भीरकोटमा प्राविधिक शिक्षा संचालनार्थ विराट महायज्ञ
नेपालबहस संवाददाता
माघ ७, २०७६ मंगलबार २२:१०:४
७ माघ, स्याङ्जा । विभिन्न उदेश्य राखेर शैक्षिक विकासका लागि महायज्ञ गर्ने प्रचलन पछिल्लो समय बढ्दो छ । महायज्ञबाट आर्जित रकमलाई शैक्षिक गुणस्तरसँगै विकासलाई जोडेर विद्यालयले यस्ता क्रियाकलापलाई जोड दिन थालेका छन् । सरकारी तवरबाट खासै चासो नभएको पाएपछि स्थानीयहरुले महायज्ञ संचालन गरेर शैक्षिक विकासमा लाग्न थालेका छन् ।
यस्तै प्रचलनलाई पछ्याउदै भीरकोट नगरपालिका ५ स्वरेक सिम्लेस्थित जनप्रिय माध्यमिक विद्यालयले शैक्षिक स्तरोन्नती तथा प्राविधिक शिक्षालय स्थापनार्थका लागि ७ दिने विराट महायज्ञको आयोजना गरेको छ । यो महायज्ञ माघ १४ गतेसम्म संचालन हुने श्रीमदभागवत धन धान्याञ्चल ज्ञान महायज्ञ २०७६ का निर्देशक तथा वडा अध्यक्ष यामप्रसाद अधिकारी(लक्ष्मण) ले जानकारी दिए ।
प्राविधिक शिक्षाका लागि बाहिर जानुपर्ने बाध्यतालाई मध्यनजर राखेर यो महायज्ञ संचालन गरेका छौं, निर्देशक अधिकारीले भने,“यो महायज्ञबाट उठेको रकमले गाउमै प्रविधिक शिक्षालय स्थापना गर्नेछौं ।” जसले गर्दा बाहिर गएर पढ्नुपर्ने बाध्यतालाई केही हदसम्म कम हुने विश्वास हाम्रो हा,े अधिकारीले भने । सरकारले प्रविधिक शिक्षालय स्थापना गर्ने घोषणा मात्रै गर्ने तर काम नहुने हुँदा यहाँका विद्यार्थी प्रविधिक शिक्षाका लागि ठुलो रकम खर्च गरेर बाहिर पढ्न जानुपर्ने बाध्यतालाई ध्यानमा राखेर महायज्ञ गर्नुपरेको अधिकारीको भनाई छ ।
महायज्ञबाट ५० लाख बचत गर्ने लक्ष्य आयोजकको छ । स्थानीय समाजसेवीहरुको पहलमा २०१८ सालमा स्थापना गरिएको विद्यालय २०६५ सालबाट मावि संचालन हुदै आएको महायज्ञ मुल आयोजक समितिका संयोजक चोलाकान्त पंगेनीले बताए । स्थापनाको लामो समय वितिसक्दा पनि विद्यालयले भनेजस्तो सफलता पाउन सकेन, मुल आयोजक समितिका संयोजक पंगेनीले भने,“अब केही न केही गर्नुपर्छ भन्ने उदेश्यले महायज्ञ आयोजना गरिएको हो ।” विद्यालयको आर्थिक पक्षलाई मजबुतीकरण बनाउदै प्राविधिक शिक्षालय संचालन गर्ने हाम्रो अठोट हो, उनले भने । महायज्ञमा पण्डित देवनयन नारायण लामिछाने प्रमुख वाचक रहेका छन् ।
महायज्ञको भीरकोट नगर प्रमुख छाँयाराम खनालले उद्घाटन गरेका छन् । महायज्ञले विद्यालयले लिएको लक्ष्य प्राप्तिमा सफलता मिल्नेमा विश्वास व्यक्त गरे । नगरपालिकाबाट पनि प्राविधिक शिक्षाका लागि सहयोग हुने विश्वास नगरप्रमुख खनालले आयोजकलाई विश्वस्त दिलाए । स्याङ्जामा विद्यालयको शैक्षिक विकास भन्दै अहिलेसम्म महायज्ञ गरिएपनि उदेश्य अनुसारको काम भने गरेको देखिएको छैन ।
तर यो विद्यालयले उदेश्य अनुसारको काम गर्नेमा भने स्थानीयहरुले विश्वास लिएका छन् । महायज्ञ उद्घाटन गर्नु अगाडी विभिन्न आमासमुह, युवा क्लव, बुद्धिजीवी, विद्यार्थी लगायतले ¥याली निकालेका थिए । जिल्लाकै प्रसिद्ध धार्मिक स्थल छाँयाक्षेत्र मन्दिरबाट जल लगेर महायज्ञ उद्घाटन गरिएको आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
सन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
के हो वेशी योग, कसरी बन्छ कुंडलीमा ?
जेठ २, २०८१ बुधबार
सेतीमा पुल निर्माण अलपत्र अवस्थामा
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
दिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा
जेठ २, २०८१ बुधबार
ऐतिहासिक कोतगढीसँगै देखिएको दैलेख सदरमुकाम
जेठ २, २०८१ बुधबार