वैशाखमा दशौँ राष्ट्रिय ललितकला प्रदर्शनी : उत्कृष्ट कलाकृतिलाई पुरस्कृत गरिने
नेपालबहस संवाददाता
फागुन ११, २०७६ सोमबार ०:५१:३२
११ फागुन काठ्मान्डौ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) को स्थापना दिवसका अवसरमा यसपटक पनि ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ आयोजना गरिने भएको छ ।
प्रतिष्ठानको निर्णयानुसार आगामी वैशाख २ गतेदेखि १०औँ शृङ्खलाको ललितकला प्रदर्शनी हुने आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रदर्शनी तीन हप्तासम्म चल्ने नाफाका कुलपति कान्छाकुमार (केके) कर्माचार्यले जानकारी दिए । प्रदर्शनीमा ५०० कलाकृति सहभागी गराउने लक्ष्यअनुरूप चित्र सङ्कलन थालिएको उन्ले बताए ।
प्रदर्शनीका लागि कुलपति कर्माचार्यको संयोजकत्वमा ६५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको र विधागत तयारीका लागि सात उपसमितिले काम थालेको प्रचारप्रसार उपसमितिका संयोजक सुष्माराज भण्डारीले बताए । प्रदर्शनीका क्रममा प्रदर्शनीमा सहभागी चित्रबाट विभिन्न विधाका उत्कृष्ट कलाकारलाई पुरस्कृत गरिने तथा कलालेखन र ललितकला पुरस्कार वितरण गरिने जनाइएको छ ।
प्रदर्शनीका लागि कलाकृति मगाइएको भए पनि नआइपुगेकाले यही फागुन २० गतेसम्मका लागि म्याद थपिएको नाफाले जानकारी दिएको छ । राष्ट्रिय ललितकला प्रदर्शनीलाई व्यवस्थितरूपमा सञ्चालन गर्न नाफाले पहिलो पटक राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि, २०७७ निर्माण गर्दैछ ।
प्रदर्शनीका क्रममा विभिन्न विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । परम्परागत चित्रकला र मूर्तिकला, आधुनिक चित्रकला र मूर्तिकला, हस्तकला÷शिल्पकला, लोककला, वास्तुकला तथा सिर्जनात्मक कला विधामा राष्ट्रिय र विशेष पुरस्कार वितरण गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । उक्त विधाअन्तर्गत राष्ट्रिय पुरस्कारको राशि रु ६० हजार र विशेष पुरस्कारको राशि रु २५ हजार रहेको छ । राष्ट्रिय पुरस्कार आठ जनालाई र विशेष पुरस्कार १६ जनालाई प्रदान गरिनेछ ।
यस्तै रु २५÷२५ हजार राशिको राष्ट्रिय ललितकला लेखन पुरस्कार र राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कारसमेत सोही क्रममा वितरण हुने कुलपति कर्माचार्यले जानकारी दिनुभयो । कलाका पाँच विधामध्ये सातै प्रदेशका सातै जना कलाकारलाई जनही रु २५ हजार राशिको पुरस्कार वितरण हुने जनाइएको छ ।
कला क्षेत्रमा विशिष्ट योगदान गरेबापत दुई जनालाई दिइने राष्ट्रिय अरनिको सम्मान घोषणा गर्न भने बाँकी रहेको जनाइएको छ । यसपटक ललितकला प्रदर्शनीमा रु ३५ लाख ५० हजार खर्च हुने अनुमान गरिएको जनाइएको छ । प्रदर्शनीको तयारी तीव्ररूपमा भइरहेको नाफाले जनाएको छ । प्रदर्शनीका साथै कार्यक्रम अवधिमा आर्ट टक, आर्ट डेमोस्ट्रेसन, कला पुस्तक प्रदर्शनी, अन्तरक्रिया र कला कार्यशाला आयोजना गरिने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइरानी चित्रकारको एकल चित्रकला प्रदर्शनी सुरू
जेठ ११, २०८१ शुक्रबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार