उपत्यकामा चरम मूल्यवृद्धि
नेपालबहस संवाददाता
माघ ६, २०७६ सोमबार १२:४२:५७
५ माघ काठमाडौं । काठमाडौं उपत्यकामा चरम मूल्यवृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उपत्यकामा उपभोक्ता मुद्रास्फीतिमा २०७५ को तुलनामा मूल्यवृद्धिको मात्रा बढी देखिएको हो ।
बैंकका अनुसार चालू आर्थिक वर्षको पाँच महिनाको तथ्याङ्कमा काठमाडौं उपत्यकामा ७/६० प्रतिशतको हाराहारीमा मूल्यवृद्धि भएको छ । विसं २०७५ मङ्सिरमा काठमाडौं उपत्यकाको उपभोक्ता मुद्रास्फीति मात्रै ३.६८ प्रतिशत रहेको थियो । यस्तै तराईमा ६.६६ प्रतिशत, पहाडमा ५.२७ प्रतिशत र हिमालमा ४.८३ प्रतिशत मुद्रास्फीति रहेको छ । आव २०७५/७६ को मङ्सिरमा तराईमा ३.६५ प्रतिशत पहाडमा ३.८४ प्रतिशत र हिमालमा ४.०५ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
बैंकका अनुसार गत मङ्सिरमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.५५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.७१ प्रतिशत रहेको थियो । गत मङ्सिरमा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ९.७६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ ।
खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी, मसला, फलफूल र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि उच्च रहेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरण उपसमूहको मूल्य बढेको बैंकले जनाएको छ ।
थोक मुद्रास्फीतितर्फ गत मङ्सिरमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.९८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.१८ प्रतिशत रहेको थियो । सो अवधिमा प्राथमिक वस्तु समूहअन्तर्गत खाद्य वस्तु तथा उत्पादित वस्तु समूहअन्तर्गत खाद्य, पेय तथा सूर्तीजन्य पदार्थ एवं छाला तथा छालाजन्य पदार्थको थोक मूल्यवृद्धि उच्च रहेको छ ।
४७ अर्बको निर्यात
चालू आवको पाँच महिनामा कूल वस्तु निर्यात २७ प्रतिशतले वृद्धि भई रु ४७ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.७ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ४८.६ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यात ६.२ प्रतिशत र अन्य मुलुकतर्फ ३.२ प्रतिशतले कमी आएको छ ।
पाम तेल, अलैँची, जुटका सामान, धागो ‘पोलिष्टर तथा अन्य., आयुर्वेदिक औषधि लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तार तथा रडलगायतका वस्तुको निर्यात घटेको छ । चालू आवको पाँच महिनामा कूल वस्तु आयात ४।२ प्रतिशतले घटेर रु पाँच खर्ब ८१ अर्ब २६ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३४.२ प्रतिशतले बढेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ९.५ प्रतिशत र २ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात १५.६ प्रतिशतले बढेको छ । भन्सार नाकाका आधारमा निर्याततर्फ वीरगञ्ज, विराटनगर, मेची, तातोपानी र कञ्चनपुर बाहेकका नाकाबाट गरिएको निर्यात घटेको छ ।
आयाततर्फ सुक्खा बन्दरगाह, मेची, तातोपानी, कञ्चनपुर र रसुवा बाहेकका भन्सार नाकाबाट भएको आयातमा कमी आएको छ । पाँच महिनासम्ममा कूल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले घटी रु पाँच खर्ब ३३ अर्ब ६४ करोड रहेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ३६ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.२ प्रतिशत रहेको थियो ।
विप्रेषण आप्रवाह तीन खर्ब ७७ अर्ब
चालू आवको पाँच महिनाको अवधिमा विप्रेषण आप्रवाह ०.१ प्रतिशत वृद्धि भई रु तीन खर्ब ७६ अर्ब ९९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३१.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ०।७ प्रतिशतले बढेको बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९.२ प्रतिशतले बढेको थियो । यस अवधिमा अन्तिम श्रम स्वीकृति ‘संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण’ का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या ११.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ३८.४ प्रतिशतले घटेको थियो ।
त्यस्तै पुनःश्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या ७.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १.४ प्रतिशतले घटेको थियो । यस्तै सो अवधिमा खुद ट्रान्सफर प्राप्ति ०.८ प्रतिशतले कमी आई रु चार खर्ब २५ अर्ब ३६ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति २९.८ प्रतिशतले बढेको थियो ।
७० अर्ब चालू खाता घाटा
यस्तै चालू आवको पाँच महिनामा चालू खाता घाटा रु ७० अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु एक खर्ब १९ अर्ब ३३ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको पाँच महिनासम्ममा एक अर्ब चार करोड रहेको चालू खाता घाटा समीक्षा अवधिमा ६१ करोड ७७ लाख रहेको छ ।
बैंकका अनुसार कूल विदेशी विनिमय सञ्चिति रु पाँच अर्ब ६५ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु छ अर्ब ५७ करोड रहेको छ । यसैगरी समीक्षा अवधिमा शोधनान्तर स्थिति रु २३ अर्ब ३० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु८५ अर्ब ३२ करोडले घाटामा रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
बढेको कोलेस्ट्रोल छिट्टै नियन्त्रणमा आउनेछ, आजबाटै गर्न थाल्नुहोस् ५ काम !
जेठ २०, २०८१ आइतबार
न्युरोड सडकः महानगरले खन्यो, डिभिजनले टाल्यो
जेठ २१, २०८१ सोमबार
लुम्बिनीमा सरकार विस्तार, माओवादीकी केसी बनिन् मन्त्री
जेठ २१, २०८१ सोमबार
प्रहरी कारवाही तथा अदालती दृष्टिकोण
जेठ २१, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्डद्वारा सम्मानित
जेठ २१, २०८१ सोमबार
‘पूर्ण बहादुरको सारङ्गी’ मा विजय र बुद्धि आबद्ध
जेठ २१, २०८१ सोमबार
टोयोटाको मुख्यालय अनुसन्धानका लागि निरीक्षण गरिने
जेठ २१, २०८१ सोमबार