राजा महाराजाको झल्को दिने गरि राष्ट्रपति भण्डारीको सुदुरपश्चिम प्रदेश भ्रमण
कुसुम सेञ्चुरी
फागुन १४, २०७६ बुधबार १८:१९:५५
♦ कुसुम विश्वकर्मा
१४ फाल्गुण, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र संविधान संशोधन गरी राष्ट्रपतीय प्रणालीमा जान दवाव सिर्जना गराइएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियतासमेत तीव्र हुन थालेको छ । नेपालको वर्तमान संविधानले आलंकारिक राष्ट्रपतिको रुपमा स्वीकारेको भएपनि केपी ओली सरकार गठन भएयता राष्ट्रपति भण्डारीको सक्रियता बेग्लै रुपमा अघि बढेको छ ।
ओली सरकार स्थापना भएपछि दोस्रो कार्यकालका लागि भण्डारी राष्ट्रपतिमा चुनिएयता उनको शासकीय रुची र सक्रियता अलि बढेको अनुभूति गर्न थालिएको हो । कार्यकारी अधिकार प्राप्त सरकारले भाग लिनुपर्ने कतिपय राष्ट्रिय अन्तर्राष्ट्रिय समारोहमा प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति भण्डारीलाई सहभागी गराउँदै आएका छन् ।
प्रधानमन्त्री ओलीको त्यही रुची र चाहनालाई संवोधन गर्ने हेतुले गत साता सम्पन्न नेकपा सचिवालय बैठकले संविधान संशोधनको कार्ड फ्याँकेको छ । राष्ट्रपतीय शासन प्रणालीको पक्षका बहस सुरु भएपछि भण्डारीको सक्रियता समेत बढाइएको छ ।
यसै प्रयोजनका लागि राष्ट्रपति भण्डारी अहिले सुदूरपश्चिम प्रदेश भ्रमणमा निस्किएकी छन् । आज धनगढीमा आयोजना हुने विश्व साहित्य सम्मेलनका उनले उद्घाटन गर्नेछिन् । भोलि बिहानै उनी पहाडी जिल्ला दार्चुला पुग्ने कार्यक्रम तय गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरमा सवार भई उनी त्यहाँ जान लागेकी हुन् । राजकीय शैली र ढाँटका साथ उनको सवारी चलाइने भएको छ ।
त्यही दिन उनी बैतडीमा स्थापित एउटा सीटीईभीटीद्वारा सञ्चालित स्कूलको उद्घाटन कार्यक्रममा सहभागी हुनेछिन् । उक्त दिन बैतडीको दशरथ चन्द नगरपालिकाले सार्वजनिक बिदाको घोषणा गरेको छ । राजा महाराजाको सवारीको झल्को दिने गरी उनको कार्यक्रम तय गरिएको छ । सोही दिन भण्डारीले स्थानीय त्रिपुरासुन्दरी देवीको दर्शन गर्ने भएकी छन् ।
त्यसपछि उनको सवारी डँडेल्धुराका लागि चलाइने छ । त्यहाँ पनि धार्मिक तीर्थस्थलको अबलोकनपछि उनको सवारी कञ्चनपुरका लागि चलाइने भएको छ । शुक्रबार आयोजना हुने शुक्लाफाँटा महोत्सवको उद्घाटन गरी उनी राजधानी फिर्ता हुने कार्यक्रम तय भएको छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपभारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
जेठ ११, २०८१ शुक्रबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार