साधारण तारेखमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतमा आज चलेको थुनछेक बहसमा निर्माता ओझाको तर्फबाट चर्चित अधिवक्ता गणेश केसीले बहस गरेका थिए ।
गत असारमा छविविरुद्ध नायिका शिल्पा पोखरेलले काठमाडौं प्रहरीमा घरेलु हिंसाको उजुरी मिलापत्रमा टुगिएको थियो । तर लगत्तै शिल्पाले अंश मुद्दा दायर गरेपछि ओझाविरुद्ध जेठी पत्नी हेमाले गत साउन ५ गते आइतबार बहुविवाहको मुद्दा हालेकी थिइन । उनले छविकी कान्छी पत्नी शिल्पा पोखरेललाई पनि विपक्षी बनाएकी थिइन ।
जेठीसँगको सम्बन्ध नतोडिकन शिल्पालाई घर भित्र्याएपछि हेमाले उनीहरूविरुद्ध प्रहरी परिसर गौशालामा बहुविवाहको मुद्दा दायर गरेकी थिइन् । शिल्पाले छविसँग अंशसहित पारपाचुके मागिरहँदा हेमाले पतिविरुद्ध मुद्दा दायर गरेकी थिइन् ।त्यसपछि निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको थियो ।
सो पक्राउ पुर्जी विरुद्ध शिल्पा उच्च अदालत पाटन पुगेकी थिइन तर उच्चले स्टेअर्डर नदिएपछि उनी सर्वोच्च अदालतबाट स्टेअर्डर जारी गराएकी थिइन । पछि सर्वोच्चले सो स्टेअर्डर खारेज गरेपछि फरार रहेकी शिल्पाले अस्ती अदालतमा हाजीर भएर आफुलाई छवि ओझाले झुक्याएर विहे गरेको झुटो दलील पेश गरेकी थिइन् ।
जवकी छविकी उनी चौथो पत्नी सरह लिभिङ टुगेदरमा बस्दै आएकी थिइन् । सोही प्रकरणमा आज फरार रहेका भनिएका छवि ओझा बिरामी अवस्थामै अदालतमा हाजीर हुन पुगेका थिए । आफु बिरामी भएको डाक्टरको पत्रसहित काठमाडौं जिल्ला अदालत पुगेका ओझा अधिवक्ता गणेश केसीको बहसपछि साधारण तारेखमा रिहा भएका हुन् ।
जेठी पत्नीले दायर गरेको मुद्दा अदालतमा विचाराधिन कै अवस्थामा छ । यदि जेठी पत्नीको पक्षमा फैसला भयो भने बहुविवाहको कानुनअनुरूप छवि र शिल्पालाई एकदेखि पाँच वर्षसम्म जेल सजाय र १० देखि ५० हजारसम्म जरिवाना हुनसक्छ । छविकी पहिली पत्नीबाट दुई छोरा राजीव र महेश छन् । उनी छोराहरूको साथमा शंखमूलमा बस्दै आएकी छिन् ।
हेमापछि छविले फिल्म नाताकी नायिका गीताञ्जली सुनुवारसँग विवाह गरेका थिए । विवाह गरेको केही समयपछि सुनुवारले आत्महत्या गरेकी थिइन् । सुनुवारतिरबाट छविका एक छोरा साकार छन् । उनी पनि फिल्म क्षेत्रमै सक्रिय छन् ।
गीताञ्जलीको मृत्युपछि फिल्म हिरो बनाउने क्रममा त्यसै फिल्मबाट डेब्यु गरेकी नायिका रेखा थापासँग छविले बिहे गरे । रेखासँगको सम्बन्ध पनि लामो समय टिक्न सकेन । रेखाबाट भने कुनै सन्तान छैनन् । त्यसपछि छविले आफैंले निर्माण गरेको फिल्म लज्जाबाट डेब्यु गराईएकी शिल्पासँग २०७३ सालमा विवाह गरे । तर उनीहरूको विवाह दर्ता भने २०७५ साल पुस ११ गते मात्रै भएको थियो ।
आफूलाई कानको जाली फुट्ने गरी कुटेको र पटकपटक यातना दिएको भन्दै असार ८ गते शिल्पाले छविलाई छोडेर गएकी थिइन् । उनले छविविरुद्ध असार २२ गते प्रहरी परिसर टेकुमा घरेलु हिंसा भएको भन्दै सुरक्षाका लागि उजुरी दिएकी थिइन् ।
यतिका वर्ष चुपचाप बसेकी जेठी पत्नीले छविविरुद्ध मुद्दा हालेपछि शिल्पा-छवि प्रकरणले नयाँ मोड लिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालको समृद्धिका निम्ति स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी
बैशाख २८, २०८१ शुक्रबार
जापानी परराष्ट्रमन्त्री योकोको रोजाइमा नेपाली लेखकका पुस्तक
बैशाख २३, २०८१ आइतबार
बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक
बैशाख १४, २०८१ शुक्रबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार