९२ लाख कालोधनसहित न्यूरोडबाट समातिए तीन मारवाडी, अपराध महाशाखा अवैध धन्दा नियन्त्रणतर्फ
नेपालबहस संवाददाता
पुस २२, २०७६ बुधबार १:४०:१६
२२ पुष, काठमाडौं । खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने भने जस्तो राजधानीका विभिन्न स्थानमा बसेर अवैध धन्दा चलाउने चारजना मारवाडी व्यवसायी प्रहरीको फन्दामा परेका छन् ।
देशको अर्थतन्त्र नै ध्वस्त हुने गरि हुण्डीको कारोवार गर्ने मारवाडीहरुलाई महानगरीय अपराध महाशाखाले हिजो पक्राउ गरि सार्वजनिक गरेको हो । उनीहरुले व्हाट्सएप र वी च्याटमार्फत हुण्डी मार्फत कालोधन ओसारपसार गर्ने गरेका थिए ।प्रहरीले उनीहरुलाई काठमाडौंको न्यूरोडबाट पक्राउ गरेको हो ।
बिगत लामो समयदेखि देखाउने एउटा व्यापार तर मुख्य काम भने हुण्डीको धन्दा गर्ने विशेष सूचनाको आधारमा अपराध महाशाखाको टोलीले सोमबार साँझ छापा मारी यी चार जना मारवाडीलाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ परेका व्यक्तिहरुवाट नगद, चेक रकम, विभिन्न बैंकका हस्ताक्षर राखिएका चेकबुक, व्हाट्सएप, वीई च्या मार्फत अवैध हुण्डीको कारोबारसहितको विवरण बरामद गरेको छ ।
यसरी अबैध कारोवार गरी पक्राउ पर्नेमा काठमाडौं इन्द्रचोकमा इ–जोन पसलका सेल्फ स्टाफ भनिने गोपाल अग्रवाल, ईजोन पसलकै अर्का कर्मचारी सिन्धुपाल्चोक मेलम्चीका भोला नेपाल रहेका छन । प्रहरीले उनीहरुको साथबाट ९ लाख ५० हजार नगद तथा विभिन्न बैंकबाट चेक रकम ६४ लाख ९९ हजार बरामद गरेको छ ।
यस्तै काठमाडौं ताहाचल बसी एनएस ट्रेर्डस भोटेवहालका संचालक कमल अग्रवालको साथबाट २ लाख नगद तथा १४ लाख बरामद भएको छ भने सुनसरी धरान–२ का नारायणकुमार अग्रवाललाई नियन्त्रणमा पनि अबैध हुण्डीको कारोवारमा पक्राउ गरिएको छ ।
महानगरीय प्रहरी महाशाखाका एसएसपी सहकुलबहादुर थापाले अवैध हुण्डी कारोबार गर्ने चार जनासँग १३ लाख ५२ हजार नगद, बैक रकम ७८ लाख ९९ हजार गरी ९२ लाख ५१ हजार बरामद गरेको नेपालबहस डटकमलाई बताए । पक्राउ परेका चार जनामाथि थप अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान विभाग पुल्चोक पठाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार