नेपाल र भारतको सम्बन्ध युनिक छ : मुख्यमन्त्री राउत
नेपालबहस संवाददाता
पुस १८, २०७६ शुक्रबार १७:२३:५२
१८ पुस जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले नेपाल र भारतको सम्बन्धलाई युनिक रहेको बताएका छन् । भारतका पर्यटन राज्यमन्त्री प्रह्लाद सिंह पटेललाई स्वागत गर्नुहुँदै मुख्यमन्त्री राउतले विश्वमा कुनै दुई देशबीच नरहेको सम्बन्ध नेपाल र भारतको रहेको बताए ।
नेपालका अभिभावकले छोराछोरीको विहे गर्न भारतमा केटाकेटी खोज्न जाने गरेको र भारतका अभिभावकले नेपालमा खोज्न आउने गरेकोले दुवै देशबीचको सम्बन्ध युनिक रहेको मुख्यमन्त्री राउतले भने । यस्तो सम्बन्धले दुई देशको आत्मियतालाई उजागर गरेको उनले थपे । मुख्यमन्त्री राउतले पर्यटन राज्यमन्त्री पटेलको जनकपुरधाम आगमनले प्रदेश २ को पर्यटन क्षेत्रमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम आगमनले पर्यटकको संख्या वृद्ध भएको बताउनुहुँदै मुख्यमन्त्री राउतले पर्यटन राज्यमन्त्रीको आगमनले थप पर्यटक आउने बताए । भारतीय पर्यटन राज्यमन्त्री पटेलले भारतले नेपालको विकास हेर्न चाहेको भन्दै पर्यटन क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
प्रदेश सरकारले गरेको स्वागत, सत्कारको प्रशंसा गर्दै भारतीय पर्यटन राज्यमन्त्री पटेलले जनकपुरधाममा जानकी मन्दिरको दर्शन गर्नको लागि परिवारलाई बोलाएको बताए । पोखरा, लुम्बिनी जाने विकल्प रहेपनि आपूmले भगवान रामको ससुराली जनकपुरधाम जाने इच्छा जाहेर गरेको उनले थपे ।
सो अवसरमा मुख्यमन्त्री राउतले भारतीय पर्यटन राज्यमन्त्री पटेललाई जानकी मन्दिरको तस्वीर र दोसल्ला ओढाएर स्वागत गरेका थिए । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय, राज्यमन्त्री सुरेश मण्डल, प्रदेश २ का प्रमुख सचिव रामकृष्ण सुवेदीले समेत भारतीय राज्यमन्त्री पटेलको स्वागत गरेका थिए ।
यसअघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले भारतीय पर्यटन राज्यमन्त्री पटेललाई जनकपुर विमानस्थलमा स्वागत गरेका थिए । जनकपुर विमानस्थलबाट भारतीय पर्यटन राज्यमन्त्री पटेल सोभैm राम मन्दिर पुगेर दर्शन पुजा गरे । परिवारसहित जनकपुर आएका भारतीय राज्यमन्त्री पटेल जानकी मन्दिरमा दर्शन पुजा गरेर होटल पुगेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन
जेठ ८, २०८१ मंगलबार
जलेश्वर कारागार जीर्ण, कैदीबन्दीलाई समस्या
जेठ ७, २०८१ सोमबार
मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
लमजुङ हिमाल र डाँडापाखाको मनोरम दृश्य
जेठ ८, २०८१ मंगलबार
चालु आर्थिक वर्षमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान
जेठ ८, २०८१ मंगलबार
नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी
जेठ ८, २०८१ मंगलबार
हलो र गोरुको सहायताले मकै छर्दै किसान
जेठ ८, २०८१ मंगलबार
अरनिको राजमार्गमा जोखिमपूर्ण यात्रा गर्न बाध्य
जेठ ८, २०८१ मंगलबार