सरस्वती पूजाको प्रसाद खाँदा ६७ बालबालिका बिरामी
नेपालबहस संवाददाता
माघ १९, २०७६ सोमबार २:३०:४३
१९ माघ राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिका–७ हरिपुरमा सरस्वती पूजाको प्रसाद खाँदा आज ६७ जना बालबालिका बिरामी परेका छन् । त्यहाँ रहेको राष्ट्रिय प्राथमिक विद्यालयका बालबालिकाहरुले सरस्वती पूजाका प्रसाद खाँदा बिरामी परेको सुरुङगा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीले बताए ।
उनका अनुसार सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मूर्ति विसर्जनपछि सरस्वती पूजाको प्रसाद खाँदा विद्यार्थी तथा अभिभावहरु एक्कासी बिरामी भएको नगरपालिका प्रमुख चौधरीले जानकारी दिए ।
एक दिन पहिले बनाएको बासी तरकारी र बुनियाको प्रसाद खाँदा ‘फुुड प्वाइजनिङ’ भएर बालबालिका बिरामी भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख बुनिलाल यादवले बताए । प्रमुख यादवका अनुसार अहिले सम्म ६७ जना फुुड प्वाइजनिङ भएर बिरामी परेका बालबालिका तथा अभिभावकलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार थालिएको बताए ।
बिरामीको स्थानीय स्वास्थ्य संस्थामा चाप बढेपछि त्यहाँको विद्यालयमा राखेर जिल्ला स्वास्थ्य कार्यालय सप्तरीबाट गएको स्वास्थ्यकर्मीको टोलीले उपचार थालिएको स्वास्थ्य कार्यालयका प्रमुख यादवले भने । नगरपालिकाको ११ वटै वडाका स्वास्थ्यकर्मी हरिपुरमा भेला भएर उपचार थालिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्लाहीका पाँच पालिकाका विद्यालयले अझै पाठ्यपुस्तक वितरण गरेनन्
बैशाख १५, २०८१ शनिबार
पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा बढी विद्यार्थी दीक्षित
बैशाख १४, २०८१ शुक्रबार
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै
बैशाख १४, २०८१ शुक्रबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
इलाम: कांग्रेस, १६४३, एमाले १६०१, स्वतन्त्र ४३७ र रास्वपाः ३०५ मत
बैशाख १६, २०८१ आइतबार
इलाम २ को अपडेट: कांग्रेसका खड्काको अग्रता कायमै
बैशाख १६, २०८१ आइतबार
समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान
बैशाख १७, २०८१ सोमबार
प्राकृतिक सौन्दर्यताको गहिराइ बोकेको फोक्सुण्डो ताल
बैशाख १७, २०८१ सोमबार
भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु
बैशाख १७, २०८१ सोमबार
अफगानिस्तानमा दुई करोड ३७ लाई मानवीय सहायता आवश्यक
बैशाख १७, २०८१ सोमबार
बझाङमा एमाले उम्मेदवार भण्डारी विजयी, २६६ मतले पराजित भए कांग्रेसका सिंह
बैशाख १७, २०८१ सोमबार
लगानी सम्मेलनमार्फत लगानीका अवसरको खोजी
बैशाख १७, २०८१ सोमबार