लागुऔषधसहित चार पक्राउ
नेपालबहस संवाददाता
फागुन २, २०७६ शुक्रबार १९:४०:५३
२ फाल्गुण, काठमाडौं । ईश्वरपुरबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । ईश्वरपुर नगरपालिका–१३ श्रीनगरबाट अवैध लागुऔषध नाइट्रोभ्याट १० लेखिएको ३०० ट्याब्लेट, स्पास्मो १४४ ट्याब्लेट र एक्सप्लोन सिरफ पाँच हजार १०० मिलीलिटर बरामद गरेको इलाका प्रहरी कार्यलय केशरगञ्ज बयलवासले जनाएको छ ।
बुधबार दिउँसो गस्ती गर्ने क्रममा सो परिमाणको अवैध लागुऔषध बरामद गरेको इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिए। उनका अनुसार सो परिमाणको लागुऔषधसहित चार जनालाई नियन्त्रणमा लिइएको छ ।
पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास नगरपालिका–२ का २० वर्षका खगेन्द्र महतो, बर्दिबास–३ का २० वर्षका सुजित मगर, बर्दिबास–१ का २२ वर्षका सरोज बलम्पाकी मगर र बर्दिबास–१४ का ३१ वर्षका दिलबहादुर मगर रहेको उनले बताए। पक्राउ परेका युवाले प्रयोग गरेको बा३९प ६०३ र ज८प ५४२१ नंका दुई मोटरसाइकलसहित छ थान मोबाइलसमेत बरामद गरिएको प्रहरी निरीक्षक गुरुङले जानकारी दिए। पक्राउ परेका चारै जनाका सम्बन्धमा आवश्यक अनुसन्धानका लागि म्याद थप गरिएको आज पत्रकार सम्मेलनमा प्रहरी निरीक्षक गुरुङले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
के अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार