ब्रोइलर कुखुराको मासु किलोको चार सय !
नेपालबहस संवाददाता
माघ १९, २०७६ आइतबार १५:३:५१
१९ माघ काठमाडौं । के तपाईलाई थाहा छ ? काठमाडौ उपत्यकामा ब्रोइलर कुखुराको मासु किलोको चार सय रुपैयाँ पुगेको छ ।
यो खबर सुन्दा अचम्म लाग्न सक्छ तर यो सत्य कुरा होे शनिबारदेखि लागू हुने गरी जिउँदो ब्रोइलरको मूल्य किलोको दुई सय ७० रुपैयाँ तोकिएपछि आइतबारदेखि तयारी मासु किलोको चार सय रुपैयाँ पुगेको व्यापारीले बताएका छन् ।
यो अहिलेसम्मकै धेरै मूल्य हो । गएको मङ्सिरको अन्तिम हप्ता तयारी मासु नै किलोको दुई सय ६० रुपैयाँमा झरेपछि ब्रोइलर कुखुराका चल्ला उत्पादकले चल्ला र अण्डा नष्ट गरेका थिए । एक हप्ता लामो चल्ला ‘होलिडे’ अन्तर्गत ४० लाख चल्ला र ६० लाख निशेचित अण्डा नष्ट गरिएपछि त्यसैको प्रभाव स्वरुप अहिले देशभर ब्रोइलर कुखुरा अभाव भएपछि मासुको भाउ बढेको हो ।
यसअघि काठमाडौं उपत्यका र आसपास ब्रोइलर कुखुरा अभाव भएमा व्यवसायीले बाहिरी जिल्लाबाट कुखुरा मगाउने गरेको भए पनि यस वर्ष सबैतिर ब्रोइलर अभाव भएको छ । अहिले तराईका जिल्लामै जिउँदो ब्रोईलर कुखुरा किलोको दुई सय ४० र काठमाडौं उपत्यकामा किलोको दुई सय ७० तोकिएको व्यवसायीले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार