कोटेश्वरकाे सडकजाम हटाउने विद्यार्थीको जुक्ति !
नेपालबहस संवाददाता
माघ २६, २०७६ आइतबार १८:३०:१०
२६ माघ, काठमाडौं । अचम्मै भयो । कोटेश्वरमा सवारी साधनको जाम नै भएन । प्रायः तीनकुने, भक्तपुर र बालकुमारीबाट आउने सवारी साधनले आजकल कोटेश्वरमा एकदमै जाम हुने गर्छ । तर, शुक्रवार कोटेश्वरमा दुईवटा फ्लाइओभर ब्रिज देखियो । एउटामा तीनकुनेबाट बालकुमारी जाने सवारी साधन चलिरहेका थिए भने अर्कोमा बालकुमारीबाट भक्तपुर जाने सवारी साधन । सवारीहरुको एक आपसमा भेट नै नभएपछि जाम नभएको हो ।
यो दृश्य वास्तविक नभएर काठमाडौं डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रम माविको शैक्षिक प्रदर्शनीमा विद्यार्थीले तयार पारेको कोटेश्वर जक्शनको हो । स्थानीय स्रोत र सामग्रीको प्रयोग गरेर कक्षा ९ मा सिभिल इञ्जिनियर पढ्ने विद्यार्थीहरुले यस्तो नमूना जक्सन तयार पारेका हुन् । नमुना कोटेश्वर जक्सन निर्माणमा सहभागी कक्षा ९ की छात्रा समिक्षा ओझाले आफुहरुले बनाएको जस्तै जक्शन बनाउने हो भने कोटेश्वरको जाम सजिलै अन्त्य गर्न सकिने बताइन् ।
यस्तै कक्षा ११ मा सिभिल इञ्जिनियरिङ अध्ययनरत मनिसा घिमिरेको टोलीले काठमाडौंको जाम हटाउन सडकको नयाँ मोडेल तयार पारेको देखियो । ठूला संरचना निर्माण भइसकेकाले काठमाडौंको सडकलाई अब बढाउन सम्भव नभएकाले अब सडक माथि अर्को रुफ कन्ट्रक्सन गरेर फ्लाइओभर ब्रिज बनाउनुपर्ने मोडेलमा देखाइएको थियो । अब काठमाडौंको जाम अन्त्य गर्ने यही मात्रै उपाय हो भनेर आफुहरुले त्यसको मोडल बनाएको घिमिरेले बताइन् ।
कक्षा १० मा अध्ययनरत श्रद्धा दासको टोलीले पनि सडक व्यवस्थापनका लागि भनेर फरक शैलीको फ्लाइओभर ब्रिजको मोडेल तयार पारेको थियो । धेरै जाम हुँदा विद्यार्थीलाई समयमा स्कूल र कलेज पुग्न गाह्रो छ, कर्मचारीलाई कार्यालय पुग्न समस्या छ त्यसैले जाम हटाउनका लागि हामीले यो मोडेल तयार पारेका हौं– दासले भनिन् । यसै टोलीकी मनिसा हुमागाईंले यो मोडेल लागु गर्ने हो भने एम्बुलेन्स र दमकल जाममा फस्न नपर्ने दाबी गरिन् ।
शैक्षिक प्रदर्शनीमा सिभिल इञ्जिनियरिङ, विज्ञान, गणित र स्वास्थ्यसँग सम्बन्धित विभिन्न ७० स्टल प्रदर्शन गरिएको थियो ।कक्षा ६ देखि १२ कक्षासम्मका ४ सय विद्यार्थीहरुले स्थानीय स्रोत सामग्रीकै प्रयोग गरेर सामुहिक रुपमा निर्माण गरिएका सामग्री प्रदर्शन गरिएको थियो । विद्यार्थीहरुले गणित सिकाईका विभिन्न विधिहरु, स्वास्थ्य रहने विधिहरु र विज्ञानका सामग्रीहरुको बेजोड प्रस्तुति प्रदर्शनी गरेका थिए ।
विद्यार्थीहरुले शिक्षाको साथसाथै शैक्षिक सामग्री निर्माण र प्रदर्शन गरेर आफुलाई सक्षम बनाउन सकुन भन्ने उद्देश्यले विद्यालयले वर्षेपिच्छे यस्तो शैक्षिक प्रदर्शनीको आयोजना गर्ने गरेको विद्यालयकी प्रधानाध्यापक रिता तिवारी हुमागाईंले जानकारी दिइन् ।
प्रदर्शनीको मुख्य उद्देश्य विद्यार्थीको क्षमता र प्रतिभा प्रदर्शन गर्नु रहेको भन्दै प्रअ तिवारीले प्रदर्शनीले सामुदायिकका विद्यार्थी पनि निजी विद्यालय भन्दा कम छैनन् भन्ने प्रमाणित गरेको बताइन् । विद्यार्थीले पढेर सँगै गरेर पनि सिक्ने भएकाले विद्यालयले क्रियाकलापमा आधारित शिक्षण सिकाईलाई महत्व दिँदै आएको भन्दै प्रअ तिवारीले विद्यार्थीले गर्दै सिकेका सामग्री प्रदर्शन गरिएको जानकारी दिइन् । उनका अनुसार शुक्रवार ७० विद्यालयका झण्डै ४ हजार शिक्षक विद्यार्थीले प्रदर्शनीको अवलोकन गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो
जेठ २, २०८१ बुधबार
महानगरको पार्क र ट्राफिक आइल्याण्डको सुन्दरतामा काम गर्न ११० जना परिचालन
जेठ २, २०८१ बुधबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ
जेठ ३, २०८१ बिहिबार
राष्ट्रियसभा बैठक अपरान्ह ४ः३० बजे बस्ने
जेठ ३, २०८१ बिहिबार
चीन भ्रमणमा पुटिन, सी जिनपिङले गरे रातो कार्पेटमा स्वागत
जेठ ३, २०८१ बिहिबार
चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै
जेठ ३, २०८१ बिहिबार
तराईको गर्मीमा पनि लटरम्म स्याउ
जेठ ३, २०८१ बिहिबार