तरूण दलका महासचिव शाहीकाे सक्रियतामा कालिकोटमा एम्बुलेन्स सेवा
नेपालबहस संवाददाता
फागुन ६, २०७६ मंगलबार १९:३८:३१
६ फागुन कालीकोट । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका महासचिव भूपेन्द्रजङ्ग शाही पछिल्लो समय राजनीतिसंगै सामाजिक सेवामा पनि सक्रिय भएका छन् । विकट कर्णाली प्रदेशको कालिकोटका स्थानीय बिरामीलाई लक्षित गर्दै शाहीको सक्रियता र समन्वयमा प्राप्त भएकाे एक थान एम्बुलेन्स यहि फागुन ९ गते औपचारिक कार्यक्रममार्फत हस्तान्तरण हुने भएको छ ।
दुर्गम र अति विकट कालिकोट जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकाका बिरामीहरुलाई सहज ढङ्गले सेवा उपलब्ध गराउने उद्धेश्यले नोबेल मेडिकल कलेज बिराटनगरका संचालक सुनिल शर्माको सहयोगमा प्राप्त एम्बुलेन्स कालिकोट जिल्ला अस्पतालका समन्वयमा पृथ्वी रक्तदान फाउन्डेसन कालिकोटलाई हस्तान्तरण गर्न लागिएको नेपालबहस डटकमसँगको कुराकानीमा महासचिव शाहीले बताए ।
नेपाली कांग्रेस कालिकोटबाट प्रतिनिधिसभा सदस्यमा पराजित उम्मेदवार समेत रहेका शाहीले जिल्लाको नाजुक स्वास्थ्य स्थिति र विकासका लागि रचानात्मक कार्य गर्दै आइरहेको बताएका छन् । विकासका दृष्ट्रिकोणले निकै दुर्गम कालीकोटमा आफ्नाे अनुराेधमा प्राप्त एम्बलुेन्स हस्तान्तरण गर्न त्यसतर्फ प्रस्थान गरेको बताएका छन् ।
महासचिव शाही भन्छन्, ” कालिकाेटमा यातायातको भरपर्दो व्यवस्था छैन । यहाँ रोग,भोग र गरिबी समेत व्याप्त छ । स्वास्थ्यका दृष्ट्रिकोणले पनि कयौं रोगी बिरामीले अकालमै ज्यान गुमाउनु परेको छ । यस एम्बुलेन्सले त्यस क्षेत्रका नागरिकलाई राहात प्रदान हुनेछ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार