आजबाट औपचारिकरुपमा अक्षरारम्भ
नेपालबहस संवाददाता
माघ १६, २०७६ बिहिबार २०:२०:३
वासुदेव पौडेल / रासस
१६ माघ पोखरा । पछिल्ला वर्षमा पोखरा र आसपासमा श्रीपञ्चमीको महिमा र गरिमा बढ्दै गएको छ । प्रत्येक वर्षको माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजाआजा गर्ने प्राचीनकालदेखिको प्रचलन भए पनि पछिल्ला वर्षको यसको महत्व अझै बढ्दै गएको हो ।
पोखराको विन्ध्यवासिनी परिसरस्थित सरस्वतीको मन्दिरका साथै विभिन्न धार्मिक स्थल एवं शिक्षालयका सरस्वती मन्दिरमा आज बिहानैदेखि विद्यार्थीको भीड लागेको छ । डेढदशकअघिसम्म श्रीपञ्चमीका दिनमा घरघरमा मात्रै पुस्तकको पूजा गर्ने र उक्त दिन विद्यालयमा बिदा दिने गरिएकामा पछिल्ला वर्षमा भने प्रत्येक विद्यालयले आफ्नो वार्षिक क्यालेन्डरमा सरस्वती पूजाको कार्यक्रम राख्ने गरेका छन् ।
अधिकांश विद्यालयले यस दिनमा औपचारिकरुपमा नै सरस्वती पूजा एवं अक्षरारम्भ कार्यक्रम राख्ने गरेको पोखरा महानगरपालिका वडा नं २७ स्थित लिटलफ्लावर एजुकेशनल एकेडेमीका प्राचार्य विष्णुहरि पौडेलले बताए । “विद्याकी अधिष्ठात्री देवीको पूजा गर्ने दिन भएकाले शैक्षिक संस्थाका लागि यो विशेष चाड हो”, उनले भने, “यो दिन आफ्ना विद्यार्थीलाई असल एवं राष्ट्रका लागि योगदान गर्नेसक्ने दक्ष जनशक्तिका रुपमा तयार बनाउने सङ्कल्प गर्ने दिन पनि हो ।”
नयाँ अक्षरारम्भ गर्न आउने बालबालिकालाई निःशुल्क भर्ना लिने गरिएको पौडेलले जानकारी दिए । पछिल्ला वर्षमा यसको गरिमा र महत्व झन्झन् बढ्दै गएको उनको भनाइ थियो । श्रीपञ्चमीको प्रारम्भ सम्बन्धमा अनौठो किंवदन्ती छ । सृष्टिको प्रारम्भमा भगवान् विष्णुको आज्ञाअनुसार ब्रह्माले जीव एवं मनुष्य जगतको सृष्टि गरे । सृष्टि गरे पनि ब्रह्मालाई त्यसले सन्तुष्ट पार्न सकेन । केही न केही कमीको महसुस भयो । सबैतिर मौनता छाएको थियो । उक्त क्रममा भगवान् विष्णुसँग अनुमति लिइ ब्रह्माले आफ्नो कमण्डलुबाट जल छर्केछन् । उक्त जलकणले पृथ्वीमा कम्पन भएछ । कम्पनसँगै अनौठो नारी शक्तिको उत्पत्ति भयो ।
जसका चार हात थिए जसमा एक हातमा वीणा तथा अर्को हातमा वर मुद्रा थियो । अन्य दुई हातमा पुस्तक र माला थिए । त्यस्ती शक्तिस्वरुपासँग ब्रह्माले वीणा बजाउन अनुरोध गरेछन् । देवीले वीणा बजाएसँगै संसारका हरेक जीवजन्तु र प्राणीलाई आवाज प्राप्त भयो । जल, हावा आदिमा आवाज आउन थाल्यो । यसै कारण सरस्वतीलाई वाणीकी देवीका रुपमा लिने गरिएको छ ।
पौराणिक धर्मग्रन्थमा भगवान् श्रीकृष्णले सरस्वतीसित खुशी भएर श्रीपञ्चमीका दिन तिम्रो आराधना गरिनेछ भनी वरदान दिएको उल्लेख छ । सेतो वस्त्रले सजिएकी सरस्वती सधैँ मुस्कुराइरहने र प्रत्येक मानव जातिलाई मुस्कुराउन प्रेरित गर्ने जनविश्वास छ । सरस्वतीलाई भारती, सरस्वती, शारदा, जगन्माता, वागेश्वरी, कौमारी, वरदायिनी जस्ता धेरै नामले स्मरण गरिन्छ ।
संस्कार, सभ्यता र संस्कृतिकी प्रेरक सरस्वतीको जन्मदिनका रुपमा श्रीपञ्चमीलाई लिँदै यस दिन अक्षरारम्भका साथै नाक, कान, छेड्नेदेखि अन्य उद्यमशीलताका कार्य शुरु गरिने प्रचलन छ । यस दिन साइत जुराउनु पर्दैन भन्ने जनविश्वासका आधारमा नयाँनयाँ कामको थालनी गर्ने गरिन्छ । विद्यार्थीले सरस्वतीको मन्दिरमा पूजा गरी फलफूल, मिठाइ आदि चढाएर त्यसलाई प्रसादका रुपमा लिने गर्दछन् ।
विद्यार्थीका साथै सङ्गीतका साधकले यस दिनलाई विशेष महत्वका साथ लिने गरेको संस्कृतिविद् तीर्थ श्रेष्ठले बताउनुभयो । पछिल्ला वर्षमा श्रीपञ्चमीप्रति सर्वसाधारणको आस्था एवं आकर्षण बढेको बताउँदै उहाँले हाम्रो समाजका संस्कार एवं संस्कृतिको जगेर्नाका लागि चेतना अभिवृद्धि भइरहेको धारणा राखे ।
पोखरामा साहित्यकारले यस दिनलाई साहित्यिक जयन्तीका रुपमा मनाउने गरेका छन् । शिक्षा, सङ्गीत हरेक क्षेत्रका साधकका लागि श्रीपञ्चमी प्रेरणा लिएर अघि बढ्ने दिन भएको बताउने शिक्षासेवी प्रा डा भूपति ढकाल ९कमल० पछिल्ला समयमा यसप्रतिको आस्था एवं विश्वास बढ्दै गएको बताउछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपञ्चेबाजा बजाउँदै समर्थकहरूले क्रिकेटर सन्दीपको गरे स्वागत
जेठ २, २०८१ बुधबार
कसले बुझ्ला यात्रुका पीडा !
जेठ १, २०८१ मंगलबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार
स्लोभाकियाका प्रधानमन्त्री फिकोमाथि गोली प्रहार
जेठ २, २०८१ बुधबार
प्रतिकूल मौसमले सगरमाथा आरोहण प्रभावित
जेठ २, २०८१ बुधबार