‘शिक्षा नपाए कि काशी जानू, कि कास्की जानू’
नेपालबहस संवाददाता
फागुन ११, २०७६ आइतबार २२:१:२९
११ फागुन कास्की । तत्कालीन प्राचीन समाजमा शैक्षिक केन्द्रका रुपमा दरिलो छाप छोडेको कास्की यतिखेर शिक्षाको आकर्षक गन्तव्य बन्दै गएको छ भन्दा कुनै अत्युक्ति हुँदैन । ‘शिक्षा नपाए कि काशी जानू, कि कास्की जानू’ प्राचीनकालदेखि नेपाली जनजिब्रोमा झुण्डिने उखान हो यो । उखानमा भने जस्तै प्राचीनकालदेखि नै कास्कीमा शिक्षा विकासको लामो गौरवशाली इतिहास छ । राजधानी काठमाडौँ बाहिर विद्यालय तह होस् वा उच्च शिक्षा हरेक क्षेत्रमा कास्कीले आफूलाई अग्रणिरुपमा बढाएको पाइन्छ ।
यकिन तिथिमिति थाहा नभए पनि १८–१९औँ शताब्दीको समयावधितिर कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित पाउँदुरमा सञ्चालित पिँढी पाठशाला र त्यही समयको आसपासमा विन्ध्यवासिनी क्षेत्रमा सञ्चालित पठनपाठनले त्यस समयदेखि नै कास्कीले आफूलाई शिक्षाको केन्द्र स्थापित गरेको संस्कृतिविद् तीर्थ श्रेष्ठले बताए।
पाउँदुरमा पौडेल थरका विद्वानले पिँढीमा राखेर पढाउने भएकै कारण त्यसबेला पिँढी पाठशाला भनिएको हुनसक्ने उन्ले बताए । त्यस समयमा विन्ध्यवासिनी आसपासमा पराजुली र रेग्मी थरका विद्वानले गुरु, शिष्य परम्पराअनुसार नै पठपाठन गराएइको पाइन्छ । पोखरामा पढ्नकै लागि देशका विभिन्न स्थानबाट आउने क्रम बढेसँगै शिक्षा नपाए काशी कि कास्की भन्ने प्रचलन भएको हुनसक्ने बूढापाका बताउँछन् ।
पढ्ने पढाउने क्रम थालिए पनि कास्कीमा औपचारिकरुपमा विसं १९५८ मा देव शमशेरको पालामा खोलिएको भाषा पाठशाला यहाँको पहिलो औपचारिक पाठशाला हो । तत्कालीन समयमा विन्ध्यवासिनी मन्दिर क्षेत्रमा सञ्चालित उक्त पाठशालापछि भीमकाली पाटनमा सारिएको थियो । जुन अहिले संस्कृत माध्यमिक विद्यालयका रुपमा रहेको छ । यस अवधिमा संस्कृत शिक्षा नै पठनपाठनको मुख्य आधार बनेको थियो ।
भाषा पाठशालापछि पोखरामा आधुनिक शिक्षालाई लक्षित गरी २००६ सालमा पब्लिक मिडिल स्कुल स्थापना गरियो । शुरुमा नदीपुरस्थित नारायणस्थानको पौवामा स्थापित सो विद्यालय २००९ सालमा नेशनल हाइस्कुलका नाममा टुँडिखेलमा सारिएको थियो ।
सो विद्यालय स्थापना एवं सञ्चालनपछि २०१३ सालमा रामघाटमा छुट्टै सोल्जर्स बोर्ड हाइस्कुल स्थापना भएको थियो । यसरी शुरु भएको पोखराको शिक्षाको विकाससँगै पछिल्ला वर्षमा के साधारण के प्राविधिक हरेक किसिमको शिक्षा पाउन थालिएसँगै यो शिक्षाको केन्द्र बन्दै गएको छ । उच्च शिक्षाका क्षेत्रमा गौरवशाली इतिहास बोकेको पृथ्वीनारायण क्याम्पसदेखि पछिल्ला समयमा यहाँ खेलेका क्याम्पसले यहाँको शैक्षिक विकासमा ठूलै योगदान पु¥याएका छन् ।
लेखनाथको ढुङ्गेपाटनमा स्थापित पोखरा विश्वविद्यालयले त यहाँको शैक्षिक गरिमा र महिमालाई अझै उचाइमा पु¥याएको छ । पछिल्ला समयमा यहाँका कलेज भौतिक पूर्वाधार मात्र नभई शैक्षिक गुणस्तरीयतामा पनि अग्रसर देखिएका छन् ।
पोखरा विश्वविद्यालयअन्तर्गत पोखरामा मात्रै चार वटा आङ्गिक क्याम्पस, पाँच वटा सम्बन्धन प्राप्त क्याम्पस र एक वटा संयुक्त आङ्गिक क्याम्पस रहेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिएकाछन् । उन्का अनुसार स्कुल अफ हेल्थ एण्ड अलाइट साइन्सेज, स्कुल अफ विजनेस, स्कुल अफ इञ्जिनीयरिङ र स्कुल अफ डेभलपमेन्ट एण्ड सोसल इञ्जिनीयरिङ गरी चार आङ्गिक क्याम्पस विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा सञ्चालित छन् ।
पोखराको घारीपाटनमा सञ्चालित हिमालय आई इन्टिच्यूट विश्वविद्यालयको संयुक्त आङ्गिक क्याम्पस हो । त्यस्तै पोखरा इञ्जिनीयरिङ कलेज फिर्के, गण्डकी कलेज अफ इञ्जिनीयरिङ एण्ड साइन्स लामाचौँर, नेपाल टुरिजम एण्ड होटेल म्यानेजमेन्ट कलेज छिनेडाँडा, ला ग्राण्डी इन्टरनेशनल कलेज सिमलचौर र पोखरा कलेज अफ म्यानेजमेन्ट नदीपुर पोखरा विश्वविद्यालयका सम्बन्धन प्राप्त क्याम्पस हुन् । यी शैक्षिक संस्थाबाट प्राविधिक तहका विभिन्न विषयमा अध्यापन हुँदै आएको छ ।
विश्वविद्यालयले आङ्गिक एवं सम्बन्धन प्राप्त क्याम्पसमा भौतिक पूर्वाधार विकासका साथै शैक्षिक गुणस्तरीयतालाई आफ्नो प्राथमिकतामा राखेको ढकालले जानकारी दिए । नयाँनयाँ विषय एवं शैक्षिक संस्थाकै खोजीमा पोखराबाट विद्यार्थी बाहिरनुपर्ने अवस्था नरहेको कालिका बहुमुखी क्याम्पस काजीपोखरीका क्याम्पस प्रमुख रवीन्द्र बाँस्तोलाले बताए ।
“प्राविधिक एवं व्यवसायिकतर्फका नयाँ विषयकै लागि विद्यार्थी पोखराबाट बाहिरिनुपर्ने अवस्था त छैन,” उन्ले भने, “शैक्षिक गुणस्तरियता अभिवृद्धि गर्नेतर्फ भने प्रत्येक शैक्षिक संस्थाले गम्भीरतापूर्वक सोच्नु आवश्यक छ ।” शैक्षिक संस्था खोलिने क्रम बढिरहेको बताउँदै उन्ले पोखरामा पब्लिक कलेजको सङ्ख्या १४ पुगिसकेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअत्यधिक गर्मीले विभिन्न स्थानका विद्यालयको पठनपाठन प्रभावित
जेठ १७, २०८१ बिहिबार
गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी नियमित विद्यालय आउन छाडे
जेठ १६, २०८१ बुधबार
गर्मी बढेपछि चितवनमा विद्यालय बन्द, खोप अभियान स्थगित
जेठ १४, २०८१ सोमबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार
मोटरसाइकल चोरीमा संलग्न ४ जना काठमाडौंमा पक्राउ
जेठ १८, २०८१ शुक्रबार
काठमाडौं महानगरको १५ औं नगर सभा जेठ ३२ मा
जेठ १८, २०८१ शुक्रबार
तराईमा अत्यधिक गर्मी, तातो लहरबाट बच्न अपिल
जेठ १८, २०८१ शुक्रबार
अब लाइसेन्स भएपनि बन्दुक घरबाहिर लैजान यात्रा अनुमति अनिवार्य लिनुपर्ने
जेठ १८, २०८१ शुक्रबार
सत्ता गठबन्धनका तीन शिर्ष नेताबीच भेटवार्ता, समसामयिक विषयवस्तुमा छलफल
जेठ १८, २०८१ शुक्रबार
पर्यटन विकास आयोजनाका दुई सव इन्जिनियर घुससहित पक्राउ
जेठ १८, २०८१ शुक्रबार