शेयरबजारमा ध्यान दिनुपर्ने तीन कुरा:- कर्नरिंग, सर्कुलर ट्रेडिङ र लगानी
नेपालबहस संवाददाता
फागुन १६, २०७६ शनिबार २:२९:०
शेयर मूल्यमा स्वाभाविक र अस्वाभाविक दुबै बृद्धि देखिएको छ । कुन स्वाभाविक र कुन अस्वाभाविक छुट्टयाउने आफैंले हो । अरुले यो स्वाभाविक वा यो अस्वाभाविक भन्दैन । सोधेर लगानी पनि हुन्न । शेयरको नाफा व्यक्तिगत हुन्छ । एकले अर्कोलाई फसाएर लिने हो र यसलाई वैधानिक मानिएको छ ।
खोला–नदीमा धेरै माछा हुन्छन् र तिनको आहार पनि नदीमा प्रशस्त पाइन्छ, तैपनि माछा किन जालमा पर्छ भन्दा आहार खोज्ने झन्झट लिनुभन्दा मुखैमा आइपुगेको आहार देखेर टिप्न खोज्दा बल्छीमा पर्छ । शेयरमा लगानी गर्दा लाभ हुने ठाउँ भनेको यसले दिने वार्षिक प्रतिफल हो तर, बढ्यो बढ्यो अब किनेर बेचिहाल्छु, पैसा मुठ्याईहाल्छु भन्दा माछा जस्तै बल्छीमा परिन्छ ।
शेयर कारोबारमा कर्नरिंग र सर्कुलर ट्रेडिङ पनि हुन्छ । सक्षम नियामक भएको ठाउँमा अलि कम हुन्छ तर, नेपाल जस्तो देशमा भने खुल्लमखुल्ला नै हुन्छ । कसैले केही गर्दैन । अहिले पनि केही कम्पनीमा कर्नरिंग वा सर्कुलर ट्रेडिङ भएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।
कर्नरिंग र सर्कुलर ट्रेडिङ हेर्ने भनेको नियामकले हो तर नियामकमा यो ज्ञान वा क्षमता छ–छैन अहिलेसम्म देखिएको छैन । लगानी गर्ने आफैले मूल्य उचित हो कि हैन पुष्टि गर्नु बाहेक अरु उपाय हुन्न । बैंक बीमा वा अन्य कम्पनीले त्रैमासिक विवरणमा प्रतिशेयर आम्दानी, मूल्य आम्दानी अनुपात गलत प्रकाशन गरेको प्रशस्त उदाहरण छन् । वित्तीय विवरणमा देखाएको आम्दानी र मूल्य–आम्दानी अनुपात आफैले पुनर्पुष्टि गर्नुपर्छ ।
नेटवर्थमा पनि अलि भ्रम देखिएको छ । सम्पति पुनर्मूल्यांकनबाट सिर्जित रकम वास्तविक हैन तर यसलाई प्रचलित बजार मूल्यमा मूल्यांकन गरेर नेटवर्थ गणना गरिन्छ । यसरी सिर्जित नाफा वितरणयोग्य हुन्न । नेटवर्थ मात्र पनि लाभांश बाँड्ने आधार हुन्न । चालु अवधिको व्यापारिक आम्दानी जुन नगदमा प्राप्त हुन्छ त्यो मात्र वितरणयोग्य हुन्छ । वासलातमा यस्तो विवरण आंशिकरुपमा देखिन्छ । जगेडा कोष हेर्दा स्वतन्त्र जगेडा कति छ, त्यो महत्वपूर्ण हो ।
आम्दानी कुन स्रोतबाट आयो त्यो पनि महत्वपूर्ण कुरा हुन्छ । एकाएक व्हात्त आम्दानी बढ्नुमा के कारण हुनसक्छ, त्यसको पनि अध्ययन गर्नुपर्छ । शेयरमा लगानी गरेर पूँजीगत लाभ सुनिश्चित हुन्न र छैन । पूँजीगत लाभलाई मात्र आधार बनाएर आँखा चिम्लिँदा चिम्लेको चिम्लेई पनि भईनसक्छ । कारोबार मापन गर्ने सूचक मात्र पनि लगानीको आधार हैन । सूचक बढ्दैमा पूँजीगत लाभ बढ्छ भन्ने हुन्न र छैन ।
व्यवसायको क्षेत्रगत स्वरूप अनुसार आम्दानी हेर्नुपर्छ । बैंकमा लगानी गर्दा खुद ब्याज आम्दानी बढ्यो कि बढेन हेर्नुपर्छ । कहिलेकाही हुने गैरबैंकिंग सम्पति बिक्री गरेर पनि कुनै त्रैमासिकमा नपत्याउने पाराले अधिक आम्दानी देखिन्छ । जस्तो अहिले वार्षिक ३५ रुपैयाँ आम्दानी देखिएको मन्जुश्री फाइनान्स ।
मन्जुश्रीले गैरबैंकिंग सम्पति बिक्री गरेर आम्दानी बढेको प्रतिवेदन दिएको छ । ६ महिनामा १७ रुपैयाँ कमायो अब अर्को ६ महिनामा पनि त्यति नै कमाएर ३५ हुने अनुमान गलत हुन्छ । जलविद्युतमा लगानी गर्दा मेगावाट हैन युनिट हेर्नुपर्छ र त्यसको बिक्रीदर कति छ त्यसलाई पनि जानकारीमा लिनुपर्छ ।
जलविद्युत निर्माणको अवधिमा आम्दानी देखिन्न । यसो भनेर ईपीएस छैन, नेटवर्थ ऋणात्मक छ भन्ने पनि हैन किनकि निर्माणको अवधिमा आम्दानी आउने कुरै हुन्न । जलविद्युतमा लगानी गर्दा भविष्यमा कति युनिट बेच्नसक्छ भन्ने सोच्नुपर्छ । धेरै आयोजना निर्माण हुँदैछन् । निर्माण सकिएपछी त आम्दानी आउन थालिहाल्छ, त्यसपछि त धेरथोर नाफा बाँड्न सकिहाल्छ । धेरै कुरा याद गर्नुपर्छ लगानी गर्दा ।
शेयरमा पैसा हाल्नासाथ पैसो आइहाल्ने भए संसारमा गरिब को हुन्थ्यो र ? सोचविचार आफ्नै हो आफैले गर्ने हो ,अर्कोले गरिदिन्न । जोगिएर किनबेच गरौँ । पैसा सजिलोसँग कमाउन सकिन्न । अरु धेरै कुरा समेटेर कुनै दिन लामै लेख लेखुँला अहिलेलाई यति नै । आफूले किन्न पाएनछ अनि घटाउन लेख्यो भन्नेलाई हृदयदेखि स्वागत ।
(लेखक दाहाल शेयरबजारका जानकार तथा कानुन व्यवसायी हुन् । यो लेख उनको फेसबुक वालबाट साभार गरिएको हो ।)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार