तस्करीको नयाँ तरिका, नेपाली कार्टुनमा भारतीय चल्ला
नेपालबहस संवाददाता
फागुन १२, २०७६ मंगलबार ०:१४:३१
१२ फागुन काठमाडौं । भन्सार छली भारतबाट चोरी निकासी गरी ल्याइएका रु पाँच लाख मूल्य बराबरका कुखुराका चल्ला आज प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत सीमा नजिकैबाट प्रहरीले ज १ च ७४८ नम्बरको सानो पिकअपमा १४ हजार चल्ला बरामद गरेको हो ।
सो पिकअपमा नेपाली कार्टुनभित्र भारतीय चल्ला फेला पारेका छन् । चल्ला रहेका सबै कार्टुनमा नेशनल पोल्ट्री फार्म भरतपुर २४ नेपाल लेखिएको छ भने ती चल्लाहरु भारतबाट तस्करी भई आएका प्रहरीले जनाएको छ । यसरी अहिले महोत्तरीका सीमा क्षेत्रमा चल्ला तस्करीका लागि तस्करले नयाँ तरिका अपनाएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार तस्करहरुले नेपालबाट खाली कार्टुन भारत लैजाने गरेका र भारतबाट नेपाली कार्टुनमा चल्ला तस्करी गरी नेपाल पठाउने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार