न्यूनतम १०० रुपैयाँमा ब्राण्डेड जुत्ताचप्पल, मेलामा १५ देखि ६० प्रतिशतसम्म छुट
नेपालबहस संवाददाता
फागुन ५, २०७६ सोमबार १५:१०:९
५ फागुन, काठमाडौं । राजधानीको केन्द्र भागमा रहेको भृकुटीमण्डप प्रवेशद्वारसँगैको चौरमा नेपालका प्रतिष्ठित जुत्ताचप्पल उत्पादकको प्रदर्शनीमा उपभोक्ताको भिड बढ्दै गएको छ ।
भृकुटीमण्डपको प्रदर्शनी हल र ठूलो चौरमा भइरहेको क्यान इन्फोटेक (मेला) मा आउने उपभोक्ता भृकुटीमण्डप प्रवेशद्वारसँगैको मेलामा अवलोकन गर्नकै लागि सर्बसाधारण प्रवेश गर्ने गरेका छन् ।
मेलामा आउने उपभोक्ता सस्तोमा जुत्ताचप्पल पाएपछि नलिइ कोही फर्केका छैनन, शिखर सुजका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाइँले भने, मेलामा असाधारण मूल्यमा ब्राण्डेड जुत्ताचप्पल उपलब्ध छन् ।
मेलामा नेपालका चर्चित ब्राण्डहरु बिएफ डियर हिल सुज, रन सुज, शिखर सुज, ल्याडवाक र शुल्याण्डका जुत्ताचप्पल उपलब्ध छन् ।
क्यान मेलामा आउने उपभोक्तालाई लक्षित गरिएको जुत्ताचप्पल मेलामा १ सय रुपैयाँदेखिका चप्पल र ५ सय रुपैयाँदेखिका जुत्त उपलब्ध रहेको रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए । मेलामा १५ देखि ६० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल उपलब्ध हुने न्यौपानेले बताए ।
मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अबसर उपभोक्ताले पाएका छन् । मेलामा महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध छन् ।
मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् । मेलामा महिलापुरुष दुवैका लागि सिजनल बुटहरुसमेत राखिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
काठमाडौंमा सुन लुटपाट गर्ने दुई जना पक्राउ
जेठ ७, २०८१ सोमबार
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ ७, २०८१ सोमबार
आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार