प्रहरीले अपराधी पक्राउ गर्न सकेन, डरत्रास कायमै, आफनै घर बन्यो बिरानो
नेपालबहस संवाददाता
फागुन १७, २०७६ शनिबार १७:५२:४७
बृद्ध दम्पति हत्याको एक वर्ष:-
♦ धीरुभाइ
१७ फागुन, राजविराज । प्रहरीले सक्रियतापूर्वक सुक्ष्म अनुसन्धान गरिरहेको सप्तरीको एक बुद्ध दम्पतिकाे क्रुरतापूर्वक हत्या घटनाका अपराधीहरु अझै पत्ता लागेका छैनन् । अपराधीले एकवर्ष अगाडि आजैका मितिमा (०७५ फागुन १३ गते राती) हत्या गरी सप्तरीको खडक नगरपालिका ५ खरचुहिया बजारस्थित उनकै घरभित्र ७० वर्षीय सबुरी साह र उनकी ६५ वर्षीया श्रीमति बेचनी देवीलाई जलाएर मारेका थिए ।
घटना भएलगतै प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो, प्रदेश २ का प्रहरी र जिल्ला प्रहरीले विभिन्न दृष्टिकोणबाट अनुसन्धान गरिरहेको भएपनि हालसम्म अपराधीहरु पक्राउ पर्न सकेका छैनन् । अनुसन्धानका क्रममा एकसय भन्दा बढी व्यक्तिलाई नियन्त्रण लिएर सोघपुछ तथा अनुसन्धान गरिएको इलाका प्रहरी कडरबोनाका प्रहरी निरीक्षक राजाराम केसरीले जानकारी दिएका छन् । स्थानीय रुपमा अनुसन्धानमा सक्रिय रहेका उनले भने- “सुक्ष्म रुपमा वैज्ञानिक तरिकाले अनुसन्धान भइरहेको छ । अनुसन्धान साँगुरिएको छ । तीन-चार जना सशंकित व्यक्तिहरु घटना भएदेखि फरार रहेकोले खोजी भइरहेको छ ।”
घटनाको अनुसन्धान जारी नै रहेको जानकारी दिदै सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईले निष्कर्षमा नपुगेपनि अनुसन्धान नजिक पुगेकोले अपराधी चाडै पक्राउ पर्ने बताए । कुनै कुनै घटनाको अनुसन्धान तुरुन्तै हुन्छ, उनले भने- “कुनै घटनामा समय लाग्छ । तर अपराधी पक्राउ पर्नेमा एसपी प्रसाईले ठोकुवा गरे ।”
घटना लगतै अनुसन्धानका लागि संघीय प्रहरी इकाई कार्यालय धरान सुनसरी डग (कुकुर) शाखाबाट तालिम प्रााप्त कुकुर परिचालन गरिएको थियो । प्रहरीले लास पूर्ण जलेको अवस्थामा पहिचान गर्न नसकिने भएको तथा घटनास्थलमा रगतको छिटा भेटिएको र जलाएको कोठाका भित्तामा धुँवाको कालो धब्बा भेटिएपछि घोपा धरानबाट फोरेन्सिक विभागका डाक्टर समेतलाई झिकाएर प्रारम्भिक अनुसन्धान कार्य गरेको थियो । आगोले दम्पती सुत्ने खाँट, ढोकासमेत जलेर नष्ट हुनुको साथै पहिचान नहुने गरी एकै ठाँउमा जलेर नष्ट भएको थियो । तत्पश्चात मृतकको डीएनए परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घरानमा गराएर अन्तिम संस्कार गरिएको थियो ।
घटनाको भोलीपल्ट प्रदेश २ का तत्कालीन प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक हरीबहादुर पालले बृद्ध दम्पतीलाई मारेर जलाएको कोठा, आगँन, अन्य कोठा तथा घर वरिपरीको निरीक्षण एवं अवलोकन गरेका थिए ।
घरमा छायो सन्नाटा
यता अपराधी पक्राउ नपरेका कारण उनको घरमा कोही पनि बस्न नमान्दा अहिले घर सुनसान छ । यसले परिवारका सदस्यहरु डर, त्रास र भयका कारण उक्त घरमा बस्न छाडेका छन । उनीहरुले अझै असुरक्षित महशुस गरिरहेका छन ।पूर्वपश्चिम लोकराजमार्गसँगै टासिएको खरचुहिया बजारमा बृद्ध दम्पति घरमा कुटानी पिसानी मिल सञ्चालन गरी गुजारा गदै आएका थिए । घटना भएदेखि मृतकका छोराहरु बेलाबखत घर आएपनि भित्र नपसी बाटोबाटै फर्किने गरेको स्थानीयहरु बताउँछन । दुवै छोराहरु जागिरका कारण बाहिर बस्ने गरेका छन् ।
छोराहरुको पीडा र दुखेसो
घटना भएको राती घर अगाडि चौतारामा दुईजना प्रहरी सुरक्षार्थ बसेका थिए । सोही राती लोकराजमार्गबाट एउटा बिहेको जन्ती गएको र जन्तीका मानिसले घरबाट धुँवा निस्किरहेको देखेको घटनापछि स्थानीयले बताएको मृतकका कान्छो छोरा तेजनारायण साहले नेपालबहस डटकमलाई बताए । हामीसँग कसैको दुश्मनी थिएन, कसरी यस्तो घटना भयो ? चिन्तासाथ उनी भन्छन्:- “घटनामा संलग्न अपराधी पक्राउ नपर्दा घर जान एकदम डर भइरहेको छ । आमाबाबु हुँदा प्रत्येक शुक्रबार र शनिबार भेटन घर जान्थे तर, अहिले घर छिर्न आँट भइरहेको छैन । घरमा ताल्चा लगाइएको छु । बिस्थापित अवस्थामा पुगेका छौ । दशंै, तिहार, दीपावली र छठ मनाउन घर जान्थै, बस्थे तर, अब त्यस्तो रहेन ।”
“जग्गा जमिन सबै सप्तरीमै छ तर घटनाले बिरानो बनाएको छ । मेरो आमाबाबुले स्थानीयको बिहे, दुःख, बैदेशिक रोजगारमा जानेलाई पैसा सहयोग गर्नुहुन्थ्यो तरपनि यस्तो कसरी भयो । अबिलम्ब घटनाको छानविन गरी अपराधीलाई कारवाही गरिएको भए, मनमा केही शान्ति हुन्थ्यो ।” उनले नेपालबहस डटकमसँग गुनासो पोखे ।
स्थानीयबासीमा पनि डरत्रास
एक वर्षदेखि अनुसन्धान भईरहदाँपनि अपराधी पक्राउ नपर्दा खरचुहियाका व्यापारीसहित स्थानीयबासीहरु त्रसित मुद्रामा भन्छन, यत्रो घटना भयो, अहिलेसम्म अपराधी पत्ता नलाग्दा फेरी त्यस्तो घटना हुने हो कि ? हामीहरु असुरक्षित महशुस गरिरहेका छौ । त्यसैले चाडो भन्दा चाडो अपराधीलाई पत्ता लगाएर कारबाही गर्नुपर्छ ।
सो वार्डका अध्यक्ष विजय साहले २०६८ सालतिर खरचुहियादेखि डेढ किलो मिटर पूर्वमा तत्कालीन सभासद मो. सदरुल हकको हत्या हुँदा १५ दिनमै हत्यारा पक्राउ गरी कारवाही गरियो तर, यस घटनाको एक वर्ष बित्यो, अपराधी पत्ता नलाग्नुको कारण के होला ? भन्ने प्रश्न गरेका छन् ।
सो घटनाअघि र पछि २४ औं घण्टा दुई जना प्रहरी बजारको सुरक्षामा खटाइएको प्रहरी निरीक्षक राजाराम केसरीले जानकारी दिदै घटनाको केही महिनापछि त्यस बजारमा प्रहरी चौकी राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
एआईजीहरुले लगाए बढुवाको दर्ज्यानी चिह्न
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
आठवटा ‘डिपट्युवेल’का ‘ट्रान्सफर्मर’ चोरी
जेठ २, २०८१ बुधबार
आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार
जेठ २, २०८१ बुधबार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, संसदको अवरोध हटाउनेबारे छलफल
जेठ २, २०८१ बुधबार
वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री
जेठ २, २०८१ बुधबार
संस्कृति संरक्षणका निम्ति मादल बजाउने तालिम
जेठ २, २०८१ बुधबार
थाइल्याण्डमा राजतन्त्रको अपमानको आरोपमा हिरासतमा रहेकी अभियन्ताको मृत्यु
जेठ २, २०८१ बुधबार