विपन्नलाई ४० श्ययामा निःशुल्क स्वास्थ्यसेवा
नेपालबहस संवाददाता
पुस १९, २०७६ शनिबार १६:२७:२
१९ पुस काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल टोखाले आर्थिक रुपमा विपन्न भएका व्यक्तिको स्वास्थ्यलाई ध्यानमा राखेर ४० श्ययामा निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्ने भएको छ ।
अस्पतालको शुक्रबार सम्पन्न सातौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा आर्थिकस्थित कमजोर भएकालाई सिद्धार्थ वार्ड स्थापना गरेर ४० श्ययाबाट निःशुल्क सेवा दिन लागेको बताइएको हो । अस्पतालका अध्यक्ष इञ्जिनीयर दीपक कुँवरले ग्राण्डी अस्पतालले धनी र गरिब दुवै स्तरका नागरिकलाई सेवा दिने उद्देश्यले ४० श्यया निःशुल्क गर्न लागेको जानकारी दिए ।
“ग्राण्डी अस्पताल धनी व्यक्तिले उपचार गर्ने अस्पताल हो भन्ने आम मानिसको बुझाई छ, यसलाई चिर्नका लागि पनि हामीले ४० श्यया निःशुल्क गर्न लागेको हौँ”, अध्यक्ष कुँवरले भने । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले अस्पताललाई चाहिने स्थानीय सरकारको साथ र सहयोग दिन स्थानीय सरकार तयार रहेको उनको भनाइ थियो ।
अस्पतालका निर्देशक डा चक्रराज पाण्डेले सात वर्षको अवधिमा अस्पतालले चार हजारभन्दा बढी विशेष, आठ लाखभन्दा बढी विरामीको बहिरङ्ग ‘ओपिडी’ सेवा, ५० हजार अन्तरङ्ग बिरामी, ३० हजार सर्जरी, ४१ हजार आकस्मिक सेवा र तीन हजारको हेलिकप्टरमार्फत उद्धार गरी स्वास्थ्यसेवा प्रदान गरेको जानकारी दिए।
एक वर्षदेखि नेपालमै पहिलोपटक स्पोर्ट मेडिसिन, स्पाइन सर्जरी, इमर्जेन्सी मेडिसीन र हेपाटोप्यानक्रयाटिक चार क्षेत्रमा फेलोसिप कार्यक्रम शुरु गरेको अस्पतालले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार