वर्तमान सरकारको प्रयासलाई सघाउन राष्ट्रपति भण्डारीको चेम्बर पदाधिकारीसँग आग्रह
नेपालबहस संवाददाता
पुस २९, २०७६ बुधबार २:१७:५४
२९ पुष, काठमाडौं । नेपाल चेम्वर अफ कमर्सको ६९ औ वार्षिक साधारण सभा, चेम्वर दिवस २०७६ तथा ७० वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन बिभिन्न जिल्ला तथा नगरबाट आएका जिल्ला तथा नगर चेम्वरका सभापति तथा पदाधिकारीहरु तथा नेपाल चेम्वर अफ कमर्सका पदाधिकारी तथा कार्य समिति सदस्यहरुले आज मंगलवार राष्ट्रपति बिद्यादेवी भण्डारीसँग भेटघाट गरेका छन् ।
त्यस अवसरमा नेपालको व्यवसायिक क्षेत्रका बिबिध पक्षहरु बारे नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले चेम्बरको समग्र धारणा प्रस्तुत गरेका थिए । उक्त अवसरमा श्रेष्ठले राष्ट्रपतिसमक्ष चेम्वरले ७० वर्षको अवधिमा निजी क्षेत्रको सशक्तिकरणको लागि चेम्वरले निर्वाह गरेको भूमिका बारे चर्चा गर्दै चेम्वरको संरचना तथा अन्तर्राष्ट्रिय व्यावसायिक सम्वन्ध र त्यसबाट मुलुकले प्राप्त गरेको लगानी तथा व्यापारको लागि भएको योगदान बारमो पनि प्रष्ट पारेका थिए ।
अध्यक्ष श्रेष्ठले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न जिल्ला स्तर तथा नगरस्तरबाट समेत चेम्वरको तर्फबाट सक्दो भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दै पर्यटन क्षेत्रका केही चुनौतिबारे पनि राष्ट्रपतिलाई बताएका थिए । अध्यक्ष श्रेष्ठले व्यवसाय संचालन खर्च बढि रहेको जनाउदै संघीय प्रणाली पश्चात करको दरमा एक रुपता नभएकोले एकिकृत कर प्रणाली लागू गरिनुपर्नेमा जोड दिएका छन् ।
उक्त अवसरमा राष्ट्रपतिबाट सम्पूर्ण उपस्थित पदाधिकारी तथा सदस्यहरुलाई स्वागत गर्दै चेम्वरका अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको अभिव्यक्तिले नेपालको अर्थतन्त्र कतातर्फ गइरहेको छ भन्ने बारे यसका अन्तरनिहीत समस्याबारे बुझने अवसर प्राप्त भएकोले यसलाई सकारात्मक रुपमा लिएको बताइन् ।
‘’समृद्ध नेपाल तथा सुखी नेपाली “ को सपना साकार पार्न वर्तमान सरकारको प्रयासलाई सघाउन राष्ट्रपति भण्डारीले आग्रह गरेकी थिइन् । बिद्यमान अर्थतन्त्र बारे बिस्तृत चर्चा गर्दै राष्ट्रपति बिद्यादेवी भण्डारीले हाम्रो शक्ति के हो त्यो पहिचान गरौं र हामीसँग के छ त्यो दिने हो र हामीसँग के छैन त्यो लिने हो । हामीले हाम्रो शक्तिमा आधारित अर्थतन्त्रको बिकाश गराैं र स्वाधिन अर्थतन्त्र निर्माणको दिशातर्फ उन्मुख हुन सरकारको प्रयासलाई सहयोग गर्न आब्हान गरेकी थिइन् ।
नेपालको दिगो बिकासका लागि अरुसँग नभएको तर हामीसँग मात्र भएकोलाई बिकास गराैं । बजारलाई टाढा जानु पर्दैन हाम्र्रै छिमेकीहरु यथेष्ट भएकाले यसलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने प्रयास गर्न आग्रह गरिन् । अबको चुनौति भनेको बैदेिशक रोजगारीमा गएका नेपालीहरु स्वदेशमा फर्किएमा उनीहरुको व्यवस्थापन गर्न यसको लागि अहिले देखि नै प्रयासरत हुन जरुरी छ । यसको महत्वपूर्ण जिम्मेवारी निजी क्षेत्रको हुने राष्ट्रपति भण्डारीको तर्क थियो ।
उक्त अवसरमा बिभिन्न जिल्ला तथा नगरबाट आएका जिल्ला तथा नगर चेम्वरका सभापति तथा पदाधिकारीहरु तथा नेपाल चेम्वर अफ कमर्सका पदाधिकारीहरुको बाक्लो उपस्थित रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार