होटल तथा रेष्टुराँ स्तरीकरण
नेपालबहस संवाददाता
माघ २०, २०७६ सोमबार १८:३७:२७
२० माघ गलकोट । खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले बागलुङका पाँच होटल तथा रेष्टुराँ खाद्य स्वच्छताका आधारमा स्तरीकरण गरेको छ । नेपाल सरकार कृषि विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले सदरमुकामस्थित होटल तथा रेष्टुराँ स्तरीकरण गरी स्टिकर टाँसेको छ ।
खाद्य स्वच्छताका आधारमा होटल तथा रेष्टुराँ स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ मा अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्यमा विभाजन गरिने बताइएको छ । आइतबार पाँच होटल तथा रेष्टुराँको स्तरीकरण गरी स्टिकर प्रदान गरिएको वर्गीकरण छुट्याएर स्टिकर प्रदान गरिएको गुण नियन्त्रण कार्यालय बागलुङका निमित्त कार्यालय प्रमुख केदार पौडेलले बताए ।
सदरमुकाम गलकोटको तन्दुरी रेष्टुराँ, पुन रेष्टुराँ र पर्वत रेष्टुराँले ‘ग’ वर्ग अर्थात् सन्तोषजनक एवं उत्सव होटल, मुखै रसायो खाजा घरलाई ‘घ’ वर्गको अर्थात् सामान्य स्तरको स्टिकर प्रदान गरिएको छ । नब्बे अङ्कभन्दा माथि ल्याउने होटल ‘क’ वर्गमा, ८० देखि ८९ अङ्क ल्याउने होटल ‘ख’ वर्गमा, ६५ देखि ७९ अङ्क प्राप्त गर्ने होटल ‘ग’ वर्गमा र ५० देखि ६४ नम्बर प्राप्त गर्ने होटल तथा रेष्टुराँ ‘घ’ वर्गमा पर्नेछ ।
होटल तथा रेष्टुराँको बाहिरी तथा भित्री भागको सफाइ, प्रयोग गरिने खाद्य वस्तु, सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषादी खानेकुराको व्यवस्थापन, लेबल लगाई राखिएको छ वा छैन, खाडल, नाली तथा शौचालयबाट बग्ने सबै फोहर पानीलाई राम्रोसँग ढल निकासको व्यवस्थित गरिएको छ वा छैनलगायत ५० वटा मापदण्डमा होटलको मूल्याङ्कन गरिएको छ । यसले होटल व्यवसायी र उपभोक्ता दुवैलाई फाइदा पुग्ने स्वयं होटल व्यवसायी बताउँछन् ।
बागलुङमा कार्यालय स्थापना भएको एक वर्षमै खाद्य सुरक्षाका विभिन्न कार्य प्रभावकारीरुपमा गर्दै आएको छ । हालसम्म बागलुङका २० भन्दा बढी होटल तथा रेष्टुराँ स्तरीकरण भइसकेका छन् । स्तरीकरणका लागि होटल तथा रेष्टुराँ सञ्चालकले कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ । होटल तथा रेष्टुराँ स्तरीकरण हुँदा व्यवसायीलाई नै फाइदा पुग्न थालेको होटल व्यवसायी सङ्घ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिए ।
स्तरीकरणमा जिल्ला प्रशासन, जिल्ला प्रहरी, बागलुङ नगरपालिका, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले सहयोग गरेका छन् । उपभोक्ताले स्तरीकरणको आधारमा होटल तथा रेष्टुराँको पहिचान गर्नसक्ने र होटल व्यवसायीले शुद्धतामा ध्यान दिने भएकाले मापदण्डका आधारमा स्टिकर प्रदान गर्नु राम्रो काम भएको नगरपालिकाका बजार अनुगमन समितिका संयोजक युक्तप्रसाद सुवेदीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
चिम्टीका अग्निपीडितलाई राहत
बैशाख २२, २०८१ शनिबार
गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
बैशाख २२, २०८१ शनिबार
आइपिएलमा आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै
बैशाख २२, २०८१ शनिबार
काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार
राजनीति प्रभावित अर्थतन्त्र उकास्न अर्थमन्त्रीले कस्तो हिम्मत गर्ने होलान् ?
बैशाख २२, २०८१ शनिबार