पत्रकार रौनियार र राईको सदस्यता छानबिन गर्न समिति गठन
नेपालबहस संवाददाता
पुस १६, २०७६ बुधबार १७:२६:५
१६ पुष, काठमाडाैं । नेपाल पत्रकार महासङ्घ सुनसरीले दुई पत्रकारको सदस्यताका विषयमा छानबिन समिति गठन गरेको छ । महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्काको अध्यक्षतामा बसेको बैठकले महासङ्घ सुनसरीका सदस्य चन्दन रौनियार र विजय राईको सदस्यता राख्ने वा खारेज गर्ने भन्ने विषयमा छानबिन गर्नका लागि समिति गठन गरेको हो ।
महासङ्घ सुनसरीका महिला उपाध्यक्ष शुभद्रा प्याकुरेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको महासङ्घ सुनसरीका सचिव हिमाल दाहालले बताए । समितिको सदस्यमा ध्रु्रव ढकाल र दिनेश गजमेर रहेको महासङ्घले जनाएको छ ।
केही दिन अगाडि सुनसरीको दुहबीमा ऐम्बुलन्स चालकलाई कुटपिट गरेर प्रहरीको हिरासतमा रौनियार गएका थिए भने राई लागुऔषध सेवनमा प्रहरीको नियन्त्रणमा परेका थिए । दुवै अहिले धरौटीमा रिहा भएका छन् । रौनियार र राईको कामले समस्त पत्रकारिता क्षेत्र बदनाम भएको भन्दै उनीहरुको सदस्यता राख्ने वा खारेज गर्ने भन्ने विषयमा छानबिन गर्नका लागि समिति गठन गरिएको हो ।
त्यसैगरी केही दिन अगाडि महासङ्घका सुनसरी उपाध्यक्ष सन्तोष काफ्लेमाथि भएको आक्रमणको मुद्दाको विषयमा सहयोग गर्नका लागि तीन सदस्यीय समिति गठन गरिएको छ । समितिमा महिला उपाध्यक्ष प्याकुरेल, महासङ्घ सुनसरीका सदस्य अजितकुमार झा र अर्जुन सुवेदी सदस्य रहेको महासङ्घका सचिव दाहालले बताए । समितिले काफ्लेको मुद्दाको विषयमा सरकारी वकिल, अन्य वकिल, सुरक्षा निकायसँग सहकार्य गर्नका लागि समिति गठन गरेको हो ।
त्यसैगरी महासङ्घले नयाँ सदस्यका लागि सदस्यता भर्न आह्वान गरेको छ भने शुद्धीकरण अभियानसमेत सञ्चालन गर्ने निर्णय गरेको छ । सुनसरीमा कतिपय गैरपत्रकारले समेत पत्रकार महासङ्घको सदस्यता लिएकाले उनीहरुको सदस्यता खारेज गर्नका लागि सदस्यता शुद्धीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको महासङ्घ सुनसरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसप्तरीको चिम्टीमा भीषण आगलागी, सयबढी घर जलेर नष्ट
बैशाख १८, २०८१ मंगलबार
म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण
बैशाख १८, २०८१ मंगलबार
कस्तो छ आजको मौसम ?
बैशाख १८, २०८१ मंगलबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
बैशाख १८, २०८१ मंगलबार
प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अदालतको आशय स्वीकार्य छैनः अध्यक्ष लम्साल
बैशाख १८, २०८१ मंगलबार
पशुपतिनाथ जलहरी प्रकरण : कोषका तत्कालीन सदस्यसचिव थापासहित ३ जनाले पाए सफाइ
बैशाख १८, २०८१ मंगलबार
सप्तरीको चिम्टीमा भीषण आगलागी, सयबढी घर जलेर नष्ट
बैशाख १८, २०८१ मंगलबार
एमालेको विजय सभाबाट फर्केको पिकअप दुर्घटना हुँदा १९ जना घाइते
बैशाख १८, २०८१ मंगलबार
डोल्पाबाट निर्वाचित सबै सांसद मन्त्री !
बैशाख १८, २०८१ मंगलबार
नक्कली ड्राइभिङ लाइसेन्स बनाइदिने सरकारी कर्मचारी पक्राउ
बैशाख १८, २०८१ मंगलबार
‘पूजार सार्की’को दोस्रो गीत 'रिमै' सार्वजनिक
बैशाख १८, २०८१ मंगलबार