मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम कोइलाडीमा शुरु
नेपालबहस संवाददाता
फागुन ४, २०७६ आइतबार १३:१३:५७
४ फागुन सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा÷मुद्दती बचत कार्यक्रम शुरुआत भएको छ ।
गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले सो कार्यक्रमको बीमा कागज हस्तान्तरण गर्दै शनिबार शुभारम्भ गरे । पहिलो दिन शिविरमा ७ वटा वडाका १०३ बालिकाको बीमा गरिएको गाउँपालिकाका सूचना अधिकारी राजेशकुमार झाले जानकारी दिए ।
सो अवसरमा बालिकाको स्वास्थ्य जाँच समेत गरिएको थियो । ती मध्ये तीन बालिकामा कुपोषित देखिएको गाउँपालिकाका स्वास्थ्य शाखाका दिपककुमार मण्डलले जानकारी दिए ।
बीमा कार्यक्रमले २०७५ साल माघ १ गतेदेखि हालसम्म जन्मेका बालिकालाई समेटेको जनाइएको छ । आज वडा नं। ४ कोइलाडीस्थित जिरिया हाटमा शिविर सञ्चालन गरिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलेश्वर कारागार जीर्ण, कैदीबन्दीलाई समस्या
जेठ ७, २०८१ सोमबार
मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार