गौचरबाट ५ सय ग्राम चरेशसहित एक जना पक्राउ
नेपालबहस संवाददाता
फागुन १९, २०७६ मंगलबार २:८:४८
१९ फागुन काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट लागूऔष चरेश ५ सय ग्रामसहित चितवन रत्ननगर नगरपालिका-५ ठेगाना भएका २६ वर्षीय संजय महतोलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
आरए २३९को उडानबाट दोहा कतार जान लागेका उनलाई उक्त विमानस्थलको प्रस्थानतर्फको चेकिङ एरियामा जाँच गर्ने क्रममा झोलामा लुकाइछिपाई राखेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
साथै महोतोलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहितको झोला दिने सप्तरी सुरुङ्गा नगरपालिका-३ ठेगाना भएका ३० वर्षिय दिपक कुमार भगतलाई टोखा नगरपालिका-१० सामाखुसी चोकस्थित सडकबाट प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला चोकस्थित सडकबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ५७ एम्पुल, डाइजेपाम ५६ एम्पुल र फेनारगन ६० एम्पुल सहित बारा निजगढ नगरपालिका-९ ठेगाना भएका २६ वर्षीय बिकेन्द्र सुवेदीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसगरी काठमाडौं महानगरपालिका-९ गौशलास्थित सडकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ८ एम्पुल, बुप्रेनोर्फिन ८ एम्पुल, र फेनारगन ८ एम्पुल सहित रौतहट चन्द्रनगर नगरपालिका-८ ठेगाना भएका २१ वर्षीय विशाल बस्नेतलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ
जेठ १८, २०८१ शुक्रबार
रौतहट प्रहरीद्वारा लाखौँको भारतीय मलखाद र कुखुरा बरामद
जेठ १०, २०८१ बिहिबार
दिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
वर्षा भएसँगै देशभर तापक्रम घट्यो, कहाँ कति छ ?
जेठ १९, २०८१ शनिबार
दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एक जनाको मृत्यु
जेठ १९, २०८१ शनिबार
संघीयताको मर्मअनुसार प्रदेशले अधिकार पाएनः मुख्यमन्त्री पाण्डे
जेठ १९, २०८१ शनिबार
चीनको साउदर्न एयरलाइन्सको दैनिक दुई उडान सुरु
जेठ १९, २०८१ शनिबार
विधिको शासन सञ्चालनका लागि तीन अङ्गबीच समन्वय जरुरीः सभामुख घिमिरे
जेठ १९, २०८१ शनिबार
‘बेहुली फ्रम मेघौली’ को पोस्टर सार्वजनिक, ट्रयाकटर चलाउदै स्वस्तिमा
जेठ १९, २०८१ शनिबार