आयोडिनयुक्त नूनले ढिके नुन विस्थापित
नेपालबहस संवाददाता
फागुन ४, २०७६ आइतबार १६:४९:३४
४ फागुन काठमाडौं । ग्रामीण क्षेत्रमा सरकारी अनुदानको आयोडिनयुक्त नून सहजै पाइन थालेपछि प्रयोगकर्ता बढ्न थालेका छन् ।
ढिके नूनको प्रयोग गर्दै आएका डोटीका स्थानीयवासीहरु पछिल्लो समय आयोडिनयुक्त नूनको प्रयोगमा बानी पार्न थालेका छन् । सहजै सो नून पाउन थालेपछि ग्रामीण क्षेत्रमा ढिके नूनको प्रयोग घट्दै गएको जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका–५ का स्थानीय लालबहादुर कामीले बताए । उनले भने, “पहिला आयोडिन नून आउँदैनथ्यो, अहिले सहजै आयोडिनयुक्त नून पाउन थालेपछि हामीले ढिके नून खान छोडेका छाँै।”
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड दिपायल शाखाले यहाँका स्थानीय तहसँग मिलेर गाउँगाउँमा आयोडिनयुक्त नूनको गोदामको व्यवस्था गरी नून किन्न सहज र सजिलोे बनाएको छ । जिल्लाका ग्रामीण क्षेत्रमा प्रतिकिलो १६ रुपैयाँमै आयोडिनयुक्त नून वितरण हुन थालेपछि जिल्लाका नौ वटा स्थानीय तहका नागरिकलाई मागअनुसारको नून प्राप्त गर्न सजिलो भएको छ ।
जिल्लाको दिपायल पिपल्लामा मात्रै लिमिटेडले शाखा स्थापना गरी सो नून वितरण गर्दै आएको थियो । विगतमा सो नून लिनका लागि टाढा जानुपर्ने भएकाले पनि स्थानीयहरु ढिके नून नै बढी प्रयोग गर्र्ने गरेको केआईसिंह गाउँपालिका–५ का स्थानीय चेतराज भट्टले जानकारी दिए । उनले भने, “नून लिनका लागि घण्टौँ हिँडेर दिपायल पुग्नुपथ्र्यो, अहिले गाउँमै सुपथ मूल्यमा पाउन थालेपछि हामीलाई सजिलो भएको छ र आयोडिन नून नै प्रयोग गर्दै आएका छौँ ।”
लिमिटेडले यहाँका गाउँघरमै शाखा कार्यालय स्थापना गरेपछि आयोडिन नून किन्नका लागि जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुरलगायतका बजारमा धाउनुपर्ने अवस्थाको अन्त्य भएको केआईसिंह गाउँपालिका–७ सलेनाका स्थानीय तथा शिक्षक जगतबहादुर बलायरले जानकाररी दिए ।
लिमिटेड दिपायलका अनुसार गाउँबस्तीमै सरकारी अनुदानको आयोडिन नून वितरण हुन थालेपछि ढिके नूनको प्रयोग घट्दै गएको छ । आयोडिन नून उपभोगले बालबालिकामा गलगाड आउने, लाटो लठेब्रो हुने जस्ता शारीरिक समस्यामा कम हुँदै गएको जोरायल गाउँपालिका स्वास्थ्य एकाइ कार्यालयका प्रमुख गोविन्दबहादुर विष्टले बताए । उनले भने, “गाउँमा ढिके नून विस्थापित गर्दै आयोडिनयुक्त नूनको प्रयोग बढेको छ, जस्ले गर्दा गलगाड आउने, लाटो लठेब्रो हुने जस्ता शारीरिक समस्यामा कमी आएको छ ।” आयोडिनयुक्त नूनको प्रयोग गर्दा हुने फाइदाका विषयमा व्यापक रुपमा जिल्लाव्यापी जनचेतना फैलाउन सकिएमा यसको प्रयोगदर अझ बढ्ने डोटी प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । उनले भने, “आयोडिन नूनको प्रयोगले हुने फाइदाका बारेमा व्यापक रुपमा जनचेतना फैलाउन सके गाउँमा अलिकति बचेको ढिके नून प्रयोग गर्ने चलनको अन्त हुनेछ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार