पासा ग्वाहाली पुचः को नाफा रु सात लाख ३३ हजार
नेपालबहस संवाददाता
पुस १३, २०७६ आइतबार १४:५८:५०
१३ पुस काठमाडौं । साविकको गोकर्णेश्वर गाविसकै पहिलो सहकारी पासा ग्वाहाली पुचः वचत तथा ऋण सहकारीले आर्थिक वर्ष २०७५/२०७६ मा रु सात लाख ३३ हजार ५८ मुनाफा हासिल गरेको छ ।
सहकारीको १३औँ वार्षिक साधारणसभाका अवसरमा पेस गरिएको वार्षिक प्रतिवेदनमा रु एक करोड १३ लाख २५ हजार १०६ आम्दानी भएको उल्लेख छ ।
यसैगरी रु एक करोड पाँच लाख ९२ हजार ४७ खर्च भएको विवरण साधारणसभामा प्रस्तुत गरियो । सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले पेश गर्नुभएको प्रतिवेदनमा शेयर पूँजी रु एक करोड ४३ लाख ४३ हजार २०० रहेको उल्लेख छ ।
सहकारीको निक्षेप बचत रु पाँच करोड ४९ लाख ६३ हजार १५ छ । सहकारीले रु पाँच करोड ७५ लाख ३९ हजार ८२८ कर्जा लगानी गरेको अध्यक्ष श्रेष्ठले बताए । साधारणसभाको उद्घाटन कार्यक्रममा काठमाडौँ क्षेत्र नं ३ का सांसद कृष्ण राईले सरकारको तीनखम्बे अर्थनीतिअनुसार सहकारी अपरिहार्य अङ्ग भएको बताए ।
देशभर छरिएका ३४ हजार ५०० सहकारीकै कारण आर्थिक रूपान्तरणका साथै स्वरोजगार सम्भव भएको उनको भनाइ थियो । प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले गाउँ गाउँमा फैलिएका सहकारीले निम्न आय भएका जनताको आय आर्जनमा सहयोग गरेको बताए ।
कार्यक्रममा वरिष्ठ पत्रकार विजय चालिसे, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ, नेफ्स्कुनका सञ्चालक न्हुच्छेनारायण श्रेष्ठ, सहकारीका उपाध्यक्ष प्रेमलाल श्रेष्ठ, लेखा समिति संयोजक कृष्णभक्त श्रेष्ठलगायतले निम्न आय भएका मानिसका लागि स्वरोजगारी गर्न सहकारी वरदान सावित भएकामा जोड दिए।
सो अवसरमा नेफ्स्कुनका नवनिर्वाचित सञ्चालक सदस्य न्हुच्छेनारायण श्रेष्ठ, सहकारीका उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट शेयरधनी, उत्कृष्ट कर्मचारी लगायतलाई सो अवसरमा सम्मानसमेत गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
बालुवाटारमा बोलाएर टीआरसीको कुरा उठाएपछि सभापति देउवाले हप्काए प्रधानमन्त्रीलाई
जेठ २१, २०८१ सोमबार
न्युरोड सडकः महानगरले खन्यो, डिभिजनले टाल्यो
जेठ २१, २०८१ सोमबार
करण परियार: ईश्वरको वरदान पाएर गाउनकै लागि जन्मिएको अदभुत प्रतिभा
जेठ २१, २०८१ सोमबार
काठमाडौंको यी ठाउँहरुमा ‘टी-२० विश्वकप’को निःशुृल्क लाइभ हेर्न पाउने
जेठ २१, २०८१ सोमबार
लमजुङको ताजेगाउँ केन्द्रविन्दु भएर भूकम्प
जेठ २१, २०८१ सोमबार
विश्वकप खेल्ने क्रिकेट टोलीलाई राष्ट्रपति पौडेलको शुभकामना
जेठ २१, २०८१ सोमबार
मनाङको जिल्ला अस्पतालमा भवन र जनशक्ति अभाव
जेठ २१, २०८१ सोमबार
‘सुरक्षा अवस्था हेरेर बसपार्क चौबिसै घण्टा सञ्चालन गर्ने’
जेठ २१, २०८१ सोमबार