विद्यालय पुनर्निर्माणमा काठमाडौं पहिलो, तीन दिनमा ९ विद्यालयले पाए नयाँ भवन
नेपालबहस संवाददाता
पुस १३, २०७६ सोमबार ०:४५:५१
१३ पुष, काठमाडौं । केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना प्रमुख चुडामणि पौडेलले भूकम्प प्रभावित ७५ सय विद्यालय मध्ये ५५ सय विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको बताएका छन् । उनले विद्यालय पुनर्निर्माणमा हालसम्म ७५ करोड खर्च भइसकेको जानकारी दिए ।
पौडेलका अनुसार भूकम्प प्रभावित ७१ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको छ । काठमाडौं चन्द्रागिरीस्थित कंकाली माविको नयाँ भवन हस्तान्तरणको कार्यक्रममा बोल्दै पौडेलले भूकम्प प्रभावित ३१ जिल्लामध्ये काठमाडौं विद्यालय पुनर्निर्माणमा पहिलो रहेको स्पष्ट पारे ।
सरकार विद्यालय पुनर्निर्माणको कार्यक्रम मार्फत टहराबाट बालबालिकालाई कक्षाकोठामा ल्याउने अभियानमा जुटेको भन्दै उनले बालबालिकाहरु जस्ताको टहराबाट सुरक्षित र भूकम्पप्रतिरोधी पक्की भवनमा पठन–पाठन गर्ने क्रम बढेको बताए । पौडेलले इकाईले बनाइदिएको विद्यालय भवन विद्यार्थीबिहिन र खण्डहर हुन नदिन स्थानीय सरकार सक्रिय हुनुपर्ने र सामुदायिक विद्यालयमा स्थानीयको आकर्षण बढाउनतिर लाग्नुपर्ने बताए ।
स्थानीय स्तरमै सुरक्षा र संरक्षणका लागि नै केन्द्रिय इकाईले बनाइदिने भवन स्थानीय तहलाई र जिल्ला आयोजना कार्यान्वयन इकाईले बनाइदिने भवन स्थानीय तहलाई साक्षी राखेर विद्यालयलाई हस्तान्तरण गर्ने गरिएको पौडेलले स्पष्ट पारे । कंकाली माविमा ५५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको प्रति चासो राख्दै उनले भने– ५५ जिल्लाका अभिभावकले पत्याएको विद्यालयलाई स्थानीयले किन पत्याएनन् ? विद्यालयलाई आगामी दिनमा कि पूर्ण रुपमा आवाशीय बनाएर सञ्चालन गर्नुपर्ने कि त प्राविधिक शिक्षालयमा रुपान्तरण गरिनुपर्ने उनको सुझाब थियो ।
कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले हालसम्म नगरभित्रका भूकम्प प्रभावित १७ विद्यालयको पुनर्निर्माण सम्पन्न भईसकेकाले ती सबै भवनको संरक्षण र सुरक्षाको जिम्मेवारी आफूहरुको भएको बताए । भवन बन्नु भन्दा त्यसमा विद्यार्थी भरेर गुणस्तरीय शिक्षा दिनु ठूलो कुरा भएको भन्दै उनले अभिभावकको आवश्यकता र माग अनुसारको शिक्षण सिकाई गर्न शिक्षकहरुसँग आग्रह गरे । कंकाली माविलाई नमूनाको पनि नमूना बन्न शुभकामना दिँदै नगर प्रमुख गिरीले पुरानो परम्परागत शिक्षण सिकाई सुधार गर्न विद्यालय परिवारसँग आग्रह गरे ।
जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)काठमाडौंका इकाई प्रमुख अर्जुन रायमाझीले काठमाडौंमा भूकम्प प्रभावित विद्यालयहरुको पुनर्निर्माणले तिब्रता पाएको बताए । अब कोही पनि बालबालिका अस्थायी टहरामा पढ्न नपर्ने भन्दै रायमाझीले काठमाडौंमा केही समयमै विद्यालय पुनर्निर्माणले पूर्णता पाउने स्पष्ट पारे ।
नयाँ भवनमा विद्यार्थी भर्ने र गुणस्तरीय शिक्षा दिने काम विद्यालयको भएको भन्दै उनले यदि गुणस्तरीय शिक्षा दिन सक्दिन जस्तो लागे पेशा परिवर्तन गर्न शिक्षकहरुसँग आग्रह गरे । ‘अब भवन छैन भनेर बहाना बनाउने छुट छैन’–रायमाझीले भने–‘नयाँ भवन पाएपछि पुरानै शैलीको शिक्षण सिकाईले हुँदैन ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र गौतमले इकाईले बनाइदिएको भवनमा भवन जस्तै सुन्दर शिक्षण सिकाई गर्ने प्रतिबद्धता जनाए । विद्यालयलाई सरकारले नमूना विद्यालयको रुपमा छनोट गरेको छ । विद्यालयका प्रधानाध्यापक बिष्णु पनेरुले भवनको अभावमा विद्यार्थीलाई पठन–पाठन गर्न समस्या भइरहेको अवस्थामा इकाईले भवन बनाइदिएर ठूलो समस्या समाधान गरिदिएको बताए ।
अब विद्यालयको सम्पूर्ण ध्यान गुणस्तरीय र प्रविधियुक्त शिक्षण सिकाईमा केन्द्रित हुने प्रअ पनेरुले स्पष्ट पारे । विद्यालयमा अझै खानेपानीको समस्या रहेको भन्दै त्यसका लागि सहयोग गर्न सरोकारवालाहरुसँग उनको आग्रह थियो । कार्यक्रममा विद्यालयले छात्राछात्रवृत्ति समेत प्रदान गरेको थियो ।
जिल्ला आयोजना कार्यान्वयन इकाईले तीन दिनमा भूकम्प प्रभावित ९ विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरेको छ । केन्द्रले बिहिवार दक्षिणकाली नगरपालिका वार्ड नम्बर ९ को कालीदेवी आधारभूत विद्यालय, वार्ड नम्बर ८ को श्रीकृष्ण मावि र वार्डनम्बर ५ को डोल्लु आधारभूत विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरेको थियो ।
यस्तै, शुक्रवार धर्म विद्याश्रम आधारभूत विद्यालय तारकेश्वर, आत्म विकास आधारभूत विद्यालय बुढानिलकण्ठ र बुढानिलकण्ठ मावि बुढानिलकण्ठलाई नयाँ भवन हस्तान्तरण गरेको थियो । यस्तै शनिवार पनि केन्द्रले कंकाली मावि चन्द्रागिरी, कुञ्चिप्वाकल मावि तारकेश्वर र सीतापाइला मावि नागार्जुनलाई नयाँ भवन हस्तान्तरण गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना
बैशाख ३१, २०८१ सोमबार
सुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर
जेठ २, २०८१ बुधबार
दुई वर्ष कार्यकाल रहेका पाँच समिति गठन
जेठ २, २०८१ बुधबार
तीव्र बस्ती विस्तारले वीरेन्द्रनगर बजारका खेतीयोग्य जमिन मासिँदै
जेठ २, २०८१ बुधबार
डोरीको सहायताले भिरमा झुण्डिएर गरिने महसिकार जोखिमपूर्ण
जेठ २, २०८१ बुधबार
उर्लाबारीबाट मिक्लाजुङ जाने सडक किनारामा फूल
जेठ २, २०८१ बुधबार