सभामुख चयनको सकसले संसद् वैठक फेरि स्थगित
नेपालबहस संवाददाता
पुस १५, २०७६ मंगलबार २२:५५:५६
१५ पुष, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले सभामुख चयन गर्न नसक्दा संघीय संसद् अनिर्णयको बन्दी बन्नु परेको छ । आजका लागि बोलाइएको संसद् बैठक सूचना टाँसेर स्थगित भएको छ ।
आगामी बैठक पुस २७ गतेका लागि बोलाइएको छ । आज पनि सभामुख छान्न नेकपाका दुई शीर्ष नेताले छलफल गरेका थिए । विहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटेका दुबै नेताले कसलाई सभामुख बनाउने भन्नेमा सहमति गर्न सकेनन् ।
प्रधानमन्त्री खड्गप्रसाद ओली पूर्व सभामुख सुभाषचन्द्र नेम्बाङलाई उक्त जिम्मेवारी दिन चाहन्छन् । तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने पूर्व माओवादी नेतालाई सो जिम्मेवारी दिनुपर्ने पक्षमा रहेका छन् । उता, राष्ट्रपति विद्यादेवी भण्डारी भने वर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई सभामुख बनाउनुपर्ने पक्षमा रहेकी छन् ।
राष्ट्रपति भण्डारीले आफ्नो धारणा प्रधानमन्त्री ओलीलाई भनिसकेकी छन् । त्यसैले दुबै नेताबीच विवाद भएको अवस्थामा तुम्बाहाम्फे नै नयाँ सभामुख बन्ने सभावना बलियो देखिएको छ । तुम्बाहाम्फेले पनि आफ्नो दावी पेश गर्दै हालसम्म उपसभामुख पदबाट राजीनामा दिएकी छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन : मन्त्री शर्मा
बैशाख २१, २०८१ शुक्रबार
चारवटा संसदीय समितिको बैठक बस्दै
बैशाख २१, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
बैशाख २१, २०८१ शुक्रबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
मटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
टर्कीले तोड्यो इजरायलसँगको व्यापार सम्बन्ध
बैशाख २१, २०८१ शुक्रबार
डढेलो बस्तीमा पस्दा एक जनाको मृत्यु
बैशाख २१, २०८१ शुक्रबार
खडेरीले बाराको दक्षिणी भागमा रोपाइँ भएन
बैशाख २१, २०८१ शुक्रबार
खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर
बैशाख २१, २०८१ शुक्रबार
आजबाट ‘मनसरा’ रिलिज
बैशाख २१, २०८१ शुक्रबार
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन : मन्त्री शर्मा
बैशाख २१, २०८१ शुक्रबार