सबल र अब्बल बन्दै ज्योति विकास बैंक
आर्थिक संवाददाता
फागुन ६, २०७६ मंगलबार २०:५३:५१
६ फाल्गुण, काठमाडौं । जलबिद्युत आयोजनाहरुमा विशेष लगानी गर्ने उद्देश्यले नेपाल बिद्युत प्राधिकरणका कर्मचारीसहित अन्य पेशा व्यवसायीहरुको सक्रियतामा ११ बर्ष अघि खोलिएको ज्योति विकास बैंकले पछिल्लो समय छलाङ मार्न थालेको छ ।
क्षेत्रीय स्तरका झिमरुक विकास बैंक र राप्तीभेरी विकास बैंकसँग मर्ज हुँदै पछिल्लो पटक हाम्रो विकास बैंकलाई गाभेर सबल बन्दै गएको यो बैंकमा मनोज ज्ञवाली सीईओको रुपमा कार्यभार सम्हालेयता दिनप्रतिदिन आफ्नो वित्तीय परिसुचकहरु सकारात्मक दिशातर्फ उन्मुख हुँदै अब्बल बन्दै गएको देखिन्छ ।
बिगतमा केही हाईड्रोपावरहरुमा गरिएको लगानीमा समस्या आउनु र सञ्चालकहरु बीच मै विवाद सिर्जना भएर संस्थागत सुशासनको अभाव हुँदा यो बैंक झण्डै समस्याग्रस्त हुन पुगेको थियो । तर राष्ट्र बैंकको दवाव र कडा नियमन बीच मनोज ज्ञवालीले व्यवस्थापन नेतृत्व सम्हालेयता बैंकले ६५ प्रतिशतको खुद मुनाफा र संचालन मुनाफामा बृद्धिदर गरेर अर्धशतक हासिल गर्न सफल भएको छ । बृद्धिदरको हिसाबमा यो उल्लेखनिय प्रगति हो ।
बैंकिङ क्षेत्रमा देखिएका अनेक समस्याका बाबजुद छोटो समयमै वित्तीय परिसुचकहरुमा देखिएको यो बृद्धिदर अन्य विकास बैंक एवं बाणिज्य बैंकहरुको तुलनामा निकै राम्रो मान्नुपर्ने हुन्छ । निक्षेप संकलन तथा कर्जा लगानीको बृद्धिदर होस् वा बोनस शेयर वितरणमा कतिपय बाणिज्य बैंकले भन्दा राम्रो प्रतिफल दिन सफल भएको छ । सीसीडी रेसियो समेत सहज रुपमा राख्न सफल यस बैंकले अहिले बाणिज्य बैक सरह नै आफ्ना ग्राहकलाई देशव्यापी रुपमा सरल र सहज बैंकिङ सेवा दिँदै आएको छ ।
ज्योति विकास बैंक सञ्चालक समिति
बैंक संचालक समितिको अध्यक्षमा हरिचन्द्र खड्का रहेका छन् । त्यस्तै अन्य संचालक सदस्यहरुमा सन्तोष अधिकारी, नारायणप्रसाद पौडेल, छत्रमान श्रेष्ठ, ध्रुव कोइराला, मना महर्जन, जगदिश्वरप्रसाद अधिकारी रहेका छन् ।
बैंकका ठुला शेयरधनी :
२०७६ असार मसान्तसम्मको तथ्याङ्क हेर्दा ० दशमलव ५ प्रतिशत भद्ना धेरै स्वामित्व रहेका १४ जना शेयरधनी रहेका छन् । जसमध्ये नवराज नेपालको नाममा सर्वाधिक ६ लाख ४७ हजार कित्ता शेयर रहेको छ ।
ज्योति विकास बैंकका ठुला १४ शेयरधनीको नाम :
ज्योति विकास बैंकको उच्च व्यवस्थापन :
यसैगरि बैंकको उच्च व्यवस्थापनमा युवा तथा कुशल बैंकर मनोजकुमार ज्ञवाली सीईओको रुपमा कार्यरत छन् । त्यस्तै बैंकको उच्च व्यवस्थापनमा सुशिलकुमार शर्मा, पारशराज कँडेल र रामहरी आचार्य कार्यरत रहेका छन् ।
लाभांशको ईतिहास:
ज्योति विकास बैंकले आर्थिक वर्ष ०७५/७६ को साधारण सभा यही पौष २९ गते गरेको थियो । विकास बैंकले आफ्नो १२ औं वार्षिक साधारणसभामार्फत शेयरधनीहरुलाई १२ दशमलव ७५ प्रतिशत बोनस शेयर दिएको थियो । ज्योति विकास बैंकले आर्थिक वर्ष ०७४/७५ मा ८ दशमलव ४ प्रतिशत नगद लाभांश दिएको थियो।
कस्तो आयो दोश्रो त्रैमासको वित्तीय प्रतिवेदन :
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास अर्थात ६ महिनाको अवधिमा बैंकले २८ करोड ८ लाख खुद मुनाफा गरेकोमा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा विकास बैंकले १७ करोड ४ लाख खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा ६५ प्रतिशतले वृद्धि भएको छ ।
प्रमुख आम्दानीको श्रोतमा आकर्षक वृद्धि :
अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले ४६ करोड ६६ लाख खुद व्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले ७३ करोड ६९ लाख खुद व्याज आम्दानी गरेको छ । यसरी खुद व्याज आम्दानीमा ५८ प्रतिशतको वृद्धि भएको छ ।
त्यस्तै, संचालन मुनाफा ६५ प्रतिशतले वृद्धि हुँदै ४० करोड १३ लाख पुगेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासमा कम्पनीले २४ करोड ३५ लाख संचालन मुनाफा गरेको थियो ।
अघिल्लो आर्थिक वर्ष कम्पनीले दोश्रो त्रैमासमा ७ करोड ७२ लाख कर्जा जोखिम शिर्षकमा व्यवस्थापन गरेकोमा चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले ७ करोड ७२ लाख नै सो शिर्षकमा व्यवस्थापन गरेको छ ।
प्रतिशेयर आम्दानी १६ रुपैयाँ माथि :
कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैया ०७ पैसा हुन् आउछ ।
नोट : फागुन ५ गतेको बजार मुल्यको आधारमा
किताबी मूल्य कति ?
कम्पनीको किताबी मूल्य ( प्रतिशेयर नेट्वर्थ) १२२ रुपैयाँ ३९ पैसा आउँछ ।
निक्षेप कर्जामा कस्तो :
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म २९ अर्ब ६८ करोड निक्षेप संकलन गरी २६ अर्ब ८४ करोड कर्जा प्रवाह गरेको छ । असार मसान्त र अहिलेको तथ्यांकलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन १४ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह ८ प्रतिशतले वृद्धि भएको छ ।
जगेडा कोष बढ्यो , संचित मुनाफा घट्यो :
जगेडा कोष १० प्रतिशतले वृद्धि हुँदै ५५ करोड ५४ लाख पुगेको छ भने संचित मुनाफा ४३ प्रतिशतले कम हुँदै २२ करोड ७१ लाख पुगेको छ ।
निस्क्रिय कर्जा एक प्रतिशत मुनी :
कम्पनीको खराब कर्जा शुन्य दशमलव ८० प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा खराब कर्जा ० दशमलव ५९ प्रतिशत थियो।
आधार व्याजदर घट्यो :
बैंकको आधार व्याजदर केही थोरै घट्दै ११ दशमलव २३ प्रतिशत पुगेको छ।
स्प्रेडदर ५ प्रतिशत भन्दा माथि :
व्याजदर अन्तर ५ दशमलव २८ प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ५ दशमलव २ प्रतिशत थियो ।
कम्पनी र दोश्रो बजार :
मूल्य आम्दानी अनुपात १४ गुणा :
कम्पनीको फाल्गुण ५ गतेको बजार मूल्य १९४ लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात १२ दशमलव ०७ गुणा आउँछ ।
निष्कर्ष :
ज्योति विकास बैंकले दिन प्रतिदिन आक्रामक व्यापार गर्दै शेयरधनीको मन जित्त्दै आएको छ। प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा ५८ प्रतिशतको वृद्धि भएसंगै कम्पनीको दोश्रो त्रैमासको वित्तीय विवरण नै आकर्षक आयो । पुँजी वृद्धिको तुलनामा खुद मुनाफामा धेरै वृद्धि हुँदा कम्पनीले प्रति शेयर आम्दानीलाई सन्तुलनमा राख्न सफल भएको छ । निस्क्रिय कर्जालाई १ प्रतिशत भन्दा मुनी राख्न सक्नु बैंक व्यवस्थापनको सफलताको रुपमा लिन सकिन्छ । नेपाल रास्ट्र बैंकले रास्ट्रिय स्तरका वाणिज्य बैंकहरुलाई २ अर्ब ५० करोड पुँजीको लक्ष्य दिएकोमा ज्योति विकास बैंकले त्यो भन्दा धेरैमाथि पूँजी पुर्याएको छ। यसरी ज्योति विकास बैंक सबल र अब्बल विकास बैंकको रुपमा उदाउँदै आएको छ।
बैंकको ५ वर्षको निक्षेप, कर्जा र खुद मुनाफाको तथ्यांक:
उपलब्ध तथ्याङ्क आधारित विश्लेषण पूर्ण होइन, निर्णय लिँदा थप अनुसन्धान गर्नुपर्ने छ । – लेखक
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार
चार मन्त्रालयमा छड्के : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
जेठ ६, २०८१ आइतबार
यस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार