स्वास्थ्यचौकी जोड्ने सडकमार्गका लागि जग्गा दान
नेपालबहस संवाददाता
पुस ५, २०७६ शनिबार १२:२६:०
४ पुस बागलुङ । गलकोट नगरपालिका–७ मल्ममा स्वास्थ्यचौकी भवन निर्माणका लागि स्थानीयवासीले चार रोपनी चार आना जग्गा निःशुल्क प्रदान गरेका छन् । आठ जना जग्गाधनीले रु एक करोड २९ लाख मूल्य बराबरको जग्गा दिएको जग्गा व्यवस्थापन समितिका उपसंयोजक वसन्त केसीले बताए ।
स्थानीय होमबहादुर घिमिरेले आठ आना, गजेन्द्र, नारायण, भरत, टीकाबहादुर, लालबहादुर, टोपकली र गजेन्द्र केसीले पनि आठ–आठ आनाका दरले जग्गा प्रदान गरेका हुन् । गजेन्द्रले स्वास्थ्यचौकी जोड्ने सडकमार्गका लागि जग्गा दिएको समितिले जनाएको छ ।
“पहिले स्वास्थ्यचौकी रहेको ठाउँ अपुग भएपछि जग्गाको खोजी भइरहेको थियो”, समितिका उपसंयोजक केसीले भने, “लामो प्रयास र छलफलपछि जग्गा व्यवस्थापन भएको छ, अब नयाँ मापदण्डअनुसारको भवन बन्ने निश्चित भयो ।” जग्गा अभावकै कारण नयाँ स्वास्थ्यचौकी भवन निर्माणमा ढिलाइ भएपछि वडा कार्यालयले पनि जग्गाको खोजीलाई तीव्र बनाएको थियो । जनप्रतिनिधि, सामाजिक अगुवा, स्थानीयवासीलगायत जग्गा व्यवस्थापनमा खटिएका थिए ।
शुक्रबार वडाको समन्वयमा जग्गा व्यवस्थापन समिति र जग्गादाताबीच लिखित मञ्जुरीनामासमेत गरिएको छ । तत्कालै स्वास्थ्यचौकीलाई जग्गा नामसारी गरी दिने र निर्माणस्थलमा सडकको मार्ग खोल्ने निर्णय भएको जग्गादाता भरत केसीले बताए । “पहिले गाविस भवन बनाउँदा पनि जग्गा दिएका थियौँ”, उनले भने, “स्वास्थ्यचौकीलाई पनि अन्यत्र जग्गा नपाइएपछि हामीले नै दिने निर्णय ग¥र्यौँ ।” बेलैमा स्वास्थ्यचौकी भवन निर्माणका लागि वडा र नगरले विशेष पहल लिनुपर्ने उनको भनाइ छ ।
हाल स्वास्थ्यचौकी रहेको १२ आना जग्गा पनि स्थानीयवासी कर्णबहादुर केसीले निःशुल्क उपलब्ध गराएका थिए । जग्गाको टुङ्गो लागेसँगै आधुनिक स्वास्थ्यचौकी भवन निर्माणको काम अघि बढ्ने कार्यवाहक वडाध्यक्ष लोकबहादुर थापाले बताए । जिल्लाका अधिकांश वडामा नयाँ मापदण्डअनुसारका स्वास्थ्यचौकी भवन निर्माण भइसकेको छ । कतिपय ठाउँमा जग्गा अभावकै कारण नयाँ स्वास्थ्यचौकी भवन निर्माण हुन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै
जेठ १४, २०८१ सोमबार
रौतहटमा दर्जनौं अवैध अस्पतालले बिरामीसँग लाखौं रकम लुट्दै, नियमनकारी निकाय मौन
जेठ १४, २०८१ सोमबार
भक्तपुर अस्पतालमा पाठेघरको निःशुल्क उपचार
जेठ १३, २०८१ आइतबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार