सीपको अभावमा रोजगारी पाउन मुस्किल : एक वर्षमा ८४ हजारलाई तालीम
नेपालबहस संवाददाता
फागुन १३, २०७६ बुधबार ४:०:१३
१४ फागुन काठमाडौं । सीपको अभावमा रोजगारी पाउन मुस्किल भएर मजदुरी गर्न विदेश जानुपर्ने बाध्यताबीच स्वदेशमै प्राविधिक र व्यावसायिक तालीम लिनेको सङ्ख्या बढ्दो छ । मुलुकमा व्याप्त बेरोजगारी, अर्ध बेरोजगारी तथा गरिबी जस्ता चुनौतीको सामना गर्न सरकारले प्राविधिक शिक्षा, व्यावसायिक एवं सीपमूलक तालीमलाई प्राथमिकता दिई लगानी बढाएपछि तालीम पाउनेको सङ्ख्या बढ्न थालेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सीप कार्यक्रमको प्राविधिक सहयोगमा तयार गरेको ‘प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीमको एकीकृत वार्षिक प्रतिवेदन, २०७६’ मा आर्थिक वर्ष २०७५÷७६ मा सङ्घीयस्तरका १० मन्त्रालय र मातहतका १८ निकायले सञ्चालन गरेका विभिन्न तालीमको विश्लेषण गर्दा ती निकायबाट कूल ८४ हजार ६५० ले लामो, छोटो अवधिको व्यावसायिक तथा प्राविधिक शिक्षा र तालिम दिइएको जनाइएको छ ।
तालीमप्राप्त मध्ये ४१ दशमलव १ प्रतिशत अर्थात् ३४ हजार ७६८ ले लामो अवधिका र बाँकी ५८ दशमलव ९ प्रतिशत अर्थात् ४९ हजार ८८२ ले एकदेखि छ महिनासम्मका व्यावसायिक तालीम कार्यक्रमबाट लाभ लिएका छन् । विषयगत विश्लेषणका आधारमा हेर्दा यसरी तालीम लिनेमा सबैभन्दा बढी १६ हजार २५५ अर्थात् ३२ दशमलव ६ प्रतिशत पर्यटन तथा अन्य सेवाका तालीम दिइएको पाइएको छ ।
यस्तै निर्माण क्षेत्रमा ३२ दशमलव २ अर्थात् १६ हजार ५६, कृषि तथा वन क्षेत्रमा १७ प्रतिशत अर्थात् आठ हजार ३०७, उत्पादनशील क्षेत्रमा १६ प्रतिशत अर्थात् सात हजार ९६० ले तालीम पाएका छन् । मन्त्रालयगत आधारमा कूल तालीम प्राप्तमध्ये शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबैभन्दा बढी ७३ दशमलव ९ प्रतिशतलाई तालीम शिक्षा दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले १० दशमलव ८ प्रतिशतलाई तालीम दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट दिइने तालीमको सङ्ख्या घट्दो देखिएको छ ।
पेशागत आधारमा हेर्दा समीक्षा अवधिमा १६७ वटा पेशागत तथा व्यावसायिक तालीम सञ्चालन भएकामा सबैभन्दा बढी पाँच हजार ४१२ ले विल्डिङ् टेक्निसियनको तालीम लिएका छन् । टेलरिङ, असिस्टेन्ट ब्यूटिसियन, मौसमी तरकारी उत्पादनमा तालीम उपलब्ध गराइएको छ । एकदेखि ६ महिने अवधिका ती तालीम विभिन्न किसिमका पाइएका छ भने पाठ्यक्रम, प्रशिक्षण प्रारुपमा विविधता पाइएको छ ।
शिक्षा मन्त्रालय सचिव महेशप्रसाद दाहालले विभिन्न निकायबाट सञ्चालित छोटो अवधिका व्यावसायिक तालीम कार्यक्रममा एकरुपता हुनुपर्नेमा जोड दिँदै आगामी सबै मन्त्रालय र निकाययलाई सूचना माग गरी एकीकृत तथ्याङ्क तयार गरिएको बताए । मन्त्रालय मातहतको प्राविधिक तथा व्यावसायिक तालीम परिषद्ले विभिन्न विषयमा प्राविधिक शिक्षा दिइरहेको छ भने विश्व बैंकको सहयोगमा व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना ‘दोस्रो’ सञ्चालन गरिरहेको छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प लिएको वर्तमान सरकारले गत कात्तिकमा जारी गरेको राष्ट्रिय शिक्षा नीति, २०७६ मा प्राविधिक शिक्षालाई विश्वविद्यालय तहसम्म प्राथमिकता दिने उल्लेख गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पद बहाली गर्दा सबै स्थानीय तहमा कम्तीमा एक प्राविधिक शिक्षालय स्थापनाको निर्णय गर्नुभएको थियो । सो निर्णयको कार्यान्वयन क्रमशः भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार